दैनिक कार्यसम्पादन प्रभावित

दमकको मालपोत कार्यालय अधिकृत नहुँदा, कामकाज प्रभावित

 

 

 

झापा   मालपोत कार्यालय दमकमा कार्यालय प्रमुखसहित पाँच जना अधिकृत नहुँदा दैनिक कार्यसम्पादन प्रभावित बनेको छ । कार्यालय प्रमुख तारानाथ दंगाल र अन्य चार जना अधिकृत एकैसाथ कार्यालयमा नहुँदा नायव सुब्बाको भरमा सञ्चालन गर्नुपरेको कार्यालयले जनाएको छ ।

 

कार्यालय प्रमुख दंगाल एक साता अघि काजमा मन्त्रालय तानिएका छन् भने अन्य चार अधिकृत यस अघि नै रिक्त रहेको बताइएको छ । चार अधिकृत मध्ये दुई जना मुद्दाका कारण निलम्बनमा र अन्य दुई अन्यत्र काजमा गएपछि समस्या हुँदै आएको बताइएको छ ।

 

कार्यालय प्रमुखसहित अधिकृत नहुँदा नियमित कामकाज गर्न मालपोत कार्यालय दमक नायव सुब्बाको भरमा सञ्चालन हुँदै आएको छ । अधिकृत नहुँदा जग्गाको जटिल प्रकृतिका कामका सेवाग्राहीहरू भने मर्कामा परेका छन् । मालपोत कार्यालय दमकले जिल्लाको माई पश्चिम क्षेत्र बासीको जग्गासम्बन्धी सरकारी सेवा उपलब्ध गराउँदै आएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका