नसर्ने तर घातक रोगको परीक्षण

दमकमा प्रभावकारी बन्दै केएचडीसी कार्यक्रम

के एच डि सी कार्यक्रमले मिर्गौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोगीहरुको अवस्था मात्रै पत्ता लगाइरहेको छैन । समयमा उपचार पाउने कुरामा सजगता गराउँदै यसबाट हुन सक्ने जोखीमहरुको न्यूनिकरण गर्न पनि महत्वपूर्ण योगदान गरिरहेको छ ।

दमक, २६ साउन । पछिल्लो समय सर्ने रोग भन्दा  नसर्ने रोग दीर्घ रोगका बिरामीहरु बढी देखा पर्न थालेका छन् । यसखाले रोग ढिलो पत्ता लाग्ने भएकाले प्राय जसोले अन्तिम चरणमा मात्र रोग बारे थाहा पाउने गर्छन् । जसका कारण यसखाले रोगबाट संक्रमित बिरामीहरुले ज्यान गुमाउनु पर्छ । तर, यो रोगहरुका बारेमा समयमै पत्ता लगाउन सकियो भने समयमै उपचार पनि सम्भब हुन्छ । यस्ता खाले दिर्घ र नसर्ने तर घातक रोगहरुको बारेमा समयमै उपचार सम्भब होस् भनी दमक नगरपालिकामा के.एच.डि.सी नामक कार्यक्रम निरन्तर चलिरहेको छ ।

मिर्गौला रोग , उच्च रक्तचाप, मधुमेह र मुटु रोगजस्ता दीर्घ रोगका बिरामीहरुले आफ्‌नो रोगको बारेमा थाहा पाउन र समयमै उपचार पनि पाउन भन्ने उद्धेश्यले दमकका १० वटै वडामा केएचडिसि कार्यक्रम चलीरहेको छ । यस्ता रोग भएका बिरामीहरुलाई निशुल्क चेकजाँच गर्नुको साथै आवश्यक परेमा अरु अस्पतालमा पठाई निशुल्क उपचार पनि दिईने गरिन्छ । पछिल्लो समय सर्नेभन्दा बढी नसर्ने रोग लागेका बिरामीहरुको संख्या बढी रहेको बताउनुहुन्छ आधारभुत स्वास्थ्य केन्द्र दमक ७ का प्रमुख नगेन्द्र भट्टराई । उहाँका अनुसार यो कार्यक्रम सञ्चालन गर्नुको मूल उद्धेश्य भनेको गाउँगाउँमा यस्ता रोग लागेकाहरुको तथ्यांक निकाली उनीहरुलाई निशुल्क परिक्षण गरि थप उपचार चहिएमा त्यो पनि निशुल्क गर्नु हो । यो कार्यक्रम अब निरन्तर चलिरहने छ र दमक वडा नं ७ मात्र नभई पूरै दमक नगरपलिकामा यो कार्यक्रम चल्ने छ ।

नेपालको हालको तथ्यांक अनुसार मृत्यु हुने मानिसहरु मध्ये अधिकांश मानिसहरु दीर्घकालिन रोगका सिकार भएको देखिन्छ । त्यही कारण दीर्घकालीन रोगको समयमै पत्ता लगाउन सकियोस् भनेर यसरी के एच डि सी कार्यक्रम सञ्चालन गरेको  बिपी कोईराला विज्ञान प्रतिस्ठानका प्राध्यापक साथै मुटु तथा मिर्गौला रोगका विशेषज्ञ डा संजिवकुमार शर्मा  बताउनुहुन्छ।

के एच डि सी कार्यक्रमले मिर्गौला , उच्च रक्तचाप , मधुमेह र मुटुरोगीहरुको अवस्था मात्रै पत्ता लगाइरहेको छैन । समयमा उपचार पाउने कुरामा सजगता गराउँदै यसबाट हुन सक्ने जोखीमहरुको न्यूनिकरण गर्न पनि महत्वपूर्ण योगदान गरिरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही