सुरु भो कोशी लगानी सम्मेलन

देश विदेशका लगानीकर्ता र नेताहरुको विराटनगरमा घन्चमन्च

सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका सयौं लगानीकर्ता विराटनगर आइपुगेका छन् ।

विराटनगर, १८ वैशाख । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन विराटनगरमा सुरू भएको छ । दुई दिने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलनबाट कोशी प्रदेशको समृद्धिमा थोरै भएपनि इँटा थपिने विश्वास व्यक्त गर्नुभयो ।अहिले सबै हिसाबले ल एन्ड अर्डर ठिक भएको भन्दै ढुक्क भएर लगानी गर्न आव्हान गर्दै  ओलीले अव चाँडै कोशीबाट गंगासम्म जलमार्ग पनि सञ्चालन हुने बताउनुभयाे ।

 

उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानीकर्ता र निजी क्षेत्रको वारेश बन्न कोशी प्रदेश सरकार तयार रहेको विश्वास दिलाउनुभयो ।

सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारत लगायतका देशका सयौं लगानीकर्ता विराटनगर आइपुगेका छन् । गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि बाक्लो जमघट छ । सम्मेलनमा मधेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीको पनि उपस्थिति छ ।

लगानी सम्मेलनमा प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटी र फोहोर प्रशोधन लगायतका क्षेत्रका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताउनुभएको छ ।

सम्मेलनमा २ दर्जनभन्दा बढी परियोजनामा सम्झौता नै हुने लगानी प्राधिकरणको दाबी छ ।

सम्मेलनमा पर्यटनसम्बन्धी १५ वटा परियोजना राखिएको छ । कृषिका ९, पूर्वाधारतर्फ १४, उद्योगहरू ९ वटा, ऊर्जा क्षेत्रका ९ वटा योजनाहरू राखिएको छ । लगानीकर्तालाई आकर्षित गर्न प्रदेश सरकारले नीतिगत प्रतिविद्धतासमेत गरेको छ ।

प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलस्रोतसँग सम्बन्धित सम्भाव्य आयोजना वा परियोजनाको सूची तयार गरी तिनको प्राविधिक एवं आर्थिक अवस्थाको विश्लेषणसहित लगानीकर्तासमक्ष पेश गरिनेछ । साथै, संघीय सरकार, स्थानीय तह र लगानीकर्ताबाट प्राप्त आयोजनाको समेत सम्भाव्यता अध्ययन गरी लगानीका लागि निम्त्याइने वताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्