नारी सञ्चारगृहको ‘छलाङ’

एक लाखको सपना देखेर सुरु गरेको अक्षयकोषमा ५० लाख नाघ्यो

अव यही कोषबाट समस्यामा परेका पत्रकार महिलाले राहत पाउनेछन् । मिडियाहाउसहरु वन्द भएर अफ्ठ्यारो झेल्नुपरेका पत्रकार महिलाले लेखनवृत्तिको माध्ययबाटै भए पनि साथ पाउनेछन् । अनि हरेक वर्ष दिइने पुरस्कारले पत्रकार महिलाको आत्मसम्मान पक्कै बढ्ने छ ।

विर्तामोड, २५ जेठ । आइतवार विर्तामोडको सिद्धार्थ होटलबाट झापाली पत्रकार महिलाले एउटा बेजोडको खबर सार्वजनिक गरे । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर सुनाइएको त्यो खबर झट्ट सुन्दा आश्चर्यलाग्दोे पनि छ ।

संस्था खडा भएको चानचुन १२ वर्षमै नारी सञ्चारगृह झापाको अक्षयकोषमा ५० लाख जम्मा भइसकेको छ । आइतवार विर्तामोडमा आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष रेजिना गौतमले सगर्व यो घोषणा गर्नुभयो । कोषमा सहयोग गर्ने दाताहरु अझै थपिंदैछन् । त्यसैले यो कोष यतिमै रोकिंदैन भनेर प्रष्टैसँग भन्न सकिन्छ ।

अव यही कोषबाट समस्यामा परेका पत्रकार महिलाले राहत पाउनेछन् । मिडियाहाउसहरु वन्द भएर अफ्ठ्यारो झेल्नुपरेका पत्रकार महिलाले लेखनवृत्तिको माध्ययबाटै भए पनि साथ पाउनेछन् । अनि हरेक वर्ष दिइने पुरस्कारले पत्रकार महिलाको आत्मसम्मान पक्कै बढ्ने छ ।
सञ्चारगृहले एक लाख राशीको साधना पत्रकारिता पुरस्कार र २५ हजार राशीको नारी सञ्चार प्रोत्साहन पत्रकारिता पुरस्कार स्थापना गरेको छ । दुबै पुरस्कार हरेक दुई वर्षमा वितरण हुन्छ ।

२०६८ सालमा यो संस्था सुरु गर्दा पत्रकारितामा मुस्किलले १२÷ १४ जना महिला देखिन्थे । संस्थापक अध्यक्ष सावित्रा दाहाल सम्झनुहुन्छ— ‘त्यसताका झापामा पत्रकार महिलालाई कुनै अवसर थिएन । महासंघको नेतृत्व होस् या पत्रकारितासम्बन्धी पुरस्कारमा पत्रकार महिलाको भागै लाग्दैनथ्यो ।’

पक्कै पनि पेशागत संघ–संस्थाहरुमा पुरुषकै हालीमुहाली चल्ने समयले पत्रकार महिलामा संगठित हुनैपर्ने चेत आएको यसका संस्थापकहरु स्वीकार्छन् । सिनियर र नेता भनिने पत्रकारहरुबाटै किनारामा पारिएका महिला पत्रकारहरुको दृढ अठोटले जन्मिएको हो— नारी सञ्चारगृह । यसको जन्मसँगै पत्रकार महिलाले आफ्नै दरिलो संगठन पाएको महसुस गरेका छन् ।

 

अहिले समयले निकै कोल्टे फेरिसक्यो । नारी सञ्चारगृहमा अहिले ५० जना पत्रकार आवद्ध भइसकेका छन् । सबैजसो सञ्चारकर्ममा सक्रिय छन् । केहीले त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मिडियाहाउसको समेत नेतृत्व गरिराखेका छन् । पत्रकार महिलाको यो सफलतामा कतै न कतै नारी सञ्चारगृहको योगदान पक्कै छ ।

संस्थाका पूर्व अध्यक्ष अम्बिका भण्डारी– ‘महिलालाई पत्रकारिता सिकाउन र पेशामा टिकाउनकै लागि पनि नारी सञ्चारगृह खडा गरिएको’ बताउनुहुन्छ । २०७४ देखि ७७ सम्मको कार्यकाल संस्थाको नेतृत्व गर्नुभएकी भण्डारीले यो कोषको जग राख्नुभएको थियो । कोषमा २५ लाख पु¥याउने अठोटसहित भण्डारी नेतृत्वले थालेको अभियानले १२ लाख जम्मा ग¥यो । त्यो लक्ष्य भने भीमा शिवाकोटी नेतृत्वले पूरा गरेको भण्डारी बताउनुहुन्छ ।

त्यसो संस्थापक अध्यक्ष दाहालले पनि एक लाख रुपैयाँको कोष खडा गर्ने बाचा गर्नुभएको थियो । ‘त्यस बेला स्थानीय तहहरुमा पनि अहिलेजस्तो वजेट थिएन, त्यही भएर सानो कोषको कल्पना गरियो’—दाहाल भन्नुहुन्छ ।

यति छोटो समयमै यति ठूलो रकमको अक्षयकोष कसरी सम्भव भयो त ? संस्थापक अध्यक्ष दाहालको भनाइमा ‘ नेतृत्व पारदर्शी भयो र संस्थाका सबै सदस्यमा एकता भयो भने जस्तै अफ्ठ्यारा काम पनि पूरा हुने रहेछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका