समाजसेवी वडाध्यक्ष

गौरिगञ्ज ३ का वडाध्यक्षद्धारा जेष्ठ नागरिकलाई तिर्थ भ्रमण, अपाङ्गगता भएकालाई न्यानो कपडा वितरण

गौरिगञ्ज/
झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर ३ ले वडाका जेष्ठ नागरिकहरुलाई तिर्थ भ्रमण गराएको छ ।
आज वडा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच वडाका ३० जना जेष्ठ नागरिकहरुलाई बिदाई गरिएको थियो । वडाध्यक्ष मखना महतोका अनुसार ति जेष्ठ नागरिकहरुलाई ईलामस्थित पाथिभरा मन्दिरको दर्शनका लागि पठाईएको हो ।

कार्यक्रममा वडाध्यक्ष महतोले आफुले निर्वाचन ताका गरेको प्रतिबद्धता अनुसार बिभिन्न कामहरु गरेको र जेष्ठ नागरिकहरुलाई भने सदैब श्रद्धा र सम्मान गरिरहेको उल्लेख गर्नुभयो । उहाले जेष्ठ नागरिकलाई खुसी राख्न सके मात्र धर्म मिल्ने बताउनुभयो ।

उहाका अनुसार वडाका जेष्ठ नागरिकहरुलाई आज एक दिनका लागि तिर्थ भ्रमण गराईएको हो ।

यस्तै वडाले आजै वडाभित्र रहेका अपाङ्गता भएका ब्याक्तीहरुलाई न्यानो कपडा समेत बितरण गरेको छ । सोही अवसरमा वडाध्यक्ष महतोले अपाङ्गता भएका ब्याक्तीलाई समाजमा हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सन्तोस श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत