"विद्यालयलाई बस"

ढुकुरपानी माविलाई २ वटा बस, दमकको उत्तरी क्षेत्रका विद्यार्थीलाई विद्यालय आउन जान सहज हुने विस्वास

दमक/
यून एन सि आर ले दमक नगरपालिकालाई दिएको २ वटा विद्यालय बस आज ढुकुरपानी माद्यमिक विद्यालयलाई हस्तान्रतण गरिएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप प्रमुख गीत अधिकारी र वडा नं ३ का वडाध्यक्ष नबिन बरालले विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलाई बसको सम्पूणर् कागजात सहित संयूक्त हस्तान्तरण गर्नुभयो । हस्तन्तरण कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले दमकका अन्य सामुदायीक विद्यालयमा पनि आश्वयकता आधारमा बस उपलब्ध गराइने बताउनु भयो । ढुकुरपानी माविमा बस सञ्चालनको प्रभावकारिता हेरेर अन्य विद्यालयलाई पनि दिइने उहाँको भनाई थियो ।

नगरको शिक्षा समिती अध्यक्ष तथा उप प्रमुख गीता अधिकारीले यो बसले दमकको उत्तरी क्षेत्रका बालबालिकालाई यो बसले विद्यालय आउन जान मद्यत पुग्ने विस्वास व्यक्त गर्नुभयो । ढुकुरपानी माविमा भुटनी शरणार्थी विद्यार्थी पनि अध्ययनरत रहेकोले उनीहरुलई समेत सहज होस भनेर यू एन एच सिआरले विद्यालयलाई बस दिएको उप प्रमुख अधिकारीले बताउनु भयो ।

बस हस्तान्तरणपछि बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले विद्यालयले बस प्राप्त गर्नु खुसी भएपनि अव यसको सञ्चालनको सम्पूणर् दायीत्व विद्यालयकै हुने भएकोले चुनौती पनि थपीएको बढउनु भयो । त्यस क्षेत्रका अभिभावक र शिक्षा प्रेमिहरुसँगको परामर्ष र सहयोगमा विद्यालयले बसलाई सहज रुपमा सञ्चालन गर्ने उहाँले बताउनु भयो । २ दशक देखी यस विद्यालयले भुटानी शरणाथीलाई पढाउँदै र विभिन्न कममा सहजीकरण गर्दै आएको पनि भण्डारीले उल्लेख गर्नु भयो ।

विद्यालयकै नाममा नामसारी गरेको र सरकारी नम्बर प्लेट राखेर बस हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत गणेश तिम्सिनाले जानकारी दिनुभयो ।

Share: