सडक नाटकमार्फत् जनतेतना

‘छोरा खोजौं’ : नाटकको मञ्चबाट लागूपदार्थविरुद्ध आवाज उठाउँदै भद्रपुरका युवा

लागूऔषधको चक्करमा भासिएका युवाहरू कसरी आफन्त, अभिभावक, विद्यालय, र समुदायलाई बिथोल्छन् भन्ने कुरालाई गहिरो रूपमा छुन सफल छ यो सडक नाटक ।

भद्रपुर, १२ असार । सधैं कापी किताब र कक्षाकोठाबीच सीमित भद्रपुरको एमरेल्ड एकेडेमीका विद्यार्थीहरू विहीवार केही फरक अनुभूति गरिरहेका थिए  । स्कुलको चउरमा भेला भएका उनीहरुका साथमा न कापीकिताबको भारी थियो, न त नियमित अनुशासनका घण्टी सुनिएका थिए । त्यहाँ त एउटा पीडादायी यथार्थ मञ्चन भइरहेको थियो— ‘छोरा खोजौं’ भन्ने चेतनामूलक सडक नाटकमार्फत् ।

 

घाम तातिएको थियो, तर त्योभन्दा बढी तातिएको थियो दर्शकको मन । लागूऔषध दुर्व्यसनकाे कुहिरोमा हराइरहेका छोराको खोजीमा निस्किएका बाबुआमाको पीडा र समाजको लाचारी प्रस्तुत गर्ने यो नाटकले युवामाझ मात्र होइन, जनप्रतिनिधिदेखि शिक्षकसम्म सबैलाई चुप लाग्न बाध्य बनायो ।

सडक नाटक ‘छोरा खोजौं’ को कथा हाम्रो समाजकै एक सजीव चित्र हो । लागूऔषधको चक्करमा भासिएका युवाहरू कसरी आफन्त, अभिभावक, विद्यालय, र समुदायलाई बिथोल्छन् भन्ने कुरालाई गहिरो रूपमा छुन सफल छ यो सडक नाटक ।

 

स्थानीय युवा कलाकार कृष्ण अनमोलको लेखन तथा निर्देशनमा तयार गरिएको नाटकमा आरोग्य तिम्सिना एकजना पीडित बाबुको भूमिकामा छन्, जसले आफ्नो सन्तानलाई लागूपदार्थले बिगार्दा भोग्नुपरेको असहायताको भूमिका निभाउँछन् ।

प्रतीक लम्साल, नवीन तिम्सिना, जेनिशा पौडेल, रिदीप अधिकारी, सन्दर्भ तिम्सिना, श्रेया अधिकारी र आयुषा सिवा जस्ता उदीयमान कलाकारहरूले प्रस्तुत गरको यो नाटक अभिनयमात्र होइन, भावनाको पूर्ण विस्फोट थियो ।

भद्रपुर युवा परिषद्का संयोजक तथा नाटकका कलाकार आरोग्य तिम्सिना भन्नुहुन्छ ‘हामी नाटक खेल्न होइन, समाजलाई आँखा खोल्न आएको हौं । यो हाम्रो व्यक्तिगत जिम्मेवारी हो, किनकि लागूऔषधको पहिलो मार युवाले नै खेपिरहेका छन् ।’

छोरा खोजौं’ यसअघि नै चन्द्रगढी बजार र भद्रपुरका सार्वजनिक स्थानहरूमा प्रदर्शन भइसकेको छ । हरेक पटक नाटकको अन्त्यपछि दर्शक मौन हुन्छन् —तर त्यो मौनतासँगै चेतनाको बोध पनि हुने गर्छ  ।

नगर प्रमुख गणेश पोखरेल भन्नुहुन्छ ‘ यस्तो सशक्त प्रस्तुति देख्दा लाग्छ, हाम्रो युवापुस्तामा चेतनाको ज्योति बल्न थालेको छ । यस्तो अभियानले स्कूले बालबालिकामा लागूपदार्थप्रतिको नकारात्मक धारणा बलियो बनाउँछ ।’

सडक नाटक केवल मनोरञ्जनको माध्यम होइन, सामाजिक परिवर्तनको सारथी हो भन्ने कुरा भद्रपुरका युवाले प्रमाणित गरेका छन् ।

 

‘छोरा खोजौं’ एउटा चेतनामूलक अभियान हो, जसले हामी सबैलाई लागूपदार्थ दुव्र्यसनजस्तो समाजको क्यान्सरसँग लड्ने हिम्मत दिन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका