महिला तथा बालबालिका अभिमुखीकरण कार्यक्रम

पथरी, ९ असार / मोरङको पथरी शनिश्चरे नगरको १ नम्बर वडा कार्यालयको आयोजनामा महिला तथा बालबालिका अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

सोमबार नगरपालिकाको सभाहलमा ४० जना बढी छात्रछात्राहरुको सहभागितामाझ कार्यक्रम सम्पन्न भएको हो ।
वडाध्यक्ष भीमकुमार राईले बालबालिका राष्ट्रको भविष्य भएको बताउँदै १८ वर्ष मुनिका बालबालिका तथा किशोर –किशोरीहरुले आफ्नो अधिकारबारे जानकारी राख्न पनि उहाँले अनुरोध गर्नुभयो ।

 

महिला तथा बालबालिका शाखाकी प्रमुख गीता कट्टेलले वडा भित्रका विभिन्न ६ वटा विद्यालयका विद्यार्थीमाझ महिलामाथि दुर्व्यवहार, हिंसा, चेलीवेटी बेचविखन, यस्ता विषयहरूमा सजग रहनुपर्छ भन्दै सहजीकरण गर्नुभएको थियो । यसैगरी, राजस्व शाखाका अधिकृत ताराप्रसाद ढकालले पनि राष्ट्रसङ्घले सन् १९८९ मा जारी गरेको महासन्धि अनुसार बालबालिकाका अधिकार सम्बन्धी प्रावधानहरू प्रष्ट पार्नुभएको थियो ।
मनिता थापाले कार्यक्रमको सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको कार्यक्रममा नगर सञ्जालको अध्यक्ष मुरारी खनालको पनि उपस्थिति रहेको थियो ।

 

वडा तथा नगरस्तरीय बाल क्लबको गठन विस्तार सम्बन्धमा पनि कार्यक्रममा अन्तर्क्रिया भएको थियो ।
बालबालिका सम्बन्धी सामुदायिक विद्यालयतर्फ पञ्चायत माध्यमिक विद्यालय र सुनाखरी माध्यमिक विद्यालयबाट पाँच– पाँच जना विद्यार्थीहरू र संस्थागत विद्यालयका तर्फबाट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालय र अन्नपूर्ण अङ्ग्रेजी माध्यमिक विद्यालय, भुपू सैनिक अंग्रेजी विद्यालय, न्यू प्योगोडा अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । शिक्षक प्रतिनिधिहरूमा अन्नपूर्ण माविका प्रिन्सिपल भूमिप्रसाद पाठक, एभरेष्ट अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रतिनिधि हेमन्त सापकोटा, सुनाखरी माविबाट बलराम तिम्सिना, न्यू प्योगोडा माविका दुर्गा तिम्सिना र भूपू सैनिक बोर्डिङ स्कुलका भीमराज अधिकारी सहितको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण