सर्त बमोजिम काम गर्न माग

बाँसको बेराले खोला छेक्ने प्रयासमा स्थानीयको आपत्ति

दुबै किनारामा तारजाली तटबन्धन गरिने वाचा गरिएको थियो । तर, हाल पुनर्निर्माण कार्यमा जोखिमयुक्त स्थानमा बाँसको बेरा मात्र प्रयोग गरिएको स्थानीय नारायण भट्टराईले उल्लेख गर्नुभयो ।

उर्लाबारी, चैत १८ / मोरङको उर्लाबारी २ स्थित तेली नदीको कटानबाट जोगाउन भन्दै तटबन्धका नाममा बाँसको बेरा लगाइएकोप्रति स्थानीयले आपत्ति जनाएका छन् ।

 

जलवायुजन्य विपद् जोखिम न्यूनीकरण परियोजना अन्तर्गत साप्ला निरको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) द्वारा सञ्चालित यो परियोजनामा बाँंसको वेरा हालेर खोला छेक्ने काम भएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन् ।

 

गत वर्ष केही क्षेत्रमा तारजाली तटबन्धन निर्माण भएपछि स्थानीयले राहतको अनुभूति गरेको अवस्थामा यस वर्षको बाढीले बाँध भत्काइदिएको थियो । सो को पुनर्निर्माण कार्य सुरु भएतापनि, जोखिमयुक्त स्थानमा समेत बाँसको कमजोर संरचना निर्माण गरिएको भन्दै स्थानीयको आपत्ति र आक्रोस समेत छ । पुनःनिर्माण कार्यको अनुगमन र सुधारको माग स्थानीयको छ । तटबन्धन कार्यमा आवश्यक सुधार नल्याइए आन्दोलन चर्काउने चेतावनी समेत स्थानीय बासिन्दाले दिएका छन् ।

प्रारम्भिक योजनाअनुसार सतह र जोखिमयुक्त स्थानमा कंक्रिट संरचना तथा दुवै किनारामा तारजाली तटबन्धन गरिने वाचा गरिएको थियो । तर, हाल पुनर्निर्माण कार्यमा जोखिमयुक्त स्थानमा बाँसको बेरा मात्र प्रयोग गरिएको स्थानीय नारायण भट्टराईले उल्लेख गर्नुभयो । बर्षेनी खोलाले क्षति पुर्‍याउने स्थानमा कमजोर संरचना निर्माण गर्नु सरासर धोका भएको उहाँको धारणा छ । अर्का स्थानीय दान बहादुर पौडेल भन्नुहुन्छ , ‘तटबन्धनको आश्वासन दिएर बस्तीलाई जोखिममा पार्नु अन्यायपूर्ण काम हो ।’

 

खोलाको प्राकृतिक प्रवाह मोडेर निश्चित व्यक्तिहरूको जमिनको सुरक्षा गर्ने पक्षपातपूर्ण निर्णय गरिएको समेत स्थानीयको आरोप छ ।

 

सीमित बजेट र असिमित आवश्यकताका कारण प्राविधिक टोलीले ठहर गरेअनुसारको काम भइरहेको परियोजना संयोजक प्रवेश कार्कीको भनाई छ । उहाँले परियोजनाले थप मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

पहिलो चरणमा अघिल्लो आ.व. मा जंगलमुखको तीन घरेदेखि देवीझोडास्थित तेली दोभानसम्म ७ किमि दुबै किनारामा तटबन्धन, दोस्रो चरणमा चालु आ.व. मा सोल्टी दोभानसम्म ३ किमि तटबन्धन कार्य गरिने उल्लेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,