मूल्यवृद्धि

इन्धनको मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर, फिर्ता लिन माग

 

 

नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर परेको उल्लेख गरिएको छ ।

‘आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई हार्दिक अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आयल निगमभित्र हुने चुहावटलाई रोक्दै आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाउनुको सट्टा घाटाको सम्पूर्ण भार जनतामाथि थुपार्ने गरि गरिएको जनविरोधी निर्णय सच्याउँन सरकारलाई आग्रह गर्दछौँ ।’

निगमलाई व्यवस्थित गर्दै सुदृढिकरण गर्नु पर्नेमा निर्लज्ज जनतामारा निर्णय गर्ने निगमका तालुकदारहरु र तीनलाई संरक्षण गर्ने सरकारले जनताको भावनालाई सम्बोधन गर्दै मूल्य बृद्धि तत्काल फिर्ता लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।  अन्यथा श्रमजीवी जनताको आन्दोलनको सामना गर्न तयार रहन सरकारलाई विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

नेपाल आयल निगमले माघ १८ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर १२५ तथा पेट्रोल प्रतिलिटर १४२ पुगेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।