सहकारीमा देशकै नमुना काम

लर्डबुद्धले दिइरहेछ ४५ जना ज्येष्ठलाई आजीवन भत्ता

पथरी शनिश्चर, २५ असार÷ सहकारी संस्थाहरुले तपाईंको समुदायमा के के काम गर्दै आएका छन् ? वचत तथा ऋणको प्रमुख काम गर्ने सहकारीले विषयत रुपमा कृषि, उद्योग, व्यवसायमा समेत लगानी गरेर व्यवसायिक प्रवद्र्धनका काम समेत गरेका होलान् । तर यी सबै कामसंगसंगै थप फरक मात्र होइन नमुना काम गरिरहेको छ मोरङको पथरी शनिश्चरे २ बुद्धचोकस्थित लर्डबुद्ध सहकारी संस्थाले ।

 

त्यो फरक र नमुना काम हो, ज्येष्ठ सदस्य आजीवन भत्ता वितरण । वि.सं.२०७४ सालबाट संस्थाले ७० वर्ष उमेर पुगेका सदस्यलाई सरकारी कार्यक्रम जस्तै तीन÷ तीन महिनामा भत्ता वितरण गरेर ज्येष्ठ नागरिकप्रति सम्मानको काम अघि बढायो । सामाजिक उत्तरदायित्व अन्तर्गत बुढेसकालको सहाराका रुपमा सहकारीले यसखाले अवधारणा बनाएको संस्थाका अध्यक्ष धनराज राई (अमीर) ले जनाउनु भयो ।

 

मासिक २ सयबाट सुरु गरिएको भत्ताको रकम ०७५ मा ४ सय, ०७६ मा ६ सय, ०७८ सम्म ७५० र ०७८ साउनदेखि ८५० रुपैंयाँका दरले वितरण भएको छ । असक्त अवस्थाकालाई घरमै भत्ता पु¥याउने गरिएको छ । भत्ता लिनेको संख्या हालसम्म ४५ रहेको संस्थाका व्यवस्थापक गणेशकुमार राईले वेलिविस्तार लगाउनु भयो ।

 

यसपटक बैशाख, जेठ र असारको भत्ता वितरण कार्य सम्पन्न भएको छ । जसमा मासिक वचत गरेको रकममध्ये ३ प्रतिशत रकम भत्ता वितरणमै जोडेर फिर्ता गर्ने समेत गरिएको छ । ४५ जनाको भत्तामा १ लाख १४ हजार ७ सय ५० र ३ प्रतिशत मासिक वचत फिर्ता रकम ४० हजार २ सय ८५ गरी पछिल्लो पटक जम्मा १ लाख ५५ हजार ३५ रुपैयाँ प्रदान भएको छ । यसखाले भत्ताबाट आफूहरुलाई ठूलो सम्मान मिलेको भन्दै भत्ता प्राप्तकर्ताहरु निकै खुसी छन् ।

 

ज्येष्ठ भत्ता प्राप्त गर्न ६० वर्ष उमेर पुगेपछि सदस्य बन्ने, लगातार नियमित रुपमा १० वर्ष मासिक वचत र कम्तिमा शेयर पुँजी १० हजार पु¥याउनु पर्ने प्रावधानको कार्यविधि बनाइएको छ । ऋण लगानी गर्दा ०.३ प्रतिशत ज्येष्ठ कोषमा जम्मा हुने व्यवस्था ज्येष्ठ भत्ता वितरणको प्रमुख आधार समेत बनाइएको शिक्षण पेसामा लामो समयदेखि आवद्ध लर्डबुद्धका सचिव महेन्द्र ढुंगानाले प्रष्ट्याउनु भयो । जसबाट ज्येष्ठ भत्ता कोषमा हालसम्म १० लाख ७६ हजार ८ सय ९७ रुपैयाँ जम्मा भएको छ ।

 

बुद्धचोक र आसपासका युवाहरु मिलेर ०५९ सालमा वचत तथा ऋण सहकारी संस्थाका रुपमा स्थानीय भुगोललाई प्रवद्र्धन गर्दै ‘लर्डबुद्ध’ नामाकरण गरे । जसले ऋण तथा वचतको क्षेत्रसहित सामाजिक अन्तरघुलनका लागि समेत महत्वपूर्ण योगदान दिन सक्यो । त्यसमध्येमा पनि ज्येष्ठ सदस्य आजीवन भत्ता कार्यक्रमले नगरलाई देश विदेशमा चिनाउन र सहकारीको सकारात्मक छाप छोड्न सफल अति प्रसंशनीय काम भएको ठान्नुहुन्छ पथरी शनिश्चरे १ का वडाअध्यक्ष भीमकुमार राई ।

 

देशमै सम्भवत ज्येष्ठ भत्ताको कार्यक्रम लर्डबुद्धले सुरुवात गरेको हुनसक्ने संस्थाको कुरा भएपनि यसको यकिन तथ्य खोज्न बाँकी छ । तथ्य खोज्ने कुरा एकठाउँमा रहेपनि लर्डबुद्धले यसैपनि नमुना काम गरेको भन्दै जिल्ला वचत संघका व्यवस्थापक केदारनाथ दुलालले संस्था सञ्चालकको नवीन सोच र व्यवहारप्रति प्रशंसा गर्नुभयो ।

 

ज्येष्ठ सदस्यको जन्मदिन घरमै गएर मनाइदिएर खुसी तुल्याउने सहकारीको अर्काे काम हो । अनि सुत्केरी सदस्यमा उपहार कार्यक्रम पनि छ । विद्यालय तहमा सहकारीको अवधारणा जगाउन प्रत्येक माघ २२ गते नगरस्तरीय मावि वत्तृत्वकला प्रतियोगिता, नगरका जेहेन्दार विद्यार्थी पुरस्कृत गर्ने र पुस २५ मा पर्ने स्थापना दिवसमा रक्तदान कार्यक्रम नियमित सञ्चालन गर्दै आएको छ । बाल सदस्य भ्रमण कार्यक्रम पनि छ । २,२ वर्षमा उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान हुँदै आएको छ । समाजमा संस्कारलाई बचाउन र नयाँ सोचतर्फ समाजलाई डो¥याउन सहकारीको भूमिका महत्वपूर्ण बनाउँदै लगिएको प्रसंग ल्याउनु भयो संहकारीका सचिव ढुंगानाले ।

 

संस्थाले ज्येष्ठ सदस्य भत्ताको कार्यक्रममा ३ महिनाको संस्थाको वित्तीय अवस्थाका बारेमा पनि जानकारी गराउँदै आएको छ । असार २० गतेसम्म २ हजार १ सय ८० महिला र १ हजार ४ सय २७ पुरुष गरी संस्थाको कुल सदस्य संख्या ३ हजार ६ सय ७ पुगेको छ ।

 

संस्थाको कुल पुँजी ३३ करोड १७ लाख ७३ हजार १ सय ५६ रुपैयाँ छ । २ करोड ७५ लाख ७९ हजार ६ सय शेयर पुँजी रहेको संस्थामा २७ करोड ८६ हजार ८ सय १९ रुपैयाँ निक्षेप संकलन भएको छ । मासिक १ सय ५० रुपैयाँ वचतबाट मात्रै हालसम्म ६ करोड ४१ लाख ८३ हजार ७ सय रुपैयाँ जम्मा हुन सकेको छ । आर्थिक मन्दीका कारण ऋण लगानी भनें २२ करोड १६ लाख ३९ हजार ९ सय १० मात्र भई तरलता आवश्यकता भन्दा बढी रहेको छ । संस्थागत कोषमा १ करोड ५३ लाख १६ हजार ८ सय ७५ रुपैयाँ जम्मा भएको छ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ