निर्माणाधीन सडकले निम्त्याएको समस्या

वर्षायाममा एसियन हाईवेमा यातायात सहज कसरी बन्ला ?

तीन वर्षमा निर्माण सक्नुपर्ने सम्झौता, १५ महिनामा २३ प्रतिशत मात्र काम

दमक, ४ असार / सडक सञ्जालबाट एसियाली राष्ट्रहरूलाई जोड्ने उद्देश्यका साथ निर्माण थालिएको ‘एसियन हाइवे’को काम धमाधम भइरहेको छ ।

 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत एसियन हाइवे निर्माण तीब्र गतिमा सञ्चालन भइरहेको छ । पूर्वको झापास्थित काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलो मिटरमध्ये अहिले ९५ दशमलब ७६ किलोमिटरमा कालोपत्रेको कार्य अघि बढ्दैछ । तर वर्षायाममा सडक निर्माण र यसको स्तरोेन्नति साथै यातायात आवागमनलाई कसरी सहज बनाउने भन्ने बिषयमा दमकमा सरोकारवालाबीच छलफल गरिएको छ ।

 

एसियाली विकास बैंकको युएसडी ३०० मिलियन तथा नेपाल सरकारको युएसडी ६२.४७ मिलियनको लागतमा एसियन हाइवेसँग जोडिएको सो क्षेत्रमा ३ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको १५ महिनामा करिब २३ प्रतिशत मात्रै काम सकिएको छ । निर्माणको कामले निरन्तरता पाए पनि लक्ष्यले गति लिन सकिरहेको छैन भने वर्षाको समयमा स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको खण्डमा बनाइएका डाईभर्सनहरु बगाएका छन् भने त्यसबाट दुर्घटना पनि उत्तिकै बढिरहेका छन् । सडक निर्माणका समयमा यात्रुहरुले समस्या पनि उत्तिकै भोगिरहेका छन् । सोहि विषयलाई मध्यनजर गर्दै सडक निर्माणको प्रगति र आईपर्न सक्ने समस्याका सन्दर्भमा छलफल अघि बढाइयो ।

 

सडक स्तरोन्नतीको कार्य प्रगतिको अवस्था मनसुनजन्य बिपतको समयमा अवरोध हुन नदिन भइरहेको प्रयास र सडक दुर्घटना न्यूनीकरण गर्न अबलम्बन गर्नुपर्ने उपायका बारेमा झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहितका सरोकारवालाहरुले उपाय अपनाउने बताएका छन् । छलफलमा जिल्लामा भएका सुरक्षाका प्रमुख, ट्राफिक प्रहरी, आयोजना कार्यालयका प्रमुख र सरोकारवालहरु सम्मिलित छलफलमा सहभागिले सडक स्तरोन्नतीका क्रममा आफ्‌नो तर्फबाट भएका प्रयास र आगामी दिनमा गर्ने रणनीतिका विषयमा जानकारी गराएका थिए । छलफलपछि प्रतिक्रिया दिदै निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रतिनिधि उज्वल प्रसाईले सडक निर्माणको कार्यले तीब्रता पाएकाले समयमा नै काम सम्पन्न गर्ने दावी गर्नुभयो ।

 

आयोजना अन्तर्गत पूर्वीखण्डका प्रमुख सुनिलबाबु पन्तले अहिले पुल र कल्भर्ट सहितको काम २० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो ।

 

सडकको अवस्था र डाईभर्सनका कारण पछिल्लो समय दुर्घटना पनि बढिरहेको छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको भूमिका अझ सक्रिय र व्यवस्थित हुने झापाका ट्राफिक प्रहरी प्रमुख गणेश पौडेलको भनाई छ ।

 

एकातर्फ सडक निर्माण कार्य सक्न समय लागिरहेको र अर्कोतर्फ यात्रुहरुलाई जोखिम पनि उत्तिकै बढिरहेको अवस्था छ । यस्तोमा जिल्ला प्रशासन कार्यालयले यस अघिनै पटक/पटक निर्माण व्यवसायी र आयोजना प्रमुखहरुलाई समस्या आउन नदिन निर्देशन दिएको झापाका प्रमुख जिल्ला अधिकारी अधिकारी बताउँनुहुन्छ ।

 

एसियन हाइवे थाइल्यान्डको बैंककबाट सुरू भई म्यान्मार, बङ्गलादेश, भारत हुँदै नेपालको काँकडभिट्टाबाट पूर्व–पश्चिम राजमार्ग भएर भारतको दिल्लीबाट पाकिस्तानको कराँचीसम्म पुग्नेछ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एशियाली विकास बैंकको आर्थिक सहयोगमा गत माघ १९ गतेदेखि सडक निर्माण कार्य सुरू भएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०