स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा

दमक,२ भदौ । मनसुन सक्रिय भएसँगै ‘माइट’ नामक सूक्ष्म किराको टोकाइबाट सर्ने स्क्रब टाइफसका बिरामी देशभरका ५० जिल्लामा देखिएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनायता मात्र यसबाट १ हजार ४ सय १४ जना सङ्क्रमित भएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा यो रोगका बिरामी छिटपुट मात्रामा भर्ना भइरहेको अस्पतालले बताएको छ । स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुन्छ । मुसामा पाइने माइट (एक प्रकारको सानो सुलसुले) मार्फत यो ब्याक्टेरिया मानिसमा सर्ने गर्द छ । महाशाखाका अनुसार गत आर्थिक वर्ष २०८१÷०८२ मा देशभर ८ हजार २४९ जनालाई यासको सङ्क्रमण भएको पाइएको छ ।

यो रोग खासगरी ग्रामीण क्षेत्रमा बढी देखिने उहाँको भनाइ छ । बर्खामा बस्तुभाउ चराउन लैजादाँ, जङ्गल खेतबारीमा दाउरा घाँस काट्न जाँदा स्क्रब टाइफसको सङ्क्रमण हुन सक्छ । गोठमा बस्तुभाउको स्याहार सम्भारका क्रममा पनि यो रोग लाग्न सक्ने चिकित्सकहरूको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण

मापसे र तीव्र गति नियन्त्रण गर्न मकवानपुर प्रहरीको विशेष अभियान

हेटौंडा,११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु

’भएका कुराको सदुपयोग नहुँदा नेपाल पछि पर्यो’ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं,११ जेठ । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत