सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव

 

 

 

झापा  सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए। उनले भने-‘फागुनदेखि शैक्षिक सत्र सुरु भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिक सत्र हुनसक्छ ?’

गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै उनले २०८० सालदेखि मात्रै वैशाखमै सुरु गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे । उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै भौतिक रूपमा करिब ९० दिन मात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ। उनले विद्यालय खुलिसकेको अवस्थामा चेतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा दिएर भर्नाको तयारी गरी जेठबाट शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

व्यवसाय पनि हुनुपर्याे, जनताको ज्यान पनि जोगिनुपर्योः अध्यक्ष मगर

काठमाडौं,१० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यवसाय सञ्चालन र मानव अधिकार संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भएको छ् । बुधबार व्यवसाय

११ जिल्लामा बर्ड फ्लु संक्रमण , ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं ,१० असार । नेपालमा बर्ड फ्लु  संक्रमण ११ जिल्लामा फैलिएको छ । तीन महिनाअघि मोरङबाट सुरु भएको संक्रमण हालसम्म झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी,

दमकले ल्यायो १ अर्व ५८ करोडको बजेट

दमक, असार १०। दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १९ औँ

आफ्नो घर सफा, सडक फोहोर  कुकुर पाल्नेहरूको गैरजिम्मेवारी कहिलेसम्म

दमक ,१० असार । शहर र बस्तीमा पछिल्लो समय घरपालुवा कुकुर पाल्नेको संख्या बढ्दो छ। कुकुर पाल्नु राम्रो कुरा हो, तर त्यससँग जोडिएको जिम्मेवारी पनि

दमकको बजेट : कुन क्षेत्रमा कति भयो बिनियोजन?

दमक , १० असार ।दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विभिन्न क्षेत्रगत कार्यक्रम र योजनामा बजेट बाँडफाँट गरेको छ। यातायात पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा