एसईईमा हिमालय माविमा ९१ प्रतिशत उत्तीर्ण

दमक, १७ असार / पछिल्लो समय सामुदायिक विद्यालयमा पढाई र नतिजालाई लिएर बिभिन्न टिकाटिप्पणी भइरहेका छन् । यस्तोमा झापा दमकको सबैभन्दा बढी विद्यार्थी भएको एक सामुदायिक विद्यालय हिमालय माविले भने त्यो भ्रमलाई चिर्ने प्रयास गरेको छ ।

 

 

भर्खरै सम्पन्न माध्यमिक परीक्षा एसईईमा विद्यालयले ९१ प्रतिशत नतिजा प्राप्त गरेको छ । विद्यालयका तर्फबाट सहभागि भएका ३४१ जना विद्यार्थीहरुमध्ये ३१० जना विद्यार्थी उतिर्ण भएका हुन् । तीमध्ये २ जनाले ४ जीपीए, ५० जनाले ३.६ ए प्लस, १०२ जनाले ए, ११९ जनाले बी प्लस, ३६ जनाले सी प्लस र १ जनाले सी ग्रेड प्राप्त गरेका हुन् ।

 

विद्यालयका प्रध्यानाध्यापक द्रोण श्रेष्ठले विद्यालयको अथक प्रयास र विद्यार्थीहरुको मेहनतले यो नतिजा हासिल गरेको बताउनुभयो । दुई वर्ष अघिसम्मको एसईईमा हिमालयले शत प्रतिशत नतिजा निकाल्ने गरेको थियो ।

 

 

नगरमा नै रहेका सस्थागत विद्यालयमा समेत उत्कृष्ट नतिजा प्राप्त नहुँदा सामुदायिक विद्यालयको यो नतिजालाई सकारात्मक रुपमा लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका