सृजना प्रवर्द्धनमा स्थानीयको उत्साह

पथरीमा शब्द थिएटरको ‘चरणदास चोर’ प्रदर्शन सुरु

पथरी, ३१ साउन / उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे सृजना क्षेत्रमा अगाडि छ । जहाँ साहित्य र कलाका विभिन्न गतिविधिको सक्रियताको इतिहासलाई समेत स्मरण गर्दै नयाँ पुस्तामा सृजना जागरणको सन्देश छर्ने काम भइरहेको छ । जसमध्येको एक संस्था ‘शव्द थिएटर’ले नगरमा रंगमञ्चलाई विस्तार गर्दै ‘थिएटर हब’को रुपमा विकास गर्ने प्रयत्न गरिरहेको छ । यस अवस्थामा सोही अभियानको साथ समर्थनसहितको कार्यक्रमका रुपमा पछिल्लो पटक ‘चरणदास चोर’ नाटकको प्रदर्शन प्रारम्भ भएको छ ।

 

वडा नम्बर १ को पथरी बजारस्थित हरियाली सामुदायिक वनको हलमा शुक्रबार एक कार्यक्रमकाबीच पथरी शनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोले नाट्य अभियानको प्रारम्भका क्रममा नगरलाई सृजना क्षेत्रमा धनी रहेको चर्चा गर्दै सृजना प्रवद्र्धन नगरपालिकाले सधैं साथसहयोग प्रदान गर्दै जाने बताउनु भयो ।

 

थिएटर अध्यक्ष अशोककुमार राईले नगरमा नाट्य क्षेत्रको विस्तारका लागि नाट्यशाला आवश्यक रहेको प्रसंग उठाउँदै नाट्यशाला निर्माणमा पालिकासहित सबैको साथसहयोग पुर्याउन अनुरोध गर्नुभयो । प्रथम शो का रुपमा संघ संस्थाका प्रमुखहरुसँग रायसुझावसहित प्रिमियर शो सञ्चालन गरी १५ दिने नाटक प्रदर्शन अभियानको सुभारम्भ गरिएको हो । शनिबार (आज) नाट्यकर्मीहरुसँग शो सञ्चालन हुनेछ । आइतबारबाट भनें ( भदौ २ बाहेक) प्रत्येक दिन बिहान ७ः३० बजे, ११ बजे र बेलुका ५ः१५ बजे शो सञ्चालन हुनेछ । जसको टिकट दर ५ सय, ३ सय र विद्यार्थीका लागि १ सय ५० निर्धारण गरिएको छ । एउटा चोरी गरिहिड्ने मान्छे कसरी रानीको प्रियपात्रसम्म बन्न पुग्छ भन्ने विषयलाई रमाईलो गरी नाटकमा प्रस्तुत गरेको छ । चोर भएपनि सत्य बोल्ने मान्छे सत्य बोल्दा मारिनु परेको गहिरो भाव नाटकमा प्रकट छ । त्यसैभित्र राजनीतिक र सामाजिक मनोदशालाई पनि उजागर गरिएको छ ।

 

प्रिमियर शो हेरिसकेपछि स्थानीयले नाट्य प्रस्तुतिप्रति खुलेर प्रसंशा गरेका छन् । पञ्चायत नमुना मावि व्यवस्थापन समिति अध्यक्ष युवराज बास्कोटाले मसिनो गरी नाटकको समीक्षा गर्दै सृजनशील कलात्मकता प्रस्तुत भएको उल्लेख गर्नुभयो । ‘शिक्षा, चेतना वा भावनात्मक अर्थका साँच्चिकै चाखलाग्दो र घतलाग्दो अनुभूति प्रस्तुत भयो । राज्य व्यवस्था र राजनीतिक चरित्रप्रति निकै तिखो व्यंग्य प्रहार भएको पाइयो ।’ उहाँले भन्नुभयो ।

 

नाटकमार्फत नगरका विद्यालय तथा क्याम्पसका नवयुवा पुस्तालाई लक्षित गरेर सृजनाको माहोल खडागर्ने ध्याउन्तेमा छ ‘शव्द थिएटर’ । कला सस्तो मनोरञ्जनको साधन नभएको कुरा बुझाउँदै कलाको सम्मानका लागि टिकटमा नाटक देखाउने क्रमको यो दोस्रो नाट्य अभियान रहेको यसका निर्देशक जीवन बरालले अर्थ्याउनु भयो । ‘कला र कलाकारको सम्मानका लागि अनि नाट्यक्षेत्रलाई व्यवसायिक बनाउने हेतुले टिकटमा नाटक देखाउने र नगरका नवयुवा पुस्तामा सृजनाको विकास गराउने उद्देश्यमा हामी लागिरहेका छौं ।’– बरालले भन्नुभयो ।

 

हुनत, पथरी शनिश्चरेमा ०५० सालको सुरुवातताका केही नाटकहरु टिकटमा समेत देखाइएका थिए । त्यो बेलाको परम्परागत शैली र प्रविधिबिनाको जबरजस्तीजस्तो प्रयासको साक्षी रहनु भएका नाट्यकर्मी अशोक साम्पाङ नाटकको नयाँ प्रविधि र शैलीसंग जोडिएर नाट्ययात्रामा सामेल हुनुहुन्छ । ‘अनि देउराली रुन्छ’ नाटकबाट व्यवसायिक नाट्यात्रामा रहनु भएका साम्पाङ थिएटरलाई संस्थागत रुपमा दर्बिलो बनाउँदै नगरलाई ‘थिएटर हब’ निर्माणको योजनाको अगुवाई समेत गर्दै आउनु भएको छ ।

 

 

 

नाटकमा मोरङ र झापाका पुरानादेखि नाटक सिक्न रुचि राख्ने नवयुवा पुस्ताको समीश्रण रहेको छ । नाटकमा अशोक साम्पाङ, सुमन कुईकेल बराल, प्रेम खतिवडा, पुष्प राई, नविन रिजाल, सन्तोष छत्र राई, करुणा तिम्सिना, भूमिका बस्नेत, प्रसुना तिम्सिना, गृष्मा लिम्बू, अतिसर श्रेष्ठसहितको अभिनय देख्न पाइन्छ ।

 

भारतका हविव तन्वीरको लेखन रहेको ‘चरणदास चोर’ नाटकलाई नेपालका रंगकर्मी आसान्त शर्मा र राजन खतिवडाले नेपाली रुपान्तरण गर्नुभएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका