धारिलो हतियार प्रहारबाट

गर्धन र टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक जना पक्राउ

 

 

 

काठमाडौं धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७, का ४८ वर्षीय मिलन खत्री छन्।

उनले नुवाकोटको विदुर नगरपालिका–१, का २२ वर्षीय विकास आचार्यलाई गर्धन र टाउकोमा धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरू दुवैजना ठूलो भर्‍याङस्थित धर्म राउतले सञ्चालन गरेको फलामको ग्रिल कारखानामा कार्यरत थिए। खत्री र आचार्यबीच गएराति साढे ९ बजेतिर विवाद भएको थियो। मदिरा समेत सेवन गरेका उनीहरूबीच विवाद हुँदा आचार्यले अश्लील गालीगलौज गरेपछि खत्रीले  बिँड नभएको फलामको चक्कु र फलामको पत्ता जडान भएको बञ्चरोले आचार्यको गर्धन र टाउकोमा हानेको प्रहरीले जनाएको छ।

धारिलो हतियार प्रहारबाट सख्त घाइते भएका आचार्यलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पतालमा लगिएकोमा त्यहाँबाट थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रेफर गरिएको थियो। उनको अहिले ट्रमा सेन्टरमा उपचार चलिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी दिनेश राज मैनालीले बताए।

घटनामा संलग्न रहेको आरोपमा खत्रीलाई महानगरीय प्रहरी बृत्त, स्वयम्भूबाट खटिएको प्रहरीले नियन्त्रणमा लिई ‘ज्यान मार्ने उद्योग’कसूरमा थप अनुसन्धान भइरहेको मैनालीले बताए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत