प्रमुख कृषि क्षेत्रकाे याे हविगत

अझै तरकारीमा आत्मनिर्भर बन्न सकेन दमक

दमक नगरको स्थानीय उत्पादनलाई बजारमा प्रतिष्पर्धी बनाउन र प्रभाबकारी नीति निर्माणबिना पूर्ण आत्मनिर्भरता हासिल गर्न चुनौतीपूर्ण देखिदै गएको छ ।

दमक,१६ जेठ । दमक नगरपालिका झापाको एक प्रमुख कृषि क्षेत्रको रूपमा परिचित छ । यहाँका कृषक सागसब्जी उत्पादनमा सकृय छन् । नगरपालिकाले आत्मनिर्भरता हासिल गर्न विविध कार्यक्रम र सहुलियत दिइरहेको छ । तर, अझै पनि केही प्रमुख तरकारीका लागि दमक बाहिरका बजार या त भारतीय बजारमै निर्भर रहनुपर्ने बाध्यता उस्तै छ ।

 

दमक ६ स्थित नयाँ सब्जीमा बिगत लामो समयदेखि तरकारी ब्यबसाय सञ्चालन गर्दै आउँनुभएका मोहन भट्टराई अधिकांश तरकारी दमक बाहिरबाट आउने गरेको बताउनुहुन्छ । भट्टराईका अनुसार यहाँ छिमेकी पहाडी जिल्ला ईलाम, उत्तरी मोरङ र धेरै मात्रामा सुनसरीबाट आयत हुने गरेका छन् ।

 

 

त्यस्तै दमकमै तरकारी ब्यबसायमा कार्यरत रेवती पराजुलीले दमकमा उत्पादन भएका तरकारी सिजनमा एकदेखि २ महिना मात्र बजारमा उपलब्ध हुने गरेको र अधिकांश तरकारीका लागि भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

तरकारी बजार ब्यबस्थापन समिति दमकका अध्यक्ष कुमार श्रेष्ठले दमकमा उत्पादन हुने तरकारीले बजार पाएपनि मूल्य नपाउने गरेको गुनासो आउने गरेको बताउनुभयो । उहाँले बजारमा आउने तरकारी भारतबाट आउने भएतापनि कति मात्रामा आउछ त्यसको यकिन तथ्याङ्क आफूहरुले राख्ने नगरेको उहाँको भनाई छ ।

 

त्यसो त संघीयताको कार्यान्वयनसंगै स्थानीय सरकारमा कृषि शाखा छुट्टै छ । तर बजारमा स्थानीय क्षेत्रमा कति उत्पादन भए त्यसको तथ्याङ्क भने राख्ने काम नभएको कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईको भनाई छ । तरकारी बजार ब्यवस्थापन समितिसंग समन्वय हुन नसक्नु र जनशक्ति अभाबले पनि तथ्याङ्क राख्न कठिनाई भएको उहाको भनाई छ ।

 

दमक नगरले तरकारीमा आत्मनिर्भरता हासिल गर्न पहल जारी राखेको छ, तर स्थानीय उत्पादनलाई बजारमा प्रतिष्पर्धी बनाउँने, तथ्यांक व्यवस्थापन र प्रभाबकारी नीति निर्माणबिना पूर्ण आत्मनिर्भरता हासिल गर्न चुनौतीपूर्ण देखिन्छ ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०