आजबाट ‘कमेडी नाइट विथ च्याम्पियन्स’

शो मा कमेडी च्याम्पियनबाट उष्कृष्ठ बनेका कमेडियनहरुले कार्यक्रम प्रभावकारी बनाउँदै आएका छन् ।

दमक, चैत १९ / हास्य शो ले यतिबेला दर्शक गजबले तान्ने गरेको छ । स्ट्याण्ड अफ कमेडीको प्रभाव बढ्दो छ । राजनीतिक बृत्तमा हुने गरेका स्वार्थ केन्द्रित गतिविधिले समेत हास्य खुराक बलियो बनेर कार्यक्रमको प्रभाव बढ्दो अवस्थामा पुगेको देखिन्छ ।

 

आफ्‌ना खुराकका लागि देशमा बढेको अस्थिरताको पक्षमा भनें कलाकारहरु पटक्कै छैनन् । बरु त्यस्तो अस्थिरतालाई चिर्ने काममा आफ्‌नो पाटोबाट समेत योगदान गर्न हास्य शो प्रस्तुतिका निर्देशक विशाल भण्डारीले ‘कमेडी च्याम्पियन्स’ लाई नयाँ सिजनमार्फत प्रत्येक मंगलबार प्रस्तुत गर्ने क्रम आजबाट जोड्दै हुनुहुन्छ । तर अब कार्यक्रमको नाम भनें ‘कमेडी नाइट विथ च्याम्पियन्स’ हुनेछ । जसकालागि ६० लाख माथिको खर्चमा भव्य सेट निर्माण गरिएको छ । निर्देशक भण्डारीले दर्शकमाझ नयाँ सिजन ल्याएर आउन लाग्दा आफू एकदमै उत्साहित रहेको प्रतिक्रिया दिनु भएको छ ।

 

शो हिमालय टिभीमा हरेक साताको मंगलबार राती ९ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट प्रसारण हुनेछ । शो लाई थ्री प्रोडक्सनले निर्माण गरेको हो ।

 

शो मा अध्यक्षको रुपमा उनै दीपाश्री निरौला देखिनु हुनेछ । शो मा कमेडी च्याम्पियनबाट उष्कृष्ठ बनेका कमेडियनहरुले कार्यक्रम प्रभावकारी बनाउँदै आएका छन् । प्रभात लामा, भरतमणि पौडेल, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइराला, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठले शोमा हास्य प्रस्तुति दिनुहुनेछ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,