फागुन १ देखि विद्यालय खुल्ने

 

 

 

काठमाडौँ — कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले फागुन १ देखि विद्यालयमा भौतिक रूपमा पठनपाठन गराउन सरकारलाई सिफारिस गरेको छ । सीसीएमसी बैठकले आइतबार कोरोना संक्रमण दर घट्दै गएकाले विद्यालय खोल्नुपर्ने निष्कर्ष निकालेको हो ।

कोभिड–१९ को तेस्रो लहरका कारण माघको पहिलो सातादेखि विद्यालय बन्द छन् । पहिलो चरणमा माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको थियो । त्यसपछि सीसीएमसीकै सिफारिसमा सरकारले विद्यालय बन्दलाई माघ मसान्तसम्म लम्ब्याएको थियो । तर काठमाडौंको गोकर्णेश्वरलगायत स्थानीय तहले सरकारको निर्णय अवज्ञा गर्दै विद्यालय खुलाएका थिए । गृह मन्त्रालयले शुक्रबार सरोकारवालासँग विद्यालय खोल्ने/नखोल्ने विषयमा परामर्श गरेको थियो । सरोकारवालाले विद्यालय खोलेर भौतिक रूपमै पठनपाठन सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले केन्द्रबाटै एकै पटक विद्यालय बन्द गर्ने र खोल्ने निर्णय गर्नुभन्दा जिल्ला वा पालिकालाई त्यसको अधिकार दिँदा उपयुक्त हुने बताए । कोरोना संक्रमण दर घट्दै गएकाले संक्रमण दर कम रहेका स्थानमा विद्यालय पूर्ण रूपमा सञ्चालन गर्न सकिने उनी बताउँछन् । ‘हामीले विद्यालय खोल्नुपर्छ भनेका छौं, सीसीएमसीले सिफारिस गरेपछि सरकारले निर्णय गर्ला,’ उनले भने । प्याब्सन, एनप्याब्सनसहित निजी विद्यालय सञ्चालकहरूले आइतबारबाटै विद्यालय खोल्नुपर्ने माग राख्दै आएका थिए ।

गृह मन्त्रालयमा भएको छलफलमा शिक्षा, स्वास्थ्य मन्त्रालयसहित शिक्षक महासंघ, अभिभावक महासंघ, विद्यालय सञ्चालकका प्रतिनिधिले शैक्षिक सुरुवातमा पनि पठनपाठन प्रभावित भएको, वैशाखमा सुरु हुने शैक्षिक सत्र असारमा मात्र सुरु भएको, दसैं/तिहारपछि मात्रै पूर्णतया विद्यालय सञ्चालनमा आएको हुनाले विद्यार्थीको सिकाइमा धेरै असर परेको जनाएका थिए । जेठमा स्थानीय तहको चुनाव हुने सम्भावना रहेकाले त्यसअघि नै शैक्षिकसत्र सकेर लगत्तै विद्यालय तहका सबै कक्षाको परीक्षा लिइसक्नुपर्ने बाध्यात्मक अवस्था रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले विद्यालय सिकाइ, निर्वाचन, कोभिडलगायत सबै अवस्थाको विश्लेषण गरेर परीक्षा तालिका सार्वजनिक गरिने बताए ।

विद्यालय बन्द गर्ने र खोल्ने विषयमा एकरूपता कायम हुन नसक्दा शिक्षा मन्त्रालयका अधिकारीहरूसमेत असन्तुष्ट छन् । कोभिडको पहिलो लहरमा संघीय सरकारकै आह्वानमा विद्यालय बन्द गरिएका थिए । दोस्रो लहरको लकडाउनमा विद्यालय बन्द गर्ने/खोल्ने अधिकार जिल्ला र पालिकालाई दिइयो । गतवर्ष फेरि वायु प्रदूषणका कारण विद्यालय बन्द गर्ने निर्णय संघीय सरकारले गर्दा पालिकाहरूले अवज्ञा गरे । यसपालि तेस्रो लहरमा पनि विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय सबैतिर कार्यान्वयन भएन ।

‘विद्यालय जोखिमको अवस्था हेरेर बन्द गर्ने कि खोल्ने निर्णय गर्नु उपयुक्त हुन्छ,’ शिक्षा मन्त्रालयका एक उपसचिवले भने, ‘काठमाडौंमा बन्द हुँदा दूरदराजको विद्यालय सञ्चालन गर्न सकिन्छ, दूरदराजमा बन्द हुँदा काठमाडौंमा विद्यालय खुल्न सक्छन् ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु