बजार अनुगमनकाे खाँचाे

दमक बजारमा बेच्न राखिएका सबै आँप विषादीमुक्त छन् त ?

दमक,  ४ असार।   फलफूल खानु स्वास्थ्यका लागि लाभदायी मानिन्छ । अझ मौसम अनुसारको फलफूलबाट त झन् हामीलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । तर प्राकृतिक रुपमा नपाकेका फलफूल खाँदा त्यसले स्वास्थ्यमा विभिन्न किसिमका नकारात्मक असर पार्दछ । अहिले फलफूलको राजा मानिने आँपको सिजन हो । बजारभरि हेर्दा पहेँलो, हेर्दै रहर लाग्दो अनि खाउँखाउँ लाग्ने खालको आँपहरु प्रशस्त देख्न सकिन्छ । तर, के ती आँप प्राकृतिक रुपमै पाकेका हुन् त ?

 

 

अहिले आँपको सिजन छ । दमकमा पनि बजारभरि नै आँप देखिन्छ । तर के ति आँपहरु विषादीमुक्त छन् त ? दमकका बिभिन्न स्थानमा बेच्न राखिएका आँपहरु कुनै भारतबाट निर्यात भएका हुन, कुनै नेपाल भित्रैका अरु ठाउँबाट निर्यात भएका हुन् त कुनै स्थानीयले आफै उत्पादन गरेर आफै बेच्न ल्याएका हुन् । फलफूल पसलहरुमा आँप किन्न उपभोक्ताहरुको भिड देखिन्छ । बजारमा विषादीयुक्त आँपहरु आएका छन् भन्ने सुनेको तर कुन आँप खान योग्य छन्, कुन हानिकारक छन् भन्ने छुट्याउन नसकेको उपभोक्ताहरुको गुनाशो छ ।

 

 

नगरपालिकाले हरेक २—३ दिनमा बजार अनुगमन गर्ने गरेको र आफ्नो पसलमा यति बेलाको आँप नेपालभित्रकै रहेको बताउनुहुन्छ भट्टराई फलफूल पसलका फलफूल व्यवसायी शिव भट्टराई ।

 

केही दिनअघि सिजनभन्दा अघिनै अप्राकृतिक रुपमा विषादी प्रयोग गरि पकाएका आँप निर्यात भएको र त्यही क्रासले गर्दा अहिले सिजनको प्राकृतिक रुपमा पाकेको आँपलाई लिएर पनि उपभोक्तामा क्रास र शका फैलिएको हुन सक्ने भनाइ छ दमकका फलफूल व्यवसायी हेमराज अधिकारीको ।

 

बजारमा कस्ता प्रकृतीका आपहरु बिक्री भईरहेका छन् त भन्ने बिषयमा उपभोक्तामा अन्योल छाईरहेका बेला अनुगमनको जिम्मा पाएको निकायचाहिँ के गरेर बसिरहेको छ त ?

 

बजारमा बिभिन्न प्रकृतीका आपहरु छ्याप्छ्याप्ती छन् । यत्रतत्र अहिले आँप बेच्न राखिएको पाईन्छ । तर, उपभोक्ताले बिषादीरहित आँप हो या होईन भन्ने आफै छुट्याउन सक्ने आधारपनि छैन । त्यसैले अनुमगनकारी निकायले उपभोक्ताको स्वास्थ्यमा खेलबाड भएको छ कि भनेर बजार अनुमगनलाई मौसमी भन्दापनि नियमित बनाउन आवश्यक देखिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा