दाँतको सुरक्षा

बिरामीको विश्वास जित्दै दमकको ॐ शान्ति डेन्टल हस्पिटल

नियमित दातको परिक्षण र सुरक्षा नगर्ने हो भने  दाँतको इन्फेक्सनले अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने

दमक, २ ५ साउन | दाँत हाम्रो मुखभित्रको साना कडा अंग हुन्, जसले हाम्रो खाना चपाउन मात्र होइन, सुन्दर मुस्कान र सम्पूर्ण स्वास्थ्यमा समेत महत्वपूर्ण भूमिका खेल्दछन्। दाँत राम्रो र सफा हुँदा मात्र खानेकुरा सजिलै पच्छ र मुख स्वच्छ रहन्छ। आजभोलि दाँतको समस्या बच्चादेखि बृद्धासम्म फैलिएको छ, जसले दैनिक जीवनमा धेरै असर पार्दछ। त्यसैले दाँतको नियमित हेरचाह र समयमै उपचार गर्नुलाई हामीले जीवनमा प्राथमिकता दिनुपर्छ।

 

 

दमकस्थित ॐ शान्ति डेन्टल हस्पिटलले यही लक्ष्यलाई आत्मसात गर्दै बिरामीको दाँत सम्बन्धी सबै समस्या समाधान गर्दै आइरहेको छ। यहाँको वातावरण आरामदायी र उपचारका लागि सबैभन्दा विश्वासिलो मानिन्छ। रेखा रसाईलीको रिपोर्ट ।

 

दमक–१० बाट  सेवा लिन आउनुभएकी दिव्या लिम्बु भन्नुहुन्छ  “म पहिले अरू डेन्टल क्लिनिकमा उपचार गराएँ, तर समस्या बिसको उन्नाईस भएन ।। त्यसपछि ओम शान्ति डेन्टल हस्पिटल आएँ, जहाँ डाक्टरको राम्रो चेकअप र सल्लाह अनुसार दाँत सफा गरिरहेको छु। यहाँको वातावरण पनि निकै राम्रो छ, जसले मलाई निकै खुशी बनायो।”

 

त्यस्तै शिवसताक्षीबाट आउनुभएकी टेक माया सुब्बाले भन्नुभयो, “मेरो दाँतमा पिप पाकेर सफा गराएँ र तीन वटा दाँत पनि खोलेँ। यहाँको उपचारबाट कुनै पीडा भएन। मलाई यहाँको सेवा र सुविधा मन पर्यो।”

 

डाक्टर र्सजन काशमी श्रेष्ठ, जो ओम शान्ति डेन्टल हस्पिटलमा कार्यरत हुनुहुन्छ, बताउनुहुन्छ ।उहाँ भन्नुहुन्छ
“धेरैजसो बिरामीले समस्या भएपछि मात्र उपचारका लागि आउँछन्। तर हामीले सधैं दाँतको नियमित जाँच र सफाइलाई प्राथमिकता दिने हो भने जटिल समस्या झेल्नै पर्ने थिएन ।

 

नियमित दातको परिक्षण र सुरक्षा नगर्ने हो भने  दाँतको इन्फेक्सनले अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने भन्दै डाक्टर श्रेष्ठ भन्नुहुन्छ ” हामी बच्चादेखि बृद्धसम्म सबै उमेरका बिरामीलाई सेवा दिन्छौं। महिनामा २–३ पटक क्याम्प पनि सञ्चालन गर्छौं, जहाँ ओपिडी, डाक्टरको परामर्शमा २० प्रतिशत छुट, र केही बिरामीहरूलाई निशुल्क उपचारको सुविधा दिइन्छ।”

 

ओम शान्ति डेन्टल हस्पिटलले आफ्नो सेवा गुणस्तर, अनुभवी डाक्टर, र सहृदय कर्मचारीसँग दमकमा सबैको मन जित्दै आइरहेको छ। यहाँको लक्ष्य दाँतको स्वास्थ्यलाई प्राथमिकता दिँदै सुन्दर मुस्कान र स्वास्थ्य जीवन सुनिश्चित गर्नु रहेको यसका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ