मन्टेश्वरीमा दीक्षान्त

कलिला नानीबाबुकाे शीरमा सजियाे पदवी

कक्षागत रुपमा उत्तीर्ण भएका ससाना विद्यार्थीहरुलाई कालो टोपी लगाइदिएर दीक्षान्त कार्यक्रमका रुपमा विदाई समेत गरेको दृष्य अनौठो लाग्थ्यो ।

पथरी, चैत १८ – क्याम्पसको स्नातकोत्तर तहको परीक्षा उत्तीर्ण गर्दा गरिने दीक्षान्त समारोह विद्यालयको आधारभूत कक्षामा समेत लागू गर्न थालिएको छ ।

 

यस्तै भएको छ मोरङको पथरी शनिश्चरे २ को बुद्धचोकस्थित सिड्लिङ मन्टेश्वरी स्कुलमा । स्कुलले सोमबार ९ औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न गरेको छ । कक्षागत रुपमा उत्तीर्ण भएका ससाना विद्यार्थीहरुलाई कालो टोपी लगाइदिएर दीक्षान्त कार्यक्रमका रुपमा विदाई समेत गरेको दृष्य अनौठो लाग्थ्यो ।

 

स्थानीय हरियाली सामुदायिक वनको सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले सिड्लिङले मन्टेश्वरी शिक्षण पद्धति अवलम्बन गर्दै बालबच्चाप्रतिको गरेको लगानी सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
तुम्वापोले शुभकामना मन्तव्यका क्रममा भन्नुभयो ‘यस विद्यालयले बालबच्चामाथिको लगानी भविष्यको निक्कै उपलब्धिमूलक र फलदायी हुने विश्वास छ ।’

 

मन्टेश्वरीका अध्यक्ष तथा प्रिन्सिपल विन्दु चेम्जोङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वडा नम्बर २ का वडाध्यक्ष नैना राई, वडा सदस्यहरु खिलनाथ घिमिरे, चन्द्रकुमार राई, अम्विका लिम्बु, सीता दर्जी, वडा सचिव गोमा पौडेल र अभिभावकहरूको आतिथ्यता रहेको थियो ।

 

सो अवसरमा विभिन्न तहका विद्यार्थीहरुले गायन, नृत्य तथा अन्य सुन्दर सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

सो विद्यालयले मन्टेश्वरी शिक्षण पद्धति अवलम्बन गर्दै विगत ९ वर्षदेखि खेलाउँदै सिकाउने मन्टेश्वरी शिक्षण पद्धतिद्वारा प्रभावकारी रुपमा कक्षा १ सम्मको शिक्षा प्रदान गर्दै आइरहेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,