व्यावसायिक र पर्यटन विकासकाे सम्भावना

दमक विजनेसटावर आसपास जग्गा एकीकरण योजना

ल्याण्ड पुलिङमार्फत व्यवस्थित सहरी विकासका लागि आवश्यक योजनाहरू अघि बढाउने कार्यको लागि छलफल

दमक, चैत १९ – देशकै गौरवको आयोजनाका रुपमा रहेको दमक ३ मा निर्मित दमक बिजनेस कम्प्लेक्स (बिजनेस टावर) को आसपास क्षेत्रलाई व्यवस्थित रुपमा विकास गर्ने उद्देश्यले जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरिने विषयमा छलफल अघि बढेको छ ।

 

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागका सहसचिवहरूको उपस्थितिमा अघि बढाइएको छलफलमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, पूर्व नगर प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीकासाथै कार्यपालिका सदस्य, नगरका प्राविधिक, टावर क्षेत्रका जग्गाधनीहरुको सहभागिता रहेको थियो ।

 

सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्ड पुलिङमार्फत व्यवस्थित सहरी विकासका लागि आवश्यक योजनाहरू अघि बढाउने कार्यको लागि छलफल अघि बढाएको हो । छलफलमा भौतिक पूर्वाधार, यातायात व्यवस्थापन, सार्वजनिक पार्क, हरियाली क्षेत्र तथा व्यावसायिक संरचनाहरूको विकाससम्बन्धी विषयवस्तु उठाइएको थियो ।

 

नगर प्रमुख थापाले सो क्षेत्रलाई व्यवस्थित बनाउन ल्याण्ड पुलिङ प्रभावकारी उपाय भएको उल्लेख गर्दै स्थानीय जग्गाधनीहरूलाई सहकार्य गर्न आग्रह गर्नुभयो । साथै, उपप्रमुख रेगीना भट्टराईले सो परियोजनाले दमकको व्यावसायिक तथा पर्यटन प्रवद्र्धनको सम्भावनालाई अझै उजागर गर्ने बताउनुभयो ।

 

मन्त्रालयका प्रतिनिधिहरुले ल्याण्ड पुलिङ प्रक्रियाका कानुनी, प्राविधिक तथा आर्थिक पक्षबारे जानकारी गराउँदै यसको सफल कार्यान्वयनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका थिए । जग्गा धनीहरूलाई उचित प्रतिफल दिने, संरचनागत विकासलाई प्राथमिकता दिने तथा समुचित सहरी विकासका लागि नगरपालिकासँग सहकार्य गर्न उत्प्रेरित गर्ने कार्यक्रमको लक्ष्य रहेको उल्लेख छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पेट्रोलियम र दुईपांग्रेलाई एकतर्फी, अन्य गाडी सुरुङमार्ग हुँदै आवतजावत

काठमाडौं,१७ भदौ । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । बुधबार बिहान सडकको केही भाग भासिएपछि

केन्द्रीय समिति बैठकमा सुदन किराँती समूहले ‘असहमति’ दर्ज गराउने

बाठमान्डौ,१७ भदौ । श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबार सुरु भएको

टनेल र खोँचहरूमा अझै मानिसहरू उद्धारको पर्खाइमा रहेको सांसद खरेलको भनाइ

काठमाडौं,१७ भदौ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं,१७ भदौ । प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शाहले सम्बोधन

भोटेकोशी उद्धारमा सरकारलाई सघाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौं,१७ भदौ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार र राहतमा सरकारलाई पूर्ण सहयोग गर्ने जनाएको छ। तर, सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धारमा भएको ढिलासुस्तीप्रति

ग्लोबल आइएमई बैंकले घोषणा गर्यो १० प्रतिशत लाभांश

काठमाडौं,१७ भदौ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको भदौ १७ गते