अर्गानिक उत्पादनको आवश्यकता

सरकार रासायनिक मलको सिफारिसमा, व्यक्ति प्राङ्गारिक मलको अभियानमा

रासायनिक पदार्थले क्यान्सरसहित खतरा दैनिक बढ्दो, प्राङ्गारिक तथा जैविक मल, विषादीमार्फत अर्गानिक उत्पादनको आवश्यकता ।

उर्लाबारी, १४ साउन / रासायनिक तत्वले प्राणीमात्र नभएर सिंगो पर्यावरणलाई घात गरिरहेको छ । जसको परिणामस्वरुप मानिससहितका प्राणीहरुमा क्यान्सर दैनिक बढ्दो छ । मानिसहरुमा उच्चरक्तचाप, मिर्गौला, मुटु, कलेजो, फोक्सोसहितमा समस्या तीब्रतर रुपमा बढ्दो छ ।

 

यी सबै समस्या मानिसको खानपानमा केन्द्रित छन् । माथि उल्लेखित समस्या रासायनिक मल र विषादी हालेको खानेकुरा खाँदाका मूख्य उपज हुन् । मानिसले थाहा नपाएर भन्दा पनि लापरबाही गर्ने बानीले आफैंलाई मारिरहेको छ । सरकारी पक्ष भनें अझ रासायनिक मलका गाउँ गाउँमा डिलर सञ्चालनको सिफारिसमा मग्न छ । यही अवस्थालाई दृष्टिगत गरी उर्लाबारी ९ का युवा राजीव खड्काको अगुवाईमा ३ वर्षअघिबाट प्राङ्गारिक मल उद्योग सञ्चालन गरिएको छ ।

 

हाल उहाँले अन्य २ जना साझेदार समेत थप गरी शिवशक्ति बायोटेक कम्पनीमार्फत हाम्रो उन्नत प्राङ्गारिक मल उद्योग, आमा कृषि फर्म, जयशम्भू कृषि भण्डार र बिर्तामोड एपेक्स बायोटेक कम्पनीले मलकासाथै विषादी र आलुको टिस्यूकल्चरसहितमा काम गर्ने बृहत योजना अघि बढाउनु भएको छ । गोबर, सुलीसहितका १२ प्रकारका तत्वहरु मिसाएर दानेदार लगायतका ५ खाले मल उत्पादन कार्यमा हालसम्म ३ करोड लगानी भइसकेको छ । पछिल्लो पटक कोशी प्रदेश सरकारको लगानी सम्मेलनमार्फत २७ करोडको केन्द्रीय योजना परेको सुनाउँदै उहाँले सो बजेट प्राप्त भएपछि प्रतिदिनको १० हजार किलोग्राम मलको उत्पादनलाई बढाएर प्रतिदिन १ हजार मेट्रिकटन उत्पादन गर्न सकिने योजनाको बेलिविस्तार लगाउनु भयो ।

 

अरुले बिक्री गर्दै आएको भन्दा आधा कम मूल्यमा गुणस्तरीय मल बिक्री गरेर किसानलाई राहत पुर्याउँदै आएको उहाँको दाबी छ । यस मल उद्योगले हालसम्म काठमाडौंमा ६ वटासहित कर्लाणी सहकारीका ४० भन्दा बढी शाखा तथा १० डिलरमार्फत बिक्री वितरणलाई राष्ट्रव्यापी बनाउने अभियान सञ्चालन गरिरहेको छ । रासायनिक मलको डिलर खोल्ने र त्यसलाई अनुदान दिने कार्यक्रम रोक्दै प्राङ्गारिक मलको उत्पादनमा अनुदान दिने नीति सरकारले ल्याउनै पर्नेमा खड्काको जोड छ । ‘कतिपय पालिकाहरुले मल लिइदिने गरेको भएपनि नीतिगत रुपमा रासायनिक मलको डिलर खोल्न रोक्ने, त्यो मलमा प्रतिवन्ध लगाउने र त्यसमाथिको सहुलियत कटौती गर्ने कुरामा सबै तहका सरकार उदासिन् छन् ।’ उहाँले जोड दिँदै भन्नुभयो ‘मेराजस्ता प्रांगारिक मल उद्योग सवै प्रदेशतिर छन् । मेरो उत्पादनले कोशी प्रदेश धान्न सक्छ, अरु उत्पादनले अरुतिर गरी नेपाल प्रांगारिक मलमय हुन्छ ।’

 

प्राङ्गारिक मलको आवश्यकता भएको भनाई राख्ने गरिएपनि पालिकाहरुले संघीय सरकारको निर्देशनमा रासायनिक मलका डिलर सिफारिस भनें रोकिएको देखिदैन । रासायनिक मलमा दिइने छुट प्राङ्गारिक मलमा दिएमा स्वस्थ जीवन र जगतका लागि उपयुक्त हुने भनाई राख्नुहुन्छ उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेल ।

 

प्राङ्गारिक मलको विस्तारमा उर्लाबारी नगरपालिका कार्यालयले केही कदम त अघि बढाएको छ, तर नीतिगत निर्णय नै गरेर यसको प्रभावकारितामा जोड दिन भनें सकेको छैन । नगरले वर्षेनी ८ देखि १० लाखको मल खरिद गरेर कृषि शाखामार्फत कृषकहरुलाई वितरणको काम भनें भएको शाखा प्रमुख अम्बिका लुइटेलले उल्लेख गर्दै प्राङ्गारिक मलको आवश्यकता औंल्याउनु भयो ।

 

प्राङ्गारिक मलको उत्पादनमा उल्लेखनीय योगदान गरेकोमा हाम्रो उन्नत प्राङ्गारिक मल उद्योगलाई संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्यमी राष्ट्रिय पुरस्कार र कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले सम्मानित पुरस्कृत गरेको छ । वैदेशिक रोजगारीबाट फर्किनु भएका खड्काको प्राङ्गारिक मल उत्पादनको कामलाई सम्मानित र पुरस्कृत गरेपनि नीतिगत रुपमा प्राङ्गारिक मललाई स्थापित गरी अर्गानिक उत्पादनमा सरकार अघि बढ्नु आजको आवश्यकता हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका