शिक्षामन्त्री पौडेल र स्वीस राजदूतबीच भेटवार्ता

 

 

 

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ। नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो।

भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरोन्नति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरे।  देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पुर्‍याउने सरकारको योजना रहेको बताउँदै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

स्वीस सरकारको सहयोगमा जिरी र बालाजुमा प्राविधिक शिक्षालयको स्थापना, प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रशिक्षकहरूका लागि तालिम दिने संस्था टिआइटिआइको स्थापना, रोजगार कोष परियोजना, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाका लागि प्राविधिक सहयोग, इन्स्योर परियोजनामार्फत एप्रेन्टिसीप कार्यक्रमको थालनी, विद्यावारिधि र उच्च विद्यावारिधि गर्न स्वीस सरकारको एक्सेलेन्स छात्रवृत्ति, राष्ट्रिय योग्यता पद्धति सबलीकरण परियोजना लगायतमा सहयोग गर्दै आएको छ।

यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक र व्यवसायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिए।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।