घटनाका बारेमा अनुसन्धान

एक पुरुषले   ब्लेडले आफ्नै घाँटी रेटी आत्महत्याको प्रयास

 

मोरङको विराटनगर महानगरपालिकाका एक पुरुषले ब्लेडले रेटेपछि अस्पताल भर्ना हुनु परेको छ ।

विराटनगर–१५ का ५० वर्षीय बलराम चौधरीले ब्लेडले आफ्नै घाँटी काटेका हुन् ।

आज (बिहीबार) बिहान ब्लेडले आफ्नै घाँटी काटेपछि उनी गम्भीर घाइते भएका छन् । घाँटी काटेर रक्ताम्य अवस्थामा परिवारले देखेपछि उनलाई उपचारका लागि कोसी अस्पताल पुर्‍याइएको थियो ।

अवस्था गम्भीर भएका कारण चौधरीलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार ब्लेडले काटेको ठाउँबाट अहिले रगत बगिरहेको छ ।

घाँटी काटेर चौधरीले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रवक्ता डिएसपी श्रेष्ठले बताए । चौधरीले आफ्नै घाँटी काट्नुपर्ने कारण खुल्न बाँकी रहेको बताउँदै उनले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु