अनुशीलन

छन्द कविताबाट कथा हुँदै उपन्यासमा लम्किएकी खुसी

साहित्यबाट जीवनमा खुसी खोज्ने प्रयत्नको एउटा नाम हो ‘खगिन्द्रा खुसी’ ।

दमक २८ असार ।  हरकोही मानिससंग आफ्‌नैखाले पीडा हुन्छन् । तर त्यो पीडालाई खुसीमा परिणत गर्ने प्रयासमा लाग्यो भनें जीवन सहज बन्दै जान्छ । साहित्यबाट जीवनमा खुसी खोज्ने प्रयत्नको एउटा नाम हो ‘खगिन्द्रा खुसी’ ।

 

 

तत्कालिन खुदुनावारी ७ कुम्भिटार झापामा मोक्षादेवी र लक्ष्मीभक्त निरौलाको सात सन्तानमध्ये वि.सं. २०४२ साल असोज ८ गते जन्मलिनुभएकी खगिन्द्रादेवी निरौलाको सृजनशील मनले साहित्यमा आफूलाई ‘खुसी’ उपनामबाट चिनाएको छ ।

 

 

घरपरिवारमा अग्रजहरुबाट वाचन हुने रामायण, महाभारतसहित कृतिहरुका श्लोक सुनिराख्ने बानीले खुसीलाई लेख्न रुचि बढायो । त्यसमा पनि छन्दमा कविता लेख्ने विषय मनमा गढ्यो । पछि आएर त्यही छन्द कविता लेखन र प्रभावकारी वाचनले नै खुसीलाई स्थापित बनायो ।

 

 

स्नातकोत्तर गर्नुभएकी खुसी सञ्चारकर्मीका रुपमा समेत आफूलाई उभ्याउनु भयो । रेडियो र टेलिभिजनमा साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आफ्‌नो प्रभावको आयतन फराकिलो बनाउँदै जानु भयो । छन्दोबद्ध कविता, कथा, संस्मरण र गजल लेख्ने खुसीले पछिल्लो समय उपन्यासमा हात हालेर भुटानी शरणार्थीका कथा व्यथामा केन्द्रित ‘खुसीको गाउँ’ प्रकाशित गरेपछि उहाँको लेखनले अझ व्यापकता पाएको छ । हाल झापाको भद्रपुर ७ मा बसोबास गर्दै आउनु भएकी उहाँले यसअघि कथा संग्रह ‘आमाको डायरी’ प्रकाशित गर्नुभएको थियो ।

 

 

सुरभि साहित्य प्रतिठान काठमाडौंबाट राष्ट्रिय स्तरको कथा प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरी सुरभि लमीदेवी साहित्य सिरपा–२०७२ ले सम्मानित खुसीले कृष्ण पवित्रा उपे्रती प्रतिष्ठानबाट २०७०, सोही वर्ष साहित्य चौतारी धनमाया विमली स्मृति नव प्रतिभा पुरस्कार, देवकोटा स्मृति भवन–राधिका राया साहित्य पुरस्कार २०७३ प्राप्त गर्नुभएको छ । लेखनाथ पुस्तकालय २०७०, प्रश्रित प्रतिष्ठान नेपाल २०७१ र नमस्ते साहित्य परिषद, ओखलढुङ्गा २०७४ बाट सम्मानित बन्नु भएको छ । बृहत् दर्शन तथा साहित्य सम्मेलन रङ्गेलीसहित विभिन्न संघ संस्थाबाट प्रसंशित, पुरस्कृत र सम्मानित भइसक्नु भएको छ ।

 

 

गायनमा पनि कदम अघि बढ्दैछन् । जीवनसाथी खेमराज दाहालको प्रोत्साहनमा खुसी बन्दै लेखन यात्रामा यात्रारत खुसी लेखनाथ पुस्तकालयको कार्यवाहक अध्यक्ष र डाइनामिक ग्रुपको पूर्व अध्यक्ष रहेर सृजना क्षेत्रको विकास र प्रवद्र्धनमै आफूलाई समर्पित गरिरहनु भएको छ । उहाँसँग कार्यक्रम ‘अनुशीलन’ मा उहाँको कृति ‘खुसीको गाउँ’माथि केन्द्रित भएर भलाकुसारी गर्दै उहाँको साहित्यिक यात्रा र सृजना प्रस्तुत गरिएको छ । हेरौ भिडिओ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा