भवन उद्घाटन

  बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन

 

इनरुवा  बर्जु गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ ।  प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले उक्त भवनको उद्घाटन गरेका हुन् ।

गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी रायका साथै वडाध्यक्षलगायतका जनप्रतिनिधिको उपस्थितिमा मन्त्री कार्कीले गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरे । ९९ लाख ७१ हजार ९ सय ८ रुपैयाँ लागतमा निर्माण सम्पन्न एकतले पक्की भवनमा हलसहित ७ वटा कोठा रहेको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत चौधरीका अनुसार नवनिर्मित भवन उत्तरा कन्स्ट्रक्सन एण्ड सप्लायर्स कटहरी मोरङले निर्माण गरेको हो । भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाको लागि जग्गा उपलब्ध गराउने राधेश्याम चौधरी, रोमी शर्मा र विनादेवी यादवलगायतलाई सम्मान गरिएको चौधरीले बताए ।

दुई तले भवन निर्माणको योजना रहे पनि तत्कालको लागि एक तले संरचना निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । भवन उद्घाटनसँगै कामकाजको तयारी थालिएकाले सेवा प्रवाह सहज र सरल हुने अध्यक्ष रघुनन्दन चौधरीले बताए ।  अध्यक्ष चौधरीले यसअघि पुरानो र साँघुरो भवनका कोठाबाट सेवा प्रवाह हुँदै आएकोमा नयाँ भवनबाट दिइने सेवाले सर्वसाधारणमा थप सहजता हुने बताए ।

यसैबीच भवनसँगै बर्जु गाउँपालिकाको कार्यालयले ९ औं गाउँसभाको समेत उद्घाटन गरेको छ । प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले गाउँसभा दुई दिन चल्ने बताए । अधिकृत चौधरीले गाउँसभामा विगतको समीक्षा र पालिकाभित्र आउँदा दिनमा सञ्चालनमा ल्याइने योजना तथा कार्यक्रमका सम्बन्धमा नीति निर्माण गरिने बताए ।

गाउँसभा तथा नवनिर्मित भवन उद्घाटन पूर्व गाउँपालिका हातामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । लायन्स क्लब अफ हेल्थ प्रोफेसनल विराटनगरले आयोजना गरेको कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए । क्लबका अध्यक्षसमेत रहेका बर्जुका प्रमुख प्रशासकीय अधिकृत चौधरीको पहलमा गाउँपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ