फाइनल प्रतिष्पर्धा जेठ २४ मा

पथरी शनिश्चरे आइडलका लागि शरणार्थीसमेत उत्कृष्ट १० मा

नगरका चर्चामा रहेका गायक गौरव दर्पणलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित गरिने

पथरी, १६ जेठ  ।  सृजना क्षेत्रको गतिविधिमा सक्रिय उत्तरपूर्वी मोरङको पथरी शनिश्चरेमा सञ्चालित नगरस्तरीय सिङगिङ तथा डान्सिङ आइडल प्रतिष्पर्धाका लागि त्यहीँ रहेका भुटानी शरणार्थी समेत उत्कृष्ठ १० मा छनोटमा परेका छन् ।

 

तेस्रो चरण अर्थात सेमिफाइनलको बिहीबारको छनोटमा गायन र नृत्यबाट उत्कृष्ठ १०/ १० जना फाइनलिष्ट छानिएको छ । सेमीफाइनलमा वाइल्ड कार्डमा दुबै विधाबाट १/१ जनालाई सहभागि गराइएको थियो ।

दोस्रो चरण अर्थात मेघा अडिसनबाट छनोटको दोस्रो चरण अर्थात मेघा अडिसनबाट दुबै विधामा २०/ २० जना छानिएका थिए । गायनतर्फ वडा नम्बर १ का रोश्नी गुरुङ, रिक्जन दर्नाल, उमेश विश्वकर्मा, किरण प्रताप विक, ओसियन सेञ्चुरी, आवन्तिका बस्नेत र अनम पराजुली छानिनु भएको छ । वडा नम्बर २ बाट राज लोहार, तुलसा थापा, वडा नम्बर ४ बाट अभिशेक मेयाङ्बो उत्कृष्ठ १० मा पर्नुभएको छ ।

 

नृत्यतर्फ, वडा नम्बर १ बाट आयुषा दर्जी, निमिषा बस्नेत, २ बाट सितल कार्की, कृष्टिना तामाङ छनोटमा पर्न सफल हुनुभयो । वडा नम्बर ४ बाट युनिका राई, ९ बाट अनुस्का सुनाम दर्जी, युन्छोमा लिम्बू र गरिमा मगर चुनिन सक्नु भयो । वडा नम्बर १० बाट सुजता घिसिङ र सोही वडामा रहेको भुटानी शरणार्थी शिविरबाट वितेस राई पनि छनोटमा परेर फाइनल चरणमा प्रवेश गर्नुभएको छ । वडा नम्बर १० मा जन्मेका भुटानी शरणार्थीलाई जन्मदर्ताका आधारमा प्रतिष्पर्धामा सहभागि गराइएको छ । ‘नगरले यसखाले प्रतिष्पर्धामा हामीलाई पनि भाग लिन दिएकोमा आउने पुस्ताका लागि पनि उत्प्रेरणा भर्ने काम भएको छ ।’ शिविरका वितेस राईले खुसी व्यक्त गर्नुभयो । दुबैतर्फको प्रतिष्पर्धामा जम्मा ५ जना भुटानी शरणार्थी युवा युवती सहभागि बनेका थिए ।

पहिलो अडिसनबाट हसन्दह र पथरीमा गरी नृत्यमा ११४ जना र गायनमा १०२ जनाले भाग लिएका थिए । जसमध्ये नृत्यतर्फ ४८ र गायनतर्फ ५७ गरी १०५जना छनोटमा परेका थिए । फाइनल अघि बन्द प्रशिक्षण समेत सञ्चालन सकेपछि चौथो तथा फाइनल चरण जेठ २४ गते हुनेछ ।
समितिका सचिव एवम् आइडल कार्यक्रमका संयोजक लक्ष्मीप्रसाद फूयाँलले आइडलले पथरी शनिश्चरेमा सृजनाको उर्जा सञ्चार गरेको जनाउनु भएको छ । ‘सात वर्षदेखि ज्येष्ठ उमेरकाहरु समेत सहभागि भएर नगरभित्र सृजनाको प्रोत्साहन गर्ने काम आइडलले गरेको छ भन्ने कुरा चरितार्थ भएको छ ।’ उहाँले भन्नुभयो ।

 

फाइनलमा दुबै विधाका पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ४० हजार, २० हजार र १० हजार तथा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रमको समापनका दिन नगरका चर्चामा रहेका लोकगायक गौरव दर्पणलाई नगद २५ हजार, मुहारचित्र र सम्मानपत्रले सम्मानित समेत गरिने कार्यक्रम रहेको छ । समग्र कार्यक्रमका लागि नगरपालिका कार्यालयको ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । २०७५ मा नगरपालिकाको उपसमितिका रुपमा गठित समितिले साहित्य र कलाका गतिवधि वर्षेनी सञ्चालन गर्दै आएको समितिका अध्यक्ष धनराज राई अमीरले जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा

यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते

एजेन्सी , असोज ३०। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा

पार्टी नेताको निजी सम्पत्ति होइन, नागरिकको साझा संस्था हो : गगन थापा

काठमाडौं,३० असोज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ । पार्टीलाई

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ

यमनमा क्षेप्यास्त्र प्रहार, पाँच जनाको मृत्यु

एजेन्सी। इरान समर्थित हुथी विद्रोहीले बिहीबार यमनको अदेन सहरस्थित राष्ट्रपति भवन ‘अल मासिक प्यालेस’लाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । हुथीले पाँचवटा ब्यालिस्टिक क्षेप्यास्त्र