खेलकुद

पथरी ११’ फुटबल टिमको प्रधान कार्यालय उद्घाटन

पथरी, २९ असार / मोरङको पथरी शनिश्चरेमा राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गराउँदै आएको पथरी ११ फुटबल क्लबले आफ्नो प्रधान कार्यालय खोलेको छ ।

 

आइतबार बिहान एक कार्यक्रमकाबीच पथरी शनिश्चरे वडा नम्बर १ शिखर चोकमा संघीय सांसद डिग बहादुर लिम्बू, कोशी प्रदेश सांसद मानबहादुर लिम्बू र पथरी शनिश्चरे नगरपालिका नगर प्रमुख मोहनप्रसाद तुम्वापोले संयुक्त रूपमा दिप प्रज्वलन गर्दै उद्घाटन गर्नुभएको हो ।
कार्यालय उद्घाटन पछि मोरङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद तथा पूर्व संघीय खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलाडीहरूले खेल क्षेत्रको विकासका लागि अनुशासन, गतिशीलता र प्रतिबद्धता जरुरी रहने भन्दै खेलको माध्यमबाट नेपालजस्तो सुन्दर देशका खेलाडीहरूले संसारलाई जित्न सकिने अवस्था रहेको विश्वास दिलाउनुभयो । उहाँले पछिल्ला दिनहरूमा विभिन्न खेलका विधाहरूमा सहभागी खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सफल रहेको प्रसङ्ग कोट्याउँदै भावी पिंढीले थप उत्साहका साथ खेल क्षमता विकासका लागि लाग्नु पर्ने कुरामा जोड दिनुभयो ।

 

सोही अवसरमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख तुम्बापोले खेलाडी उत्पादन र क्षमता विकास गराउन हरेक वर्ष पथरी शनिश्चरे नगरपालिकाले खेलकुद महोत्सव अन्तर्गत विभिन्न खेलकुदका विधाहरु आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले नगरभित्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताको आयोजना गर्दै पथरी –११ एफसीले पुर्‍याएको योगदानप्रति पनि प्रशंसा गर्नुभयो । उहाँले नगरमा राष्ट्रिय सरकार खेलाडीहरूको उपस्थितिमा बुद्धिचाल प्रतियोगिता पनि हुँदै आएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

 

पथरी शनिश्चरे वडा नं १ का वडाध्यक्ष भीमकुमार राईले समेत शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको अध्यक्षता पथरी ११ एफसीका अध्यक्ष सुमन विकले गर्नु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका