दमक फन जोन

खेलौनाको होलसेल पसल , जहाँ पाइन्छ सबै खाले खेलौना

बालबालिकाका लागि रमाइलो गन्तव्य र अभिभावकका लागि भरपर्दो किनमेल थलो बन्दै

दमक| २१ साउन | झापाको दमक–५ मा रहेको ‘दमक फन जोन’ पछिल्लो समय सस्तो मूल्यमा बालबालिकाका खेलौनाहरु किनमेल गर्न चाहने ग्राहकहरुको रोजाइमा पर्न थालेको छ । होलसेल दरमा विविध खेलौनाहरु सहज रूपमा उपलब्ध भएपछि यहाँ अभिभावकदेखि खुद्रा व्यापारीसम्म आकर्षित भएका छन् ।

 

दमक नगरपालिका वडा नं ५को वडा कार्यलयको अगाडीको दमक फन जोनमा पाइने खेलौनाहरु केवल आकर्षक मात्र नभएर गुणस्तरीय पनि छन् । अनी सस्तो होलसेल मूल्यमा पनि उपलब्ध छन् । विगत ७ वर्षदेखी संञ्चालनमा रहेको दमक फन जोन दमकको र झापाको मात्र नभई कोशी प्रदेशकै सबैभन्दा सस्तो खेलौना बेच्ने होलसेल पसल रहेको यस्को संञ्चालिका देवी माया ढुंगेल पाठकको भनाई छ ।

 

त्यस्तै सञ्चालक प्रविन पाठकका अनुसार दमक फनजोनले सामान दमकभित्र मात्र नभई दमक देखी बाहिरको सहरहरुमा पनि डेलिभरी गर्ने गरेको छ । यहाँ होलसेलमात्र नभई खुद्रा लागी पनि सामान पाईन्छ ।

यहाँ किनमेल गर्न आउनुभएकी अम्बिका खतिओडा भन्नुहुन्छ ‘बजारमा यति धेरै प्रकारका र सस्तो दरमा खेलौना अरू कतै भेटिदैन । यहाँको खेलौनाहरुको गुणस्तर पनि राम्रो छ र मुल्य पनि सस्तो छ । त्यसैले यही आएकी हु ।’

 

दमक फन जोनले स्थानीय बजारलाई मात्र होइन, वरपरका पालिकाहरूलाई समेत लक्षित गर्दै खेलौना सेवा विस्तार गरिरहेको छ। सस्तो दर, गुणस्तरीय सामग्री र सहज सेवाका कारण यो केन्द्र बालबालिकाका लागि रमाइलो गन्तव्य र अभिभावकका लागि भरपर्दो किनमेल थलो बन्दै गएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका