नाटक

सरकार प्रमुखकै पनि फायल घुम्दै वर्षौं वित्यो : ‘आयोजना नम्बर १६०’

दमक, १५ असार / सरकारी कार्यालयको कुनै काम अझै पनि सहज बन्न सकेको छैन । एउटा सामान्य मानिस आफ्‌नो फायल बोकेर वर्षौं भौंतारिइरहेको अवस्था अझै विद्यमान छ । यस्तै विषयवस्तुलाई गतिलो रुपमा चरितार्थ पारेको छ नाटक ‘आयोजना नम्बर १६०’ ले ।

 

रंगमञ्चका गतिविधिमा पूर्वमा सक्रिय दमकको ‘कदम थिएटर’ले असार ५ देखि १५ गतेसम्म यही नाटक आफ्‌नो नाटकघरमा टिकटमा मञ्चन गरेर कार्यालयीय बेथितीको भण्डाफोर गरेको छ । कार्यालयको पृष्ठभूमिमा ‘सुशासन भवन’ लेखिएको र गतिविधि चाँहि ‘कुशासन’मा कसरी केन्द्रित पारिन्छ भन्ने बुझाउन टेलर सरहको प्रोमो समेत तयार पारिएको थियो ।

 

हुनत यो कथा भारतका नाटककार अजय शुक्लाको ‘ताजमहलका टेण्डर’बाट नविन भण्डारीले नेपाली रुपान्तरण गर्नुभएको हो । भारतको केही अघिको सन्दर्भसँग जोडिएको कथा भएपनि अहिले भारत, नेपालसहितका केही देशमा भ्रष्टाचारयुक्त व्यवहारबाट जनजीवन मुक्त बन्न नसकिरहेको परिवेश समसामयिक लाग्छ ।

 

अरुको भरमा थेगिएको पिलन्धरे सरकार ढल्दा पनि फाइदा लिने पक्षले अर्को सरकार खडा गरेको देखिन्छ । यतिसम्मकी सरकार प्रमुखको आडमा कर्मचारीहरुले योजनाहरु प्राप्त गर्छन् । योजना विथोल्न जो जो आएपनि सबैलाई उही पैसाले चित्त बुझाएर पठाउँछन् र आफ्‌नो योजनाको गति रोकिन दिँदैनन् । हुँदै जाँदा तिनै प्रमुखहरुलाई समेत अल्याङटल्याङ पारेर ठेकेदारसँग मिल्दै कर्मचारीले कसरी आफ्‌नो दुनो सोझ्याउन सफल हुँदा रहेछन् भन्ने परिदृष्य नाटकले झल्काएको थिएटरका कला निर्देशक एवम् सो नाटकका संयोजक सिजन दाहालले उजागर गर्नुभयो । ‘अहिले पनि (लोकतान्त्रिक गणतन्त्रमा) सर्वसाधारणले काम गर्न जाँदा कति दिनसम्म फायल घुमिरहन्छ होला ? अनि भौतिक निर्माणको काम आर्थिक वर्ष सकिनलाग्दा हतार हतारमा लतरपतर गर्नाले कत्तिको गुणस्तर र जिम्मेवार काम होला ? यिनै सर्वसाधारणको भोगाइ हो यो नाटक ।’ उहाँले भन्नुभयो ।

 

कदम थिएटरमा निर्देशन सिकेका १० जना नाट्यकर्मीले संयुक्त निर्देशनमा नाटक तयार पारे र आफैं अभिनय गरेर प्रभावकारी प्रस्तुति दिए । जसमा हुनुहुन्छ नविन भण्डारी, बुङ छेङ, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंग क्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेल । नाटकको एक दिनको शो चाँहि आविष्कार केन्द्रका सञ्चालक वैज्ञानिक डा. महावीर पुनको अभियानमा सहयोगार्थ सञ्चालन भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेदो पन्छाउँदै, सामान जोगाउँदै स्थानीय

काठमाडौँ ,भदौ १३ । भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण धादिङको बैरेनी बजारका घरहरू क्षतिग्रस्त भएका छन्। बाढी साम्य भएपछि पीडित स्थानीयहरू घरभित्र जमेको

मेला जाँदै गरेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, ३३ घाइते

झापा, भदौ १३ । खोटाङमा ठूलो संख्यामा ट्रयाक्टरमा चढेर मेला हेर्न जाँदै गर्दा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्

विदेशी पत्रकारलाई बाढी रिपोर्टिङमा अनुमति झन्झट

काठमाडौं ,भदौ १३ । रसुवाको भोटेकोशीमा आएको विनशकारी बाढीको समाचार संकलन अर्थात रिपोर्टिङमा आएका विदेशी संचारमाध्यम र संचारकर्मीहरुलाई प्रदान गरिने प्रेस प्रतिनिधि अनुमति पत्र लिन

रसुवा बाढीमा हराएका पाँच युवा खोज्दै चितवन पुगे पाँच परिवार

चितवन,१३ भदौ । वीरगन्ज महानगरपालिका–२२, जगरनाथपुरको एकै टोलका ५ परिवार हिजो शुक्रबारदेखि भरतपुरमा छन्।एकै टोलका पाँच युवा रसुवा बाढीमा हराएपछि उनीहरू भेटिन्छन् कि भनेर उनीहरू

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार तीव्र, ८२ जना खटिए

काठमाडौँ , भदौ १३ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही

रसुवा पुगेका सुजन सम्पर्कविहीन, परिवार मोबाइलको घण्टीको पर्खाइमा

बुटवल , भदौ १३ । ‘आज सामान नाका पास हुन्छ, त्यसपछि ट्रक लिएर आउँछु।’भदौ ९ गते राति श्रीमती सुस्मा श्रेष्ठसँग फोनमा कुरा गर्दा २७ वर्षीय