मेलमिलापका लागि घर घरमा

सामाजिक मेलमिलापमा पनि टोल विकास संस्थाको भूमिका खोजिदै

फाटेका मन सिउने हिसावले मेलमिलापको नीति सामाजिक सद्भावका लागि महत्वपूर्ण

दमक, ९ जेठ / टोल र बस्तीमा भएका विवादहरु निरुपण गर्ने मेलमिलाप नीतिलाई संघीयताको मर्म अनुरुप सरकारले पालिका तथा वडा तहबाट कार्यान्वयनमा ल्याएको अवस्था छ । तर, टोल र बस्तीबाट कस्ता विषयमा कसरी सहजीकरण गरेर स्थानीयलाई मेलमिलाप गराउने भन्ने सदर्न्भमा टोल विकास संस्थालाई समेत सहभागि गराउन सान्दर्भिक हुने भन्दै दमकमा अभ्यास थालिएको छ ।

 

५ नम्बर वडा कार्यालयको आर्थिक व्यवस्थापनमा नगरमै पहिलो पटक वडा मेलमिलाप केन्द्रले टोल विकास संस्थाका पदाधिकारीलाई सहभागि गराएर शुक्रबार ‘सामाजिक न्याय, न्यायिक प्रक्रिया तथा मेलमिलाप सम्बन्धि अभिमुखीकरण’ कार्यक्रम राख्यो । टोल र बस्तीमा हुने विवादको निरुपणमा न्यायसंगत सामाजिक सहजीकरण जो कोहीले गर्न सक्छ । त्यस्तो सहजीकरण गर्ने तथा विवाद जारी रहेमा वडा तथा पालिकाको न्यायिक समितिसम्म जाने प्रक्रिया बुझाउन टोल विकास संस्थाका पदाधिकारीलाई समेत तालिममा सहभागि गराइएको वडा मेलमिलाप केन्द्रका संयोजक एवम् वडा सदस्य खड्गबहादुर राईले जनाउनु भयो । ‘कस्ता कस्ता विवाद वडा मेलमिलापले हेर्ने भन्ने जानकारी टोल विकासमा भयो भनें त्यसबारेमा सहजता हुने, सामान्य विषय उहाँहरुले सामाजिक रुपमा सहजीकरण समेत गर्ने तरिका सिक्दा समाजमा मेलमिलाप बढाउन मद्धत पुग्छ ।’– उहाँले भन्नुभयो ।

 

स्थानीय शासन सञ्चालन ऐन २०७४ को दफा ४६ र नेपालको संविधान २०७२ को धारा २१७ मा वडा र पालिकामा मेलमिलापमा केन्द्रित गराउने गरी न्यायिक समितिको व्यवस्था गरेको छ । जसले वडा र पालिका तहमा देवानी प्रकृतिका १३ प्रकारका मुद्धा हेर्ने अधिकार प्रदान गरेको प्राकृतिक द्वन्द रुपान्तरण केन्द्र झापाकी श्रोत व्यक्ति एवम् तालिम सहजकर्ता संगीता थापाले उल्लेख गर्नुभयो । ‘टोल विकास संस्थालाई विवाद निरुपण गर्ने कानुनी अधिकार नभएपनि सामाजिक हिसावले विवाद बढ्न नदिन र विवादको समाधानमा सकारात्मक भूमिका प्रदान गर्नु संस्थाको भूमिका सान्दर्भिक हुन आउँछ ।’ उहाँले भन्नुभयो अर्कातर्फ अब प्रत्येक नागरिकले आफ्‌नो अधिकार र कर्तव्य के के हो जानकारी राख्नु पनि आवश्यक हुन्छ ।’

 

अभिमुखीकरण कार्यक्रममा वडा मेलमिलाप केन्द्रका सदस्य टेकेन्द्र बुढाथोकीले वडामा भएको मेलमिलापको अवस्थाका बारेमा जानकारी गराउनु भयो । उहाँले बढी मात्रामा लेनदेनका विवाद मेलमिलाप केन्द्रसम्म आउने गरेको सुनाउनु भयो ।

 

अदालती मुद्धा मामिलामा प्रमाणमा केन्द्रित रहेर हार र जितको अवस्था हुने तर समाजमा प्रमाणै नदेखिनेगरिका समस्या समाधानमा मेलमिलापको नीतिले दुबैको जितको अवस्था हुने अवधारणा छ । सोही अनुरुप फाटेका मन सिउने हिसावले मेलमिलापको नीति सामाजिक सद्भावका लागि महत्वपूर्ण रहेको ५ नम्बर वडाध्यक्ष इन्द्रबहादुर गुरुङले प्रष्ट्याउनु भयो ।

 

प्रत्येक वडाबाट वडा मेलमिलापकर्ता तथा ५ नम्बर वडाका टोल विकास संस्थाका पदाधिकारीमाझ राखिएको अभिमुखीकरणमा प्राकृतिक द्वन्द रुपान्तरण केन्द्र झापाका श्रोत व्यक्ति एवम् तालिम सजहकर्ता चेतन विष्टले पनि सहजीकरण गनुभएको छ ।

 

सो अवसरमा नगरको न्यायिक समिति सदस्य शोभा बेल्बासे र ४ नम्बर वडा मेलमिलाप समिति सदस्य हेमकला न्यौपानलेसहितले मेलमिलापको माध्यमबाट न्याय सम्पादन भई समाजमा फाटेका मन सिउँने काममा मद्धत पुगेको चर्चा गर्नुभयो ।

 

तालिममा ५ नम्बर वडामा रहेका ६८ वटा टोल विकास संस्थाका अध्यक्ष वा सचिवलाई सहभागि गराइएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी

झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार

बाढीपीडितको पीडामा झापा एकजुट, राहतका लागि धमाधम सहयोग जुट्दै

झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था,

सरकारको निर्देशन : १३ भदौदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई