स्वनिर्भरताको प्रयास

दमक बजारका महिलाहरुले धुप बाटेर बेच्ने

तालिममा सहभागी महिलाहरुले उत्पादन गरेको धुप प्रशिक्षक ओलीले नै खरिद गरिदिने ।

दमक, चैत १८ / दमक नगरपालिका वडा नम्बर ६ । यो वडा नगरको मुख्य बजार क्षेत्रमा पर्छ । यही क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बन्न भन्दै वडा कार्यालयले अर्गानिक धुप बनाउने तालिम उपलब्ध गराएको छ ।

 

वडामा रहेका विभिन्न २२ जना महिलाहरुलाई छनौट गरि ५ दिनसम्म अर्गानिक कपुर धुप बनाउने तालिम दिएको थियो । प्रशिक्षक खेम कुमारी ओलीले ५ दिनसम्म तालिम दिएर सहभागी सबैलाई धुप बाट्न जान्ने बनाएको आइतबार सम्पन्न भएको समापन कार्यक्रममा बताउनु भयो ।
तालिममा सहभागी भएका महिलाहरुले उत्पादन गरेको धुपले बजार नपाउला कि भन्ने चिन्ता र पनि गर्न नपर्ने । जसले जस्तो बनायो त्यहि अनुसारको मूल्यमा प्रशिक्षक ओलीले नै खरिद गरिदिने । यो भन्दा राम्रो अवसर यहाँ फेरि नआउने भन्दै तालीममा सहभागी अगुवा महिला गीता कुँवरले बताउनु भयो ।

 

महिलाहरुले घरको काम भ्याउँदै केही न केही आय आर्जनमा लाग्न सकुन् भनेर यो तालिम आयोजना गरिएको वडा सदस्य वीणा शाहले उल्लेख गर्नुभयो ।

 

महिलाहरुले सानो सानो कुरा र आवश्यकतामा पनि पुरुषहरुकै भर पर्नु पर्ने बाध्यताको अन्त्यकालागि नगरमा नगर स्तरीय र वडा स्तरीय बिभिन्न कार्यक्रमहरु चलिरहेका छन् । यसमा सहभागी भएर काममा लाग्दै आफुलाई आत्मनिर्भर  बन्न नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले सुझाव दिनु भएको छ ।

 

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका वडाध्यक्ष टेकबहादुर थापाले यस वडामा बसोबास गर्ने कोही पनि महिला तथा युवाहरु पनि बेरोजगार बस्न नपरोस् भनेर यस्ता सीपसँग सम्बन्धित कार्यक्रमहरु गरिरहेको बताउनु भयो । नागरिकको माग र चाहनामा आधारित तालिमहरु सञ्चालन गरिएकोले त्यसको उपयोगिताबाट लाभ लिन सबैलाई अनुरोध गर्नु भयो ।

 

वडा सदस्य कमल श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । सबैलाई घर घरमै बसेर उद्यम गर्न सक्नेगरिको तालिम दिइएकोले यसलाई समूहगत बनाएर व्यवसायिक बन्न चाहनेहरुलाई वडाले अन्य कुरामा समेत सहयोग गर्ने जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,