विद्यार्थीको दाँत परीक्षण

ओम शान्तिको विद्यालय केन्द्रित दन्त शिविर

दमक, २७ जेठ ।  पछिल्लो समय बालबालिकामा देखिएका र देखिन सक्ने दन्त सम्बन्धीका समस्याको पहिचान र त्यसलाई कसरी समाधान गर्ने भन्ने बारेमा जानकारी गराउन विभिन्न ठाउँमा दन्त शिविर सञ्चालन हुदैँ आएका छन् ।

 

शरीरको अन्य भागको जस्तै दाँतको पनि निकै महत्व हुन्छ । तर, पर्याप्त ज्ञान र चेतनाको अभाबले गर्दा अहिले दन्त सम्बन्धी समस्या बढ्दो छ ,विशेष गरि बालबालिकामा ।

 

यसै विषयलाई मध्यनजर गर्दै झापाको दमकमा रहेको ग्लोबल एजुकेशनल एकेडेमीले सोमबार एकदिने निशुल्क दन्त शिविर आयोजना ग¥यो । ऊँ शान्ति डेन्टल केयरको प्राविधिक सहयोगमा सम्पन्न भएको सो शिविरमा १ देखि १० सम्मको १३०० जना विद्यार्थीको दन्त परीक्षण  गरिएको थियो ।

 

ग्लोबल एजुकेशनल एकेडेमीमा अध्यनरत कक्षा ९ की छात्रा सुस्मिता भट्टराई, यो दन्त शिविरले गर्दा आफ्नो दाँतमा भएका समस्याको बारेमा थाहा भएको र त्यसको ध्यान कसरी गर्न सकिन्छ भन्ने बारेमा बुझेको भन्दै यसरी अस्पताल नै नगई आफ्नै विद्यालयभित्र निशुल्क दन्त परीक्षण  गरेकोमा विद्यालय र ऊँ शान्ति डेन्टल प्रति धन्यवाद व्यक्त गर्नुहुन्छ ।

 

शिविरमा सेवा दिन आउनुभएकी ऊँ शान्ती डेन्टलमा कार्यरत डा. शायरा ढकालले बालबालिकालाई दाँतको स्याहार कसरी गर्ने र दाँत स्वस्थ्य राख्न विद्यार्थीहरुलाई सिकाएको बताउनुभयो ।

 

 

सरकारी तथा बोर्डिङ स्कुलमा यस खाले शिविर गर्दै आएको र आगामी दिनमा पनि विद्यालयहरुसँग सहकार्य गर्दै जाने ऊँ शान्ति डेन्टलका सञ्चालक कमल प्रसाद गैरेले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यपक गुणराज अधिकारीले बालबालिकामा देखिएका साना साना समस्याको प्राथमिक उपचारका साथै भविष्यमा देखा पर्ने समस्याका बारेमा पनि ज्ञान पाएका बताउनुभयो ।

 

विद्यालयमा हुने यस किसिमको शिविरले बालबालिकाको स्वास्थ्य संगसंगै उनीहरुमा देखापर्ने समस्यामा पनि चेतना आउने विद्यालयले विश्वास लिएको छ ।

https://www.facebook.com/share/v/12Lc7PXHiET/

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका