पत्रकार महासंघको ज्ञापन

पत्रकार हत्या र सञ्चारगृहमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग

प्रदर्शनको रिपोर्टिङका लागि पुगेका पत्रकार सुरेश रजकको प्रदर्शनकारीले आगो लगाएको घरमा जलेर मृत्यु भएको थियो ।

भद्रपुर, १८ चैत—नेपाल पत्रकार महासंघले पत्रकार र मिडिया हाउसहरुमाथि आक्रमण गरी क्षति पुर्याउने समुहलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ ।

राजावादी समुहले चैत १५ गते काठमाडौंमा आयोजना गरेको प्रदर्शनको रिपोर्टिङका लागि पुगेका पत्रकार सुरेश रजकको प्रदर्शनकारीले आगो लगाएको घरमा जलेर मृत्यु भएको थियो । त्यस्तै प्रदर्शनकारीको आक्रमणमा परी अनलाइनखवरका दिनेश गौतमको खुट्टा भाँचिएको छ । राजावादीहरुले ढुंगामुढा र आगजनी गर्दा कान्तिपुर टेलिभिजन र अन्नपूर्णपोस्ट्को कार्यालयमा क्षति पुगेको छ भने हिमालयन टेलिभिजनको गाडी फुटाइएको छ ।

आन्दोलन र प्रदर्शनका नाममा सञ्चारकर्मीको ज्यान लिइएको सो घटनामा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारको ध्यानाकर्षण गराएको हो ।

झापाली सञ्चारकर्मीले पनि आज प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीमार्फत् सरकारले ज्ञापनपत्र वुझाएका हुन् । ज्ञापनपत्र वुझाउँदै पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकार हत्या र आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही नगरिए सरकारविरुद्ध पत्रकारहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनुभयो ।

ज्ञापनपत्र वुझ्दै प्रजिअ अधिकारीले पत्रकारहरुका मागमा आफ्नो पनि ऐक्यवद्धता रहेको र सो ज्ञापनपत्र आजै गृहमन्त्रालय पठाउने प्रतिवद्धता जनाउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावितको सेवामा काठमाडौं महानगरका ७ एम्बुलेन्स परिचालन : सुनिता डंगोल

काठमाडौं , भदौ १४ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्को सुरुवाती दिनदेखि नै महानगरले आवश्यकता अनुसार फिल्डमै पुगेर सहजीकरण, सहयोग र हातेमालो गर्दै

बाढीपीडितका नाममा जथाभावी सहयोग नउठाउन प्रशासनको चेतावनी

झापा, भदौ १४ । रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ

नेपालमा भारतीय फरेन्सिक टोली परिचालन, केका लागि आयो टोली?

काठमाडौँ , भदौ १४ । भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा शव पहिचानमा सहयोग गर्न फरेन्सिक टोली परिचालन गरेको छ। आइतबार

जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धारमा विदेशी टोली परिचालन

काठमाडौं ,१४ भदौ। भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङमा फसेका श्रमिक तथा कर्मचारीको उद्धारका लागि विदेशी उद्धार टोली पनि परिचालन गरिएको छ। नेपाली सेना,

लाङटाङ केरूङभोटेकोशी बाढी : उद्धारमा ढिलाइ, ७३५ जनाको मृत्यु, २ हजार ४३६ अझै बेपत्ता

काठमाडौं ,१४ भदौ। भोटेकोशीमा आएको भीषण बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवासहित नुवाकोट, धादिङ र गोरखा जिल्ला

भोटेकोशी बाढीपछि कोही भेटिए, कोही अझै बेपत्ता

विराटनगर , भदौ १४ । रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् ।