उज्यालो आलेख

क्यान्सर के हो ? यस्तो छ होमियोप्याथिक चिकित्सामा उपचार

अनावश्यक तौल वढनबाट बचौं अथवा नियन्त्रण गरौं । शारीरिक रुपमा सक्रिय रहौँ । स्वास्थकर आहार खाऔँ । मधपानबाट टाढा रहौँ । नियमित क्यान्सर स्क्रिनिङ गरौँ ।

शरीरमा एकै प्रकारका या धेरै प्रकारका अनावश्यक कोषहरुको अनियन्त्रित वृद्धि क्यान्सर हुन सक्छ । यस्ता कोषले शरीरलाई चाहिने पौष्टिक तत्वहरुको सेवनका कारण शक्तिहिन बनाई मृत्युवरण गाराउने नसर्ने प्रकारको रोगलाई अवुर्द(क्यान्सर) भनिन्छ । यो रोग कुनै पनि उमेरका मानिस र शरीरका कुनै पनि ंअङ्गमा देखापर्न सक्छ । नसर्ने प्रकृतिको यो रोग विश्वमै महामारिको रुपमा आईरहेको छ । यो रोगले आजको विकसित औषधी विज्ञानलाई पनि चुनौती दिएको छ ।

साधारणतया हरेक जीव र वनस्पतीमा कोषको विभाजन(सेल डिभिजन)भइरहने गर्छ । यही नियमित प्रकृयाले हामी सानोबाट ठूलो हुन्छौं । उमेरसँगै नयाँ कोषको वृद्धिमा कमि हुने र शरीरका अङ्गहरु पनि केहि निस्किृय हुँदै जादा हामी बुढो हुन्छौं । यसरी नयाँ कोषको विकास हुनु र पुराना कोषको मृत्यु हुनु सामान्य हो । यो साधारण प्रकृया हो र जीवन मृत्यको चक्र पनि हो । क्यान्सर रोगमा शरीरलाई नचाहिने कोषहरुको अनावश्यक र चाडोचाडो वृद्धि हुन्छ तर ती कोषहरुको मृत्यु हुँदैन । शरीरलाई चाहिने आवश्यक प्रोटिन, भिटामिन खनिज र हर्मोन जस्ता तत्वहरुलाई यिनै कोषहरुले खाने गर्छन र आवश्यक कोष वृदिमा रोकावट ल्याउछन् । यता नचाहिने कोष(क्यान्सर जन्य कोष)चाडो चाडो विभाजन हुने गर्छन । फलस्वरुप हाम्रो शरीरको नियमित र सामान्य वृदि विकासमा कमि आउछ । रोग प्रतिरोधात्मक क्षमता पनि घटेर जान्छ । यसको फाइदा उठाउदै ती अनियन्त्रित कोषहरुको विकासमा अझै तिव्रता आउँछ र शरीरका अन्य स्थानमा पनि क्यान्सरका कोषहरु फैलिदै जान्छन् । यसरी अनावशयक कोष फैलिने अवस्थालाई मेटास्टेसिस भनिन्छ । यसले रोगी कमजोर हुनगई अन्य रोगले पनि समात्छ र उपचार पनि जटिल हुन्छ ।

क्यान्सरका लक्षणहरु : शरीरका कुनै पनि भागमा देखिएका गाठागठी, हड्ढीमा देखिने अस्वभाविक वृद्धि र दुखाई, अस्वभाविक खोकी अनि रगत या पिप वान्ता, शरीर सुक्दै जानु, महिलाहरुको योनीबाट अस्वभाविक रगत या गनाउने फोहोर पानी बग्नु, तल्लो पेट दुख्नु, स्तनमा अस्वभाविक गाठागुठी देखापर्नु, पुरुषहरुमा पिसाव फेर्दा दुख्नु, पोल्नु, रगत देखापर्नु, खाना निल्न कठिन हुनु, बारबार अड्किनु, खाना अरुची हुनु, पेट पोल्नु दुख्नु, बारम्बार रगतको कमी हुनु, छाला या मुखका विभिन्न भागमा अनौठा लक्षणहरु या संकेत देखापर्नु, पुरानो घाउ बल्जिनु या निको नहुनु, कोठिको रङ र आकारमा परिवर्तन हुनु, लगातार र कठिन प्रकारको खोकी लाग्नु कमजोरी वढदै जानु क्यान्सरका लक्षण पनि हुनसक्छन् ।

 

 यसरी नै बारबार टाउको दुख्ने, भारी हुने, रिगंटा लाग्ने, वाकवाकी लाग्ने या वान्ता हुने, नाकबाट अस्वभाविक रगत देखापर्ने जस्ता लक्षण मस्तिष्क क्यान्सरका लक्षण पनि हुनसक्छन् । माथि भनिएका लक्षणहरु सबै इान्सर रोग कै भन्ने चाहिँ हुदैन । अन्य विभिन्न रोगका लक्षण पनि यस्तै प्रकृतिका हुन्छन् जस्तै क्षयरोग, अल्सर या अन्य स्नायु सम्बन्धी कुनै रोग, घाउ खटिरा । तर, यस्ता अस्वाभाविक लक्षणहरु देखिएमा सचेत भएर चिकित्सकीय परामर्श लिनु उचित हुन्छ ।

सबैखाले गाठागुठी क्यान्सर हुदैनन् । मानिसको शरीरमा देखापर्ने गाठागुठी मध्ये कम्ती मात्रै क्यान्सर रोगका संकेत बोकेका हुन्छन् । औषधी विज्ञानले गाठागुठीलाई २ भागमा वाढेको छ । एउटा क्यान्सर जन्य(कार्सिनोजेनिक) गाठागुठी र अर्को नन क्यानसर(बेनाइन) जन्य गाठागुठी अथवा क्यान्सर नहुने प्रकारका गाठागुठी । डाक्टरको उपचारसम्म नपुगेका या पुगेर पनि क्यान्सर नहुने लक्षण भएका धेरै प्रकारका गाठागुठी या हड्ढी वढेका मानिसहरु देख्न सकिन्छ । त्यसैले यदि कसैलाई माथि भनिएका लक्षण र चिह्न देखिएमा नजिकैको स्वास्थ सस्थामा जचाएर ढुक्क भएर वस्नु उचित हुन्छ । यदि क्यान्सरको शंका लागेमा या विरामीलाई पिडा भएमा तुरुन्तै क्यान्सर रोगको उपचार हुने अस्पताल जानुपर्छ । यसमा पनि जान्नै पर्ने कुरा के छ भने यदि क्यान्सर भएको प्रमाणित भयो भने डाक्टरको र स्थानिय सरकारको सिफरिसमा नेपाल सरकारले निस्चित रासिको सहयोग दिदै आएको छ । यदि क्यन्सरको सुरु अवस्थामै अस्पताल पुग्ने हो भने यो रासि भन्दा पनि कमै खर्चले उपचार हुनसक्छ । त्यसैले अन्य अस्पताल या क्लिनिकमा जचाउदा क्यान्सरको शंका लाग्ने वित्तिकै सही ठाउँमा पठाउनु पर्छ । र, यो हरेक चिकित्सक या स्वास्थ कर्मीको कर्तव्य पनि हो ।

क्यान्सर लाग्ने कारणहरु : आजका दिनसम्म आइपुग्दा क्यान्सर यही कारण या यही किटाणु या विषाणुका कारणले हुन्छ भन्ने यकिन तथ्य पत्ता लागेको छैन् । अहिलेसम्मको अध्यायन र बिरामीहरुको जीवन शैली र वंशाणुगत अध्यायनका अनुसार क्यान्सर हुनसक्ने कारक तत्वहरु धेरै भेटिएका छन् । त्यस मध्ये वंशाणुगत, खानपान, जीवनशैली, वातावरण र विगतमा भएका रोग र उपचारको क्रममा प्रयोग भएका औषधीहरुको कुप्रभाव प्रमुख कारण देखिएका छन् । धेरैजसो मानिसका शरीरमा क्यान्सर जन्य कोषहरुको केहि अंश रहने पछिल्लो अध्यायनले देखाएको छ । तर यी कोषहरु त्यती बेलासम्म निस्क्रिय रहन्छन जती बेलासम्म हाम्रो शरीरमा रोगसँग लडने रोग प्रतिरोधात्मक क्षमता उच्च हुन्छ या शरीर हरेक कुरामा स्वस्थ रहन्छ । समय र उमेरसँगै हाम्रो जीवनशैली र कामको प्रकृतिले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई प्रभाव पारिरहेको हुन्छ । र यसमा अझ साँथ दिन्छ वंशाणुगत रोगले । त्यसमा पनि क्यान्सर भएको पारिवारिक इतिहास छ भने आउदा पिडीलाई यो रोग हुनसक्ने सम्भावना वढी हुन्छ । अर्को महत्वपूर्ण कारण भनेको चुरोट, खैनी या अत्यधिक मदिराजन्य पदार्थको सेवन । यसरी नै महिलाहरुमा हुने पाठेघर या स्तनको क्यान्सरमा सानै उमेरमा विबाह, धेरै सन्तान जन्माउनु, सुत्केरीमा राम्रो स्याहार र पोषणको कमी, जथाभावी गर्भपतन या असुरक्षित यौनसम्पर्क या यौनरोग, एच पि भी भ्याक्सिन नलगाउनु जस्ता धेरै क्यानसर जन्माउने कारण हुनसक्छन् । आगोमा पोलेको या तेलमा तारेको मासुको लगातार सेवन पनि पेटको या अन्य भागको क्यान्सर हुनेसक्ने एउटा प्रमुख कारण हो । यसरी नै लगातार कुर्सीमा बसेर कामगर्ने, शारीरिक व्यायम नगर्ने तनाव धेरै लिने, राती राम्रोसँग ननिदाउने जंकफुड या बाहिरको खाना धेरै खाने या डाक्टरको सल्लह नलिई धेरै प्रकारका औषधीको सेवनगर्ने गर्दा पनि शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमता घटेर जान्छ । जसका कारण क्यान्सर जन्य कोषहरुको वुद्धि तिब्र रुपमा हुन सक्छ । यस्तै छालाको क्यान्सरको प्रभाव या कारण वातावरण, केमिकल, विसादी, सौर्न्दयका साधनको जथाभावी प्रयोग, कुनै रोग या घाउको बारबार अपे्रसन, लगातार छालाका रोगमा मल्हमको प्रयोग, परमाणु जन्य वस्तुको बारबार आक्रमण, आवश्यकता भन्दा धेरै घाममा कामगर्ने मानिसमा क्यान्सर देखिन सक्छ । समग्र रुपमा क्यान्सरबाट बच्न धुम्रपान या सूर्तिको उपयोग नगरांै । अप्रतक्ष धुम्रपानबाट बचांै( धुम्रपान गर्नेहरु नजिक नबसौं) । अनावश्यक तौल वढनबाट बचौं अथवा नियन्त्रण गरौं । शारीरिक रुपमा सक्रिय रहौँ । स्वास्थकर आहार खाऔँ । मधपानबाट टाढा रहौँ । नियमित क्यान्सर स्क्रिनिङ गरौँ । अत्यधिक प्रदुषणबाट बचौँ र नियमित उपलव्ध खोप लगाऔं ।

उपचार : क्यान्सर रोग लाग्यो भनेर अनावश्यक डराउनु हुँदैन । जति धेरै डरायो शरीरको रोगप्रतिरोधात्मक क्षमता झनै घटेर जान्छ । बरु रोग लाग्यो भन्ने थाहा भएमा सकारात्मक सोच राख्ने, म क्यान्सरसँग लडन सक्छु, यसलाई परास्त गर्छ भन्ने उच्च मनोबल राख्नु पर्छ । सात्विक भोजन, व्यायाम, योग, मेडिटेसन अनि खाली खुट्टा माटोमा हिँडनु उचित हुन्छ । विसादी रहित सागसब्जी, उमारेका गेडागुडी, कोदो फापर, सजिउनको पात र फल, जमराको रस प्रसस्त खाने गर्नु पर्छ । रोग कुन अङ्गमा र कुन स्टेजमा पुगेको छ सोही अनुसार उपचारका साथै प्राकृतिक उपचार पनि लिन सकिन्छ । क्यान्सरलाई कमजोर पार्न शरीरमा रोगप्रतिरोधी क्षमता वढाएर अनावश्यक वढदै गएका क्यान्सर कोषलाई वढन रोक्नु पर्छ । अनावश्यक वुद्धि रोक्न सकेमा शरीरले आफै क्यान्सर परास्त गर्छ । तल केहि होमियोप्याथिक औषधि र तिनका लक्षण लेखिएका छन् । यो चिकित्सामा क्यान्सर निको पार्ने भनेर कुनै एउटा वा दुइवटा औषधि हुँदेन मात्र रोगीका शरीरमा देखिएका लक्षण र चिह्नका आधारमा औषधि दिइन्छ । त्यसैले आवश्यक परेमा किमो थेरापी या सल्यक्रिया पनि सगसगै गराउनु पर्ने हुन सक्छ ।

इच्नेसिया अंगष्टा : टेन्डेन्सि टु मेलिग्नेन्सिी इन एक्युट एण्ड सबएक्युट केसेस । इच्नेसियाको प्रमुख लक्षण र चिह्न हो यो । शररिको कुनै पनि भागबाट गनाउने स्राव बगेमा, रोगी कमजोर र गल्दै गएमा, जाडो धेरै लागेमा या चिसो महसुस भएमा, वाकवाकी लागिरहेमा, भोक हराएमा, रगत सफा गर्न र विषको असर कम गर्न उपयोगी औषधि हो इच्नेसिया । यसरी नै घाउखटिरा निको पार्न, जिर्ण ज्वरो, खोकी, शरीरमा आउँने एलर्जी या छाला चिलाउने अनि किरा आदिले टोेकेमा, सेप्टिसेमियाको समस्यामा पनि उपयोगी हुन्छ इच्नेसिया अंगष्टा । विशेष गरेर मदर टिन्चर १०/१० थोपाका दरले थोरै मनतातो पानीमा दिनमा ३ देखि ४ पटक केहि हप्ता सेवन गरेमा राम्रो प्रतिफल देखिन्छ । यसरी नै क्यान्सरको लास्ट स्टेजमा दुखाई सहज बनाउन उपयोगी हुन्छ एसिड फास नामको औषधि ।

आर्सेनिकम अयोडेटम : फिमेल क्यान्सर अफ ब्रेस्ट आप्‌mटर अल्सरेसन ह्याज सेट इन । आर्सेनिकम आयोडेटमको एउटा प्रमुख लक्षण हो । शरीरबाट निस्किने स्राव धेरै, कडा(एक्रिड) पोल्ने, शरीरमा रहेका ग्रन्थि विशेष गरेर लिम्फेटिक ग्रन्थी, स्तन सुन्निने, दुख्ने, शरीरमा रगतको कमी भएर जाने, छाती या अन्य भागमा क्षयरोग देखापर्ने, गर्मी धेरै लाग्ने, पसिना धेरे आउने, दुब्लाउदै जाने, पटक पटक ज्वरो आउँने, टन्सिल आदि दोहोरीरहनेजस्ता समस्या र छटपटी धेरै भएमा अनि चिसो पानी या बरफ मन पराएमा यसको ३ एक्स पोटेन्सिमा केहि हप्ता दिन सकिन्छ या ३० /२०० पोटेन्सिमा केहि दिन दिन सकिन्छ ।

कार्सिनोसिनम : क्यान्सर भएको तन्तुबाट तयार पारीएको कार्सिनोसिनम धेरै उपयोगी औषधि हो । क्यान्सर या अरु कुनै निको नहुने रोग लाग्छ कि भन्ने डर धेरै रहने, परिक्षा अनि भिडभाडको धेरै डर लाग्ने, धेरै डराएका कारण या लामो समय दुःखी रहेका कारण, परिवारको ठूलो आसा गरिएको तर केहि गरिनस भनेर तनावमा रहेका कारण या बच्चामा नराम्रो व्यवहार सहनु परेका कारण क्यान्सर या अन्य समस्या देखिएमा उपयोगी औषधि हो कार्सिनोसिनम । सधै सफासुगर(फास्टिडियस) रहन चाहने, रमाउन चाहने, साहनभुती चाहने, पशुलाई धेरै माया गर्ने, उत्तरदायित्व बहन गर्न चाहने, संगित, यात्रा मन पराउने, परिवारमा क्यान्सर या कुनै ठूलो रोग भएको पाइएमा, महिलाको स्तन क्यान्सर देखिएमा, कुनै बिरामी भएर उपचारपश्चात पूर्ण स्वस्थ महशुस नभएका मानिसलाई यदि क्यान्सर या आन्य कुनै रोग देखिएमा यो औषधिको २०० पोटेन्सिमा २ डोज दिएर रिजल्ट पर्खिनु पर्छ ।

कोन्डुरेङ्गो : आमाशय, अन्ननलि, स्तन क्यान्सरमा प्रयोग गरिने कोन्डुरेङ्गो धेरै उपयोगी औषधि हो । मुखको दुबै छेउ( कर्नर अफ माउथ) मा च्यातिने, दुख्ने गरेमा, इपिथेलियल टिस्युमा क्यान्सर देखिएमा, पेट(आमाशय)को क्यान्सर सँगै धेरै पोलेमा, बान्ता भएमा, मुखको घाउ क्यान्सर जस्तो भएर फैलिएमा, पेटको माथिल्लो भाग लगातार पोलेर दुखेमा, महिलाको स्तन क्यान्सर भएमा, निप्पल भित्र पसेमा, ठूलो गाठो पलाएमा, स्तन छुन नसक्ने गरी दुखेमा, म्युको क्युटेनियस जङ्सनमा क्यान्सर देखिएमा, खाना निल्दा लगातार अडकिन थालेमा, अन्ननलि खुम्चिएमा यो औषधिको मदर टिन्चर या ३०/२०० पोटेन्सिमा केहि हप्ता सेवन गर्न सकिन्छ ।

कोनियम : लामो समयदेखिको दुःख, एक्लो बसाई, अबिबाहित, धेरै हस्तमैथुन, या धेरै यौन सम्पर्क, अपुरो माया, महिलामा महिनामारी हराउने बेला या हराएपछि देखापर्ने समस्यामा उपयोगी औषधि हो कोनियम । शरीरका कुनै पनि भाग या अङ्गमा देखापर्ने गाठागुठी अत्यन्तै कडा र थिच्दा दुख्ने प्रकृतिको भएमा, उमेर भन्दा बुढो देखिएमा, स्मरण शक्ति कम भएका, कमजोर शरीर, हातखुट्टा काम्ने, मुन्टो हल्लाउँदा, सुतेर कोल्टे फेर्दा या उठ्ता रिगटा लाग्ने, मानसिक कमजोर, कुनै पनि ग्रन्थिमा चोट लागेका कारण सुन्निएर या दुखेर या क्यान्सर भएको पाइएमा, अनुहारको क्यान्सर विशेष गरेर ओठ क्यान्सर, खाना निल्दा लगातार अड्किन थालेमा, आमाशय क्यान्सर, दुध सेवनले बिसञ्चो गरेमा, प्रोष्टेट क्यान्सरमा, अण्डकोश आदिमा क्यान्सर देखिएमा र माथीका कारण र लक्षण देखिएमा उपयोगी औषधि हो कोनियम । यसको ३० या २०० पोटेन्सिमा ३ डोज दिएर रिजलट पर्खिनु पर्छ ।

हाइड्रास्टिस केनेडेनेसिस : बाक्लो, पहेलो र डोरीजस्तो तनन परेको डिस्चार्ज, धेरै रगतजाने या गइरहने, घाउ(अर्ल्सर) हुँने, धेरै अल्कोहल सेवनका कारण शरीर सुकेर जाने, पिनास होस या खोकीमा पनि बाक्लो, पहेलो र डोरीजस्तो खकार या सिगान बग्ने गर्छ । क्यान्सरमा यसको सेवनले दुखाई घटाउँछ, घाउ भरिन सघाउछ, भोक वढाउछ, जण्डिस घटाउछ, शरीर मोटाउन थाल्छ । मुखको स्वाद तितो हुन्छ, जिब्रो पहेलो फोहारी, मोटो देखिन्छ । ब्रेड र सागपात उल्टी हुन्छ । खाना उल्टी हुन्छ तर दुध र पानी पेटमा रहन्छ । क्यान्सरमा गाठागुठी कडा अनि तिखो दुखाइमा हुन्छन् । पेट खाली भएजस्तो, केहि नभएको र खाएर पनि आराम नहुने हुन्छ । दिक्क लाग्दो कब्जियत रहन्छ । हाइड्रास्टिस मदर टिन्चरको नियमित सेवनले पाचन राम्रो हुँने, भोक लाग्ने, जण्डिस हटने, क्यान्सर कम भएर जाने, कब्जियतमा सुधार हुँने कुरामा माथिका लक्षण मिल्नु आवश्यक हुन्छ । यसको १०/१० थोपा केहि हप्ता नियमित सेवन गर्नु पर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।