अनुशीलन

‘माझीहाडाम’ र रमेशचन्द्र अधिकारी

दमक, १८ साउन / होचो कद तर सृजनामा अग्लो उचाईको नाम हो रमेशचन्द्र अधिकारी । सालिन, शिष्ट र सृजनामा समेत इमान्दार उहाँ साहित्यमार्फत समाजका होचा अर्घेला भोगाईहरुलाई दुरुस्त उजागर गर्ने काममा सक्रिय हुनुहुन्छ ।

 

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका ३ रंजनीमा इन्दिरा अधिकारी र कोटीप्रसाद अधिकारीका सन्तान उहाँ २ दशक अघिबाट विद्यालय पढ्दादेखि नै कविता लेख्न थाल्नु भएको थियो । उहाँ मूख्यरुपमा कविता, गजल, कथा, निबन्ध लेख्नुहुन्छ ।

 

ग्रामिण विकासमा स्नातकोत्तर गर्नुभएका उहाँ रंगेलीस्थित जनता क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ । रंगेली नगरपालिकाको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणको काममा समेत उहाँ सामेल हुनुहुन्छ । उहाँको पहिलो कृतिका रुपमा ०७१ सालमा बाल चित्रकथा ‘आमाको माया’ प्रकाशित भएको थियो । ०८२ मा उहाँले कविता संग्रह ‘माझीहाडाम’ प्रकाशित गर्नुभएको छ । जसले उहाँलाई शक्तिशाली कविका रुपमा थप परिचित बनाएको छ । सो कृतिको विभिन्न ठाउँमा चर्चा परिचर्चाका कार्यक्रम भइरहेका छन् । रेडपाण्डा बुक्स काठमाडौंले प्रकाशित गरेको कृतिमा ३१ वटा प्रभावकारी कविता समेटिएका छन् । सन्थाल समूदायको मुखियालाई माझीहाडाम भनिन्छ । जसमा सन्थालसहितका भूँइमान्छेका कथाव्यथामा केन्द्रित कविताहरु छन् । मोरङको पुरानो सदरमुकाम रंगेलीको अपुरो चित्र समेत चित्रण गरिएको छ । विकृतिलाई चिरेर देश बनाउने सन्देश छन् । भूमिका लेख्दै अग्रज कवि विमल निभाले भन्नुभएको छ ‘कवि रमेशचन्द्र अधिकारीको माझीहाडामका कविताहरु ताजा हावाका सुखद झोक्का हुन् ।’

 

प्रमिथसले
स्वर्गबाट आगो चोरेर ल्याएजस्तै
कथा छ –रंगेलीको ।
विजयपूरले दिएको मुकाम खोसेर
रित्याएपछि विराटनगरले
उभिएको उभिएकै छ रंगेली
फसलविहीन बाली भएर ।
( ‘रंगेलीको अपूरो चित्र’ को कवितांस)

…….
नालायक ठहरायो सबैका सामु
आफ्‌नै पारानिकले मलाई
र छिन्यो मेरो पुस्तौनी हक माझीहाडाम ।

दारा र नंग्रा झारिदिएको सिंहझैं भएर
मराङबुरु देउता आउने बाटो हेरिरहेछु
भेट्ने बित्तिकै खुट्टा समाएर ढोग्ने छु
र सोध्ने छु
मैले कहाँ बिराँए ?
(‘माझीहाडाम’ को कवितांस)

 

उहाँको संयुक्त कृतिका रुपमा ०८२ सालमै बाल निबन्ध संग्रह ‘नेपाली निबन्धमाला’ र सम्पादित कृति ‘काव्यारोहण’ प्रकाशित छन् । चर्चा तथा पुरस्कार र सम्मानको पछि नलाग्ने उहाँ वाणी नवप्रतिभा सम्मान २०६४ लगायत १ दर्जन संघसंस्थाबाट सम्मानित/ पुरस्कृत भइसक्नु भएको छ ।

 

उहाँ आरोहण गुरुकुल विराटनगर, रंगेली साहित्य कला समाजमा आवद्ध भएर नेपाली साहित्यको विकासका लागि समुदायस्तरका गतिविधिमा सक्रिय हुनुहुन्छ । उहाँसंग कार्यक्रम ‘अनुशीलन’को ४२ औं श्रृंखलामा गरिएको भलाकुसारी र सृजना प्रस्तुतिको भिडिओ हेरौं :

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८