हात्तीबारे सूचना दिने ‘आरआरटी’

सबैले सोध्छन् -‘हेल्लो….आज हात्ती कता होलान् ?’

जङ्गली हात्तीबाट स्थानीयको जिउधन जोगाउँदै आएको यही टीमले कतिपय अवस्थामा तिनै हात्तीको जीवन पनि बचाउनुपर्छ ।

मेचीनगर, २४ वैशाख । दिन ढल्किंदै गर्दा बाहुनडाँगीका न्युटन कार्कीको मोवाइल निकै व्यस्त हुन्छ । उहाँको मोवाइलमा यसरी तारन्तार घण्टी बजाइरहनेमा भारतबाट आउने जङ्गली हात्तीबारे सोधीखोजी गर्नेहरु नै बढी हुन्छन् ।

वितेका तीन/ चार वर्षयताका साँझ छरछिमेकीलाई हात्तीबारे सूचना दिने र राति अबेरसम्म मेची किनारमा बसेर पारिबाट आउँदै गरेका हात्तीको चियोचर्चो गर्नु न्युटनको नियमित ड्युटी नै बनेको छ ।

यो कर्ममा न्युटन एक्लो भने हुनुहुन्न । हात्तीबारे सुचना संकलन गर्नेदेखि, तिनलाई मेचीपारि नै रोक्ने र कथंकदाचित नेपालतिर पसिहाले स्थानीयलाई सूचना दिन बाहुनडाँगीमा न्युटनको नेतृत्वमा २० जना युवाको टोली सक्रिय छ । यो टोलीलाई स्थानीयहरु ‘आरआरटी’ भनेर चिन्छन् । अंग्रेजीमा यसको पूरा नाम र्यापिड रेन्पोन्स टीम हो । नेपालीमा भन्नुपर्दा— द्रूत उद्धार समुह ।

टीमलिडर न्युटनसहित पाँच सात भाइ युवा हरेक रात अबेरसम्म मेचीबगरमै हुन्छन् । बाँकी युवा भने पालैपालो हात्तीको निगरानीमा खटिन्छन् । हात्ती अभियन्ता शंकर लुइँटेल भने कहिल्यै छुट्नुहुन्न ।

मेचीनगर वडा नम्बर ४ को वडाध्यक्ष निर्वाचित भएलगत्तै स्थानीय युवा अर्जुन कार्कीको पहलमा यो टीम खडा भएको हो । अहिलेसम्म कार्कीले नै यो टीमलाई जेनतेन भरथेग गरिरहनु भएको छ । ‘ हात्तीबाट मान्छे र मान्छेबाट हात्तीलाई जोगाउन र मानव–हात्तीबीच सहअस्तित्व कायम गराउन आरआरटीको अवधारणा अघि सारेको हुँ’—कार्की सुनाउनुहुन्छ ।

हुन पनि हरेकजसो रात भारतबाट जङ्गली हात्तीको हुल मेची नदी तरेर नेपाल पस्छ । यसरी हुल बाँधेर आएका हात्तीलाई सकेसम्म मेची तर्नै नदिने यो टीमको ध्याउन्न हुन्छ । त्यसका लागि आरआरटीमा सक्रिय युवा साँझको खानापछि आ–आफ्नो मोटरसाइकलमा मेची बगर पुगिसक्छन् । अनि टीमका केही मेची बगरमा जम्मा हुन्छन् । केही हात्ती छिर्ने मुख्य नाका प्रसादगौडो ढुक्छन् । केही भने अलि माथिको सारुगौडासम्म पुग्छन् ।

यति गर्दा पनि कहिलेकाहीँ हात्तीले झुक्याइ छाड्छन् । यसरी नेपाल छिेरेका हात्तीबाट स्थानीयको जिउधन जोगाउने जिम्मेवारी पनि यही टीमको काँधमा आइपर्छ । तत्काल गाउँघरतिर फोन गरेर हात्ती पसेको सूचना पनि दिनैपर्छ । यसका लागि आरआरटीले सूचना संयन्त्रलाई बलियो पार्दै लगेको छ । प्रत्यक्ष मोवाइल सम्पर्कबाहेक फेसवुक म्यासेन्जर र ह्वाट्सएप ग्रूपमार्फत् पनि स्थानीयले हात्तीबारे तत्काल जानकारी पाउँछन् । र, हात्तीबाट जोगिन सक्छन् ।

भारतीय हात्तीको दोहोरिलत्त चल्ने बाहुनडाँगीले वितेका ६–७ वर्षयता मानवीय क्षति बेहोर्नुपरेको छैन । मेचीनगर वडा नम्बर ४ मा पर्ने यो बस्तीले पाएको ठूलै सफलता हो यो । किनकी त्यसअघि हरेक वर्ष बाहुनडाँगीका कुनै न कुनै घरमा हात्तीकै कारण शोक पर्थ्याे ।

जङ्गली हात्तीबाट स्थानीयको जिउधन जोगाउँदै आएको यही टीमले कतिपय अवस्थामा तिनै हात्तीको जीवन पनि बचाउनुपर्छ । जस्तो–केही दिनअघि भारतबाट घाइते अवस्थामा नेपाल छिरेको एउटा घाइते हात्तीले यही टीमको अग्रसरतामा नयाँ जीवन पाएको छ । मरणासन्न अवस्थामा छट्पटाइरहेको घाइते हात्तीको उपचारका लागि वन कार्यालयका अधिकारी र चिकित्सकलाई सघाउन यो टोली रातदिन खटिएको थियो । हात्तीको नजिक परेर त्यसलाई औषधि खुवाउने आँट बाहुनडाँगीका यी युवाबाहेक अरुसँग थिएन नै ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेको बाहुनडाँगी प्राकृतिक रुपमा हरियो वनको नजिक छ । भारतको गोरुमारा, जलदापारा, र बाँकडुवा क्षेत्रबाट हात्तीहरू खोला र बगैंचा पार गर्दै नेपाल प्रवेश गर्छन् । ती हात्ती सधैंजसो रातिको समयमा बस्तीमा देखा पर्छन् । जसले खेतबारी, घरगोठ र कतिपय अवस्थामा मानवीय जीवनसमेत संकटमा पर्ने गरेको छ ।

यही समस्यासँग जुध्न पछिल्लो समय स्थानीय युवाले सुरु गरेको सतर्कता अभियानले गाउँमा ठूलो आशा जागेको छ । आरआरटीका सहसंयोजक सरेश पौडेल भन्नुहुन्छ—‘हामीे फेसबुक म्यासेन्जर, ह्वाटसएप जस्ता माध्यम प्रयोग गरेर हात्तीको सूचना तुरुन्तै गाउँभर फैलाउँछौ ं। कतै हात्ती देखा परे, अरूलाई सतर्क गराउँछौं ।’

तर, चुनौती अझ बाँकी छन् – उपकरणको अभाव, तालिमको अपर्याप्तता र कहिलेकाहीं हात्तीको अप्रत्याशित व्यवहारले सुरक्षा चुनौती थपिन्छ ।

बाहुनडाँगीका युवाले थालेको यो अभियान केवल हात्तीबाट जोगिने उपायमात्र होइन, स्थानीय नेतृत्व, सहकार्य र प्रविधिको संयोजनबाट जङ्गली हात्तीसँगको द्वन्द्व न्यून गर्न सकिने उत्कृष्ट उदाहरण नै हो ।

यसले देखाउँछ – समस्या जहाँ छ, समाधान पनि त्यहीँबाट सुरु हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ