कसरी बचाउने माटो ?

घातक रासायनिक मल र विषादीको प्रयोग रोक्न ‘माटो नीति’ बनाउँदै कोशी प्रदेश सरकार ( भिडिओ )

प्राकृतिक स्रोतको रुपमा माटोको दीर्घकालीन संरक्षणको सवाल अहिले टड्कारो रुपमा खडा भएको छ ।

विराटनगर, ६ वैशाख । के तपाईंलाई आफ्नै खेतबारीको माटोको अवस्थाबारे कुनै जानकारी छ ? उत्पादन बढाउने होडमा जथाभावी रासायनिक मल र घातक विषादी प्रयोग गर्दा माटोमा रहेका सुक्ष्मजीवहरु नष्ट हुँदै गएको हेक्का त होला नि ?

आम नेपाली किसानले अहिलेसम्म नवुझेको कुरा हो—माटोको जीवन र मृत्यु । हरेक जीवित प्राणी र वनस्पतिको झै माटोको पनि जीवन हुन्छ र जथाभावी प्रयोग गरिने रासायनिक मल र विषादीले माटोका सुक्ष्मजीवहरु नष्ट पार्छ भन्ने कुरा किसानलाई वुझाइएको पनि छैन । जसका कारण माटोमाथि खुलेआम दोहन भइरहेको छ । प्राकृतिक स्रोतको रुपमा माटोको दीर्घकालीन संरक्षणको सवाल अहिले टड्कारो रुपमा खडा भएको छ ।

माटोमाथि खुलेआम भइरहेको दोहन रोक्न विकसित मुलुकहरु धेरै पहिलेदेखि सक्रिय भइसकेका छन् । माटो संरक्षणका लागि अमेरिकाले सन् १९३५ मै ‘स्वायल कन्जरभेशन सर्भिस’ स्थापना गरेको थियो । त्यसले त्यहाँको कृषि नीतिलाई मार्गनिर्देश गर्छ ।

छिमेकी देश भारतले पनि सन् २०१२ मै माटो स्वास्थ्य कार्ड सुरु गरेको थियो । जुन पछि गएर माटो नीतिमा रुपान्तरण भइसकेको छ । त्यस्तै अष्ट्रेलिया, युरोपेली संघजस्ता देश र निकायहरु पनि माटो संरक्षणका लागि पहिलेदेखि नै क्रियाशील रहेको विभिन्न तथ्यहरुबाट पुष्टि हुन्छ ।

नेपाल सरकारले भने अहिलेसम्म माटो संरक्षणको दीर्घकालीन योजना बनाउने तत्परता देखाएको छैन । यद्यपि कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले माटो नीतिको खाका तयार पार्दै छ । मन्त्रालयका सचिव शरणकुमार पाण्डेका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा वजेटमार्फत् कोशीलाई प्राङ्गारिक प्रदेश घोषणा गर्ने दिशामा अघि बढ्ने योजना छ ।

के छ त माटो नीतिभित्र ? कहिलेदेखि र कसरी लागू हुन्छ यो नीति । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरणकुमार पाण्डेकै मुखबाट सुनौं ः

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका