मोरङ, १३ साउन । आज नागपञ्चमी, यो पर्व श्रावण शुक्लपक्षको पञ्चमीकादिन मनाइन्छ । हरेकले नागको नक्शामापूजागरिने भएप निमोरङ्ग सुन्दर हरैंचा स्थित नागदेवी मन्दिरमा जिँउदा नागको पूजा गरिन्छ । यस दिनमा नागको पूजा गर्नाले सर्प, आगो र चट्याङ्गको भय नहुने जनविश्वास गरिन्छ ।
मोरङ्ग सुन्दर हरैंचा–९ सलकपुर स्थित नागहोलीमा बारम्बार नाग देखिने, भएपनि फोहोर गर्ने चलनलाईृ स्थानियको पहलमा सफा सुग्घर गरि ढुङ्गाको प्रतिमा राखी पुजागर्न थालियो । पछि स्थानिय दानवीरहरुको पहलमा नागको प्रतिमा, सामुदायिक भवन तथा अन्य संरचना हुदै यत्तीको व्यस्थित अवस्थामा पुग्न सफल भएको स्थानियबासी सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
वि.सं.२०६१ सालभाद्र १२ गते नागपञ्चमीकै दिन देखि सुरु गरिएको यस मन्दिरमा बिगत ६ बर्ष देखि जिउदा सर्पको पूजा गरिदै आईएको छ । सर्प पनि पुथ्वीको अभिन्न एक प्राणि भएकाले पुस्तौं देखि पूजिदै आएकाले त्यसलाई निरन्तरता दिइएको हो । जिउदो नागलाई पूजागर्न अवसर जुटाईएको नागदेवी मन्दिरका अध्यक्ष राम कृष्ण खड्काले जानकारी दिनुभयो ।
यस दिन नागका अष्ट कुल, अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंख नागको पूजागर्नाले सर्प, आगो र चट्याङ्गको भय नहुने जनविश्वास छ । दूध, दहि, फूल, अक्षता, दूवो लगायतले सर्पको प्रतिमा, फोटा, प्रत्यक्ष नागको पूजागर्नाले अनिष्ट नहुने, चिताएको पुग्ने जनविश्वास गरिन्छ
सर्प पनि पृथ्वीको अभिन्न एक प्राणि भएकाले त्यसको संरक्षण गर्नु पर्छ भन्ने सन्देस दिदै आउनु भएका पूर्व प्रहरी, वन रक्षक तथा सर्प उद्दार कर्ता प्रेम विष्टले यी सर्पहरु जुटाई दिनु भएको हो त्यसपछि मन्दिर समितीले सिसा र तारजालीको सुरक्षित पींजडा बनाई सर्व–साधारणलाई यो अवसर उपलब्ध गराएको छ ।
नाग पञ्चमीको अवसरमा सबैतिर नागको चित्रमा मात्रै पुजा गर्ने गरिएको भएपनि यस ठाउँमा जिउदै नागकको पूजा गरिने भएकोले प्रत्येक वर्षको नागपञ्चमीमा भिड लाग्ने गर्दछ ।










