विद्यालयलाई बस

ढुकुरपानी माविलाई २ वटा बस, दमकको उत्तरी क्षेत्रका विद्यार्थीलाई विद्यालय आउन जान सहज हुने विस्वास

दमक/
यून एन सि आर ले दमक नगरपालिकालाई दिएको २ वटा विद्यालय बस आज ढुकुरपानी माद्यमिक विद्यालयलाई हस्तान्रतण गरिएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उप प्रमुख गीत अधिकारी र वडा नं ३ का वडाध्यक्ष नबिन बरालले विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीलाई बसको सम्पूणर् कागजात सहित संयूक्त हस्तान्तरण गर्नुभयो । हस्तन्तरण कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले दमकका अन्य सामुदायीक विद्यालयमा पनि आश्वयकता आधारमा बस उपलब्ध गराइने बताउनु भयो । ढुकुरपानी माविमा बस सञ्चालनको प्रभावकारिता हेरेर अन्य विद्यालयलाई पनि दिइने उहाँको भनाई थियो ।

नगरको शिक्षा समिती अध्यक्ष तथा उप प्रमुख गीता अधिकारीले यो बसले दमकको उत्तरी क्षेत्रका बालबालिकालाई यो बसले विद्यालय आउन जान मद्यत पुग्ने विस्वास व्यक्त गर्नुभयो । ढुकुरपानी माविमा भुटनी शरणार्थी विद्यार्थी पनि अध्ययनरत रहेकोले उनीहरुलई समेत सहज होस भनेर यू एन एच सिआरले विद्यालयलाई बस दिएको उप प्रमुख अधिकारीले बताउनु भयो ।

बस हस्तान्तरणपछि बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण भण्डारीले विद्यालयले बस प्राप्त गर्नु खुसी भएपनि अव यसको सञ्चालनको सम्पूणर् दायीत्व विद्यालयकै हुने भएकोले चुनौती पनि थपीएको बढउनु भयो । त्यस क्षेत्रका अभिभावक र शिक्षा प्रेमिहरुसँगको परामर्ष र सहयोगमा विद्यालयले बसलाई सहज रुपमा सञ्चालन गर्ने उहाँले बताउनु भयो । २ दशक देखी यस विद्यालयले भुटानी शरणाथीलाई पढाउँदै र विभिन्न कममा सहजीकरण गर्दै आएको पनि भण्डारीले उल्लेख गर्नु भयो ।

विद्यालयकै नाममा नामसारी गरेको र सरकारी नम्बर प्लेट राखेर बस हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशाषकिय अधिकृत गणेश तिम्सिनाले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन