स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा

दमक,२ भदौ । मनसुन सक्रिय भएसँगै ‘माइट’ नामक सूक्ष्म किराको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा देखिएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनायता मात्र यसबाट १ हजार ४ सय १४ जना सङ्क्रमित भएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो रोगका बिरामी छिटपुट मात्रामा भर्ना भइरहेको अस्पतालले बताएको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुन्छ । मुसामा पाइने माइट (एक प्रकारको सानो सुलसुले) मार्फत यो ब्याक्टेरिया मानिसमा सर्ने गर्द छ । महाशाखाका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा देशभर ८ हजार २४९ जनालाई यासको सङ्क्रमण भएको पाइएको छ ।

यो रोग खासगरी ग्रामीण क्षेत्रमा बढी देखिने उहाँको भनाइ छ । बर्खामा बस्तुभाउ चराउन लैजादाँ, जङ्गल खेतबारीमा दाउरा घाँस काट्न जाँदा स्क्रब टाइफसको सङ्क्रमण हुन सक्छ । गोठमा बस्तुभाउको स्याहार सम्भारका क्रममा पनि यो रोग लाग्न सक्ने चिकित्सकहरूको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका