सृजना प्रवर्द्धनमा स्थानीयको उत्साह

पथरीमा शब्द थिएटरको ‘चरणदास चोर’ प्रदर्शन सुरु

पथरी, ३१ साउन / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे सृजना क्षेत्रमा अगाडि छ । जहाँ साहित्य र कलाका विभिन्न गतिविधिको सक्रियताको इतिहासलाई समेत स्मरण गर्दै नयाँ पुस्तामा सृजना जागरणको सन्देश छर्ने काम भइरहेको छ । जसमध्येको एक संस्था ‘शव्द थिएटर’ले नगरमा रंगमञ्चलाई विस्तार गर्दै ‘थिएटर हब’को रुपमा विकास गर्ने प्रयत्न गरिरहेको छ । यस अवस्थामा सोही अभियानको साथ समर्थनसहितको कार्यक्रमका रुपमा पछिल्लो पटक ‘चरणदास चोर’ नाटकको प्रदर्शन प्रारम्भ भएको छ ।

 

वडा नम्बर १ को पथरी बजारस्थित हरियाली सामुदायिक वनको हलमा शुक्रबार एक कार्यक्रमकाबीच पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नाट्य अभियानको प्रारम्भका क्रममा नगरलाई सृजना क्षेत्रमा धनी रहेको चर्चा गर्दै सृजना प्रवद्र्धन नगरपालिकाले सधैं साथसहयोग प्रदान गर्दै जाने बताउनु भयो ।

 

थिएटर अध्यक्ष अशोककुमार राईले नगरमा नाट्य क्षेत्रको विस्तारका लागि नाट्यशाला आवश्यक रहेको प्रसंग उठाउँदै नाट्यशाला निर्माणमा पालिकासहित सबैको साथसहयोग पुर्याउन अनुरोध गर्नुभयो । प्रथम शो का रुपमा संघ संस्थाका प्रमुखहरुसँग रायसुझावसहित प्रिमियर शो सञ्चालन गरी १५ दिने नाटक प्रदर्शन अभियानको सुभारम्भ गरिएको हो । शनिबार (आज) नाट्यकर्मीहरुसँग शो सञ्चालन हुनेछ । आइतबारबाट भनें ( भदौ २ बाहेक) प्रत्येक दिन बिहान ७ः३० बजे, ११ बजे र बेलुका ५ः१५ बजे शो सञ्चालन हुनेछ । जसको टिकट दर ५ सय, ३ सय र विद्यार्थीका लागि १ सय ५० निर्धारण गरिएको छ । एउटा चोरी गरिहिड्ने मान्छे कसरी रानीको प्रियपात्रसम्म बन्न पुग्छ भन्ने विषयलाई रमाईलो गरी नाटकमा प्रस्तुत गरेको छ । चोर भएपनि सत्य बोल्ने मान्छे सत्य बोल्दा मारिनु परेको गहिरो भाव नाटकमा प्रकट छ । त्यसैभित्र राजनीतिक र सामाजिक मनोदशालाई पनि उजागर गरिएको छ ।

 

प्रिमियर शो हेरिसकेपछि स्थानीयले नाट्य प्रस्तुतिप्रति खुलेर प्रसंशा गरेका छन् । पञ्चायत नमुना मावि व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले मसिनो गरी नाटकको समीक्षा गर्दै सृजनशील कलात्मकता प्रस्तुत भएको उल्लेख गर्नुभयो । ‘शिक्षा, चेतना वा भावनात्मक अर्थका साँच्चिकै चाखलाग्दो र घतलाग्दो अनुभूति प्रस्तुत भयो । राज्य व्यवस्था र राजनीतिक चरित्रप्रति निकै तिखो व्यंग्य प्रहार भएको पाइयो ।’ उहाँले भन्नुभयो ।

 

नाटकमार्फत नगरका विद्यालय तथा क्याम्पसका नवयुवा पुस्तालाई लक्षित गरेर सृजनाको माहोल खडागर्ने ध्याउन्तेमा छ ‘शव्द थिएटर’ । कला सस्तो मनोरञ्जनको साधन नभएको कुरा बुझाउँदै कलाको सम्मानका लागि टिकटमा नाटक देखाउने क्रमको यो दोस्रो नाट्य अभियान रहेको यसका निर्देशक जीवन बरालले अर्थ्याउनु भयो । ‘कला र कलाकारको सम्मानका लागि अनि नाट्यक्षेत्रलाई व्यवसायिक बनाउने हेतुले टिकटमा नाटक देखाउने र नगरका नवयुवा पुस्तामा सृजनाको विकास गराउने उद्देश्यमा हामी लागिरहेका छौं ।’– बरालले भन्नुभयो ।

 

हुनत, पथरी शनिश्चरेमा ०५० सालको सुरुवातताका केही नाटकहरु टिकटमा समेत देखाइएका थिए । त्यो बेलाको परम्परागत शैली र प्रविधिबिनाको जबरजस्तीजस्तो प्रयासको साक्षी रहनु भएका नाट्यकर्मी अशोक साम्पाङ नाटकको नयाँ प्रविधि र शैलीसंग जोडिएर नाट्ययात्रामा सामेल हुनुहुन्छ । ‘अनि देउराली रुन्छ’ नाटकबाट व्यवसायिक नाट्यात्रामा रहनु भएका साम्पाङ थिएटरलाई संस्थागत रुपमा दर्बिलो बनाउँदै नगरलाई ‘थिएटर हब’ निर्माणको योजनाको अगुवाई समेत गर्दै आउनु भएको छ ।

 

 

 

नाटकमा मोरङ र झापाका पुरानादेखि नाटक सिक्न रुचि राख्ने नवयुवा पुस्ताको समीश्रण रहेको छ । नाटकमा अशोक साम्पाङ, सुमन कुईकेल बराल, प्रेम खतिवडा, पुष्प राई, नविन रिजाल, सन्तोष छत्र राई, करुणा तिम्सिना, भूमिका बस्नेत, प्रसुना तिम्सिना, गृष्मा लिम्बू, अतिसर श्रेष्ठसहितको अभिनय देख्न पाइन्छ ।

 

भारतका हविव तन्वीरको लेखन रहेको ‘चरणदास चोर’ नाटकलाई नेपालका रंगकर्मी आसान्त शर्मा र राजन खतिवडाले नेपाली रुपान्तरण गर्नुभएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी

झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार

बाढीपीडितको पीडामा झापा एकजुट, राहतका लागि धमाधम सहयोग जुट्दै

झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था,

सरकारको निर्देशन : १३ भदौदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार