घृतकौशिक गोत्रीय प्रतिष्ठानमा बराल

वार्षिक साधारणसभा र नवौ अधिवेशन एकैसाथ सम्पन्न

दमक, चैत १९ / घृतकौशिक गोत्रीय प्रतिष्ठान माइधाम झापाले वार्षिक साधारणसभा र नवौ अधिवेशन एकैसाथ सम्पन्न गरेको छ । जसबाट विष्णुप्रसाद बराललाई अध्यक्ष चुनेर नयाँ कार्यसमिति चयन समेत गरिएको छ ।

 

साधारण सभाले आगामी तिन वर्षका लागि अध्यक्षमा बरालसहितको कार्यसमिति सर्वसहमत रुपले चयन गरेको छ । समितिको उपाध्यक्षमा योगराज खनाल र नेत्रप्रसाद बराल, महासचिवमा खगेन्द्र बराल, सचिवमा सूर्यप्रसाद नेपाल, कोषाध्यक्षमा सुशीला बराल चुनिनु भएको छ । सदस्यहरुमा ओमप्रसाद खनाल, नरेन्द्र बराल, कल्पना खनालभुपाल नेपाल र दिननाथ खनाल चयन हुनु भएको छ । सभाले सोमनाथ बराल संयोजक रहनेगरि तीन सदस्यीय लेखा समिति पनि गठन गरेको छ । जसमा खेमराज खनाल र कमला नेपाल सदस्य रहनु भएको छ ।

 

कार्यक्रम कोशी प्रदेशका प्रदेशसभा सदस्य राधाकृष्ण खनालको प्रमुख आतिथ्यता र प्रतिष्ठानका पूर्व अध्यक्ष वेदनिधि नेपालको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भयो । घृतकौशिक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद खनालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सूर्यप्रसाद नेपालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई साधारण सभामा पारित गरिएको थियो ।

 

कार्यक्रममा खनाल सेवा समिति झापाका अध्यक्ष तेजप्रसाद खनाल, नेपाल वंश परिषद झापाका कार्यवाहक अध्यक्ष गंगाराम नेपाल, बराल वंश परिषदका उपाध्यक्ष धर्म बराल, सुतार कार्की वंश सेवा समाज झापाका अध्यक्ष बृषबहादुर कार्की, सरस्वती कन्या गुरुकुल शिवशतासीकी प्राचार्य विन्दा बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,