जय नारायण आदर्श

२७ महिनासम्म   सञ्चालनमा नआउँदा बेवारिस बन्यो छात्रावास

 

 

 

पाँचथर — फाल्गुनन्द गाउँपालिकाको जय नारायण आदर्श माध्यमिक विद्यालयमा ८५ लाख रुपैयाँ खर्चेर बनाएको छात्रावास भवन उद्घाटन गरेको २७ महिनासम्म संचालनमा आउन सकेको छैन ।

प्राविधिक विषय लिएर अध्ययन गर्ने छात्राहरूलाई आवासको सुविधा दिँदै पठनपाठन सहज गराउन २ वर्षअघि निर्माण कार्य सकिएको यो भवनमा भर्‍याङ, रेलिङ र शौचालयजस्ता अत्यावश्यक संरचना निर्माण नगरिएको भन्दै विद्यालयले स्वामित्व ग्रहण नगरेपछि भवन बेवारिस बनेको छ ।

प्रदेश सरकारको लगानीमा निर्माण भएको दुई तले भवनमा १२ कोठा छन् । भवन निर्माण गरिए पनि माथिल्लो तलामा जाने भर्‍याङ, बरन्डामा रेलिङसँगै शौचालय नहुँदा आधकल्चो संरचनाको स्वामित्व ग्रहण नगरेको प्रधानाध्यापक बिनोद अधिकारीले बताए ।

भवनको उद्घाटन २०७६ साल कात्तिक ७ गते प्रदेश १ का तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले गरेका थिए । उद्घाटन गरेको दुई वर्षसम्म भवनमा शौचालय, रेलिङ, भर्‍याङलगायत संरचना बनाइएको छैन । भवन निर्माण उपभोक्ता समितिमार्फत गराइएको थियो । गाउँपालिकाको उप-निर्वाचनमा मतदाता प्रभावित पार्न निर्माण नसकिँदै छात्राबास उद्घाटन गरिएको स्थानीयको आरोप छ ।

तत्कालीन नेकपाका नेता प्रेम रिजाललाई निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाएर राजनीतिक आडभरोसामै भवन अधुरो छाडिएको स्थानीयको आरोप छ ।

निर्माण समितिका अध्यक्ष रिजाल भने त्यो बेला प्रदेश सरकारले उपलब्ध गराएको बजेटले नपुग्दा संरचना अधुरै छाडिएको दाबी गर्छन् । भवन अधुरो भए पनि उद्घाटन भएपछि छात्राबास भवन स्वतः विद्यालयको जिम्मामा गइसकेकाले बाँकी काम स्कुलले नै गर्नुपर्ने उनको अडान छ ।

गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्वाङ पनि स्कुलले अन्यत्रबाटै स्रोत खोजेर भवनको काम पूरा गर्नुपर्ने बताउँछन् । छात्रावास सञ्चालनमा नआउँदा विद्यार्थीहरू टाढा-टाढाबाट धाएरै प्राविधिक विषयको अध्ययन गरिरहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,