अनुशीलन

छन्द कविता जगेर्नामा निर्लिप्त मूकदर्शक

दमक, १० साउन / आफ्‌ना दाजूहरुसहितका अग्रजहरुले कविता लेखेको देखेपछि गद्य कविता लेख्न थाल्नु भएका उहाँ अहिले पद्य अर्थात छन्द कविता वचाउने अभियन्ताका रुपमा आफूलाई उभ्याइरहनु भएको छ ।

 

प्रह्लादभक्ति दहाल र डम्बरकुमारी दहालको सन्तानका रुपमा भारतको असममा विक्रम सम्बत् २०२३ बैशाख २३ गते जन्मिनु भएका बिन्दुप्रसाद दहाल साहित्यमा बिन्दु दहाल ‘मूकदर्शक’ का नामले परिचित हुनुहुन्छ । सुरुवाती समयमा उपन्यासका २ वटा पाण्डुलिपि तयार गर्नु भएका उहाँको पहिलो प्रकाशित कृति भनें कथा संग्रह ‘मूल्याङ्कन’ हो, जो २०६९ सालमा प्रकाशित भयो । २०७२ मा हाइकु संग्रह ‘घाइते युग’, २०७५ मा छन्द कविता संग्रह ‘आँखामा सपना’, २०७७ मा खण्डकाव्य ‘रङ्गतरङ्ग’, २०७८ मा ‘सूक्तिमय काव्य’ र २०८० मा कविता संग्रह ‘अन्तर्बोध’ प्रकाशित छन् ।

 

प्रगतिशील लेखनका पक्षपाती उहाँ हाल प्रगतिशील लेखक संघ कोशी प्रदेशको अध्यक्ष रहनु भएको छ । साहित्य कला संगम दमकको बरिष्ठ उपाध्यक्ष तथा आधादर्जन साहित्यिक संघ संस्थाका आजीवन सदस्य रहनु भएको छ । २०७४ सालदेखि रेडियो हिमशिखरमा शब्दवाटिका साप्ताहिक कार्यक्रम सञ्चालन गर्दै छन्द कविताको श्रृबृद्धिमा केन्द्रित हुनुहुन्छ ।

 

प्रश्रीत प्रतिष्ठान नेपाल पूर्वमेची शाखा २०७२, लेखनाथ पुस्तकालय २०७२, पूर्व सन्देश दैनिक २०७२, ज्येष्ठ नागरिक सम्मानप्रतिष्ठान दमक १, मोडल क्याम्पस साहित्यिक मञ्च २०७३, नेपाली साहित्य परिषद सिक्किम सन् १०१७, मोडल क्याम्पस साहित्यिक मञ्च २०७३, झापाली साहित्य समाज २०७६, दमक नगरपालिका तथा चुलाचुली र कमल गाउँपालिकाबाट २०७८ सहितबाट सम्मानित बन्नुभयो । पुष्पलाल स्मारक समिति २०७३, साहित्य विज्ञान प्रतिष्ठानको झापाली काव्य तारा २०७३, लेखनाथ पुस्तकालय भक्तिकिरण पुरस्कार २०७५, इटहरी साहित्यिक समूह २०७८, गोकर्णेश्वर नगरपालिकाको राष्ट्रव्यापी खुल्ला हाँस्यव्यङ्ग्य कविता प्रतियोगिता २०७८, साहित्य सङ्गम नुवाकोटको काशीनाथ गजुरेल पुरस्कार २०७८, चुलाचुली गाउँपालिकाबाट उत्कृष्ट शिक्षकसहितका दर्जनौं पुरस्कार सम्मानबाट उहाँ सम्मानित भइसक्नु भएको छ । भलिबलका राम्रा खेलाडी उहाँले त्यसतर्फपनि उत्कृष्ठ पुरस्कार प्राप्त गर्नुभएको छ ।

 

एमए र बीएड गर्नुभएका उहाँ सामुदायिक विद्यालयबाट अवकासप्राप्त रहेपनि दमकका निजी क्याम्पसहरुमा प्राध्यापनकर्म भनें निरन्तर अघि बढाउँदै विद्यार्थीहरुलाई थप सृजनशील बन्ने सन्देश समेत प्रवाह गरिरहनु भएको छ ।

 

दमक ८ निवासी उहाँ श्रीमती इन्दिरा खनाल दहाल र छोरी विनिषा दहालको आत्मिय साथमा सृजनशील जीवनको यात्रामा निरन्तर हुनुहुन्छ । उहाँसँग उज्यालो खबररेडियो किङ्ग एफएमकातर्फबाट ‘अनुशीलन’ कार्यक्रममा प्रस्तुत भलाकुसारी र सृजना प्रस्तुतिको भिडिओ प्रस्तुत छ :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति