स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउन सक्ने

स्वर्णविन्दु प्राशनले सकारात्मक नजिता दिन थालेको सरोकारवालाको प्रतिकृया

आर्युवेद शास्त्रका अनुसार स्वर्णविन्दुले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै पाचन क्षमता सुधार गर्ने, दिमागमा सकारात्मक प्रभाव पार्ने र समग्र स्वास्थ्य लाभ गराउने मानिन्छ।

दमक, ५ भदौ | कमल गाउँपालिका–७, लखनपुरमा रहेको प्रादेशिक आर्युवेदिक अस्पतालले असार १४ गतेदेखि कोशी प्रदेशमै पहिलो पटक सुरु गरेको स्वर्णविन्दु प्राशन कार्यक्रम क्रमशः स्थानीय समुदायमा लोकप्रिय बन्दै गएको छ। प्रारम्भमा केही‌ स्वदेशी विधिमा आधारित औषधीय प्रयोग जस्तो मात्रै देखिएको यस प्राशन कार्यक्रममा आज धेरै अभिभावक उत्साहित छन् – कारण, यसले बालबालिकामा स्वास्थ्य र मानसिक स्फूर्ति बढाएको अनुभूति गरिएको छ।

स्वर्णविन्दु प्राशनको सुरुवाती चरणमा अस्पतालले स्थानीय स्तरका बालबालिकासँगै नजिकका विद्यालयका विद्यार्थीहरूलाई समेत प्रयोगात्मक रूपमा खुवाएको थियो। आर्युवेद शास्त्रका अनुसार स्वर्णविन्दुले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै पाचन क्षमता सुधार गर्ने, दिमागमा सकारात्मक प्रभाव पार्ने र समग्र स्वास्थ्य लाभ गराउने मानिन्छ। उत्कृष्ट प्रतिकृयासँगै यसको माग बढ्दै गएपछि जनसाधारणलाई अझ प्रस्ट जानकारी गराउने उद्देश्यले अस्पतालले बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्‍यो।

उक्त अन्तरक्रिया कार्यक्रममा दमक नगरपालिकाका साथै कमल गाउँपालिकाभित्र रहेका विभिन्न निजी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सहभागिता जनाए। कार्यक्रममा स्वर्णविन्दु प्राशन के हो? कसरी बनाइन्छ? र यसले बालबालिकालाई कस्तो फाइदा दिन्छ? भन्नेबारे विस्तृत जानकारी प्रस्तुत गरियो।

 

दमकस्थित सर्वोदय माध्यमिक विद्यालयले यस प्राशनलाई विद्यार्थीहरूका लागि सुरुदेखि नै अपनाएको थियो। कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक नबिन योगीका अनुसार, “स्वर्णविन्दु प्राशन गराइएका बालबालिकाका अभिभावकहरूबाट सकारात्मक प्रतिक्रिया आएको छ र केही मात्रामा नै भए पनि उल्लेखनीय परिवर्तन देखिएको feedback हामीले पाएका छौँ,” उनले बताए।

 

उक्त अवसरमा प्रादेशिक आर्युवेद अस्पतालका निर्देशक डा. सिद्धार्थ ठाकुरले स्वर्णविन्दु प्राशनको महत्वबारे प्रस्ट पार्दै भन्नुभयो “यो प्राशन खर्चिलो हुने भएकाले धेरैले सुरु गर्न हिच्किचाउने गर्छन्, तर हामीले जनताबाट उठेको पैसा र आफ्नै आयश्रोत प्रयोग गरेर यो अभियान सुरु गरेका हौँ। यसको कुनै पनि संघीय, प्रदेश वा स्थानीय निकायको सहयोग छैन।”उहाका अनुसार, स्वर्णविन्दु प्राशन मानसिक रूपमा कमजोर भएका बालबालिकाहरूका लागि अझ प्रभावकारी साबित भएको छ र यस्तो अवस्थामा भएका बालबालिकालाई दैनिक रूपमा पनि यो प्राशन खुवाउन सकिन्छ।

 

 

 

स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउन सक्ने रूपमा हेइँदै स्वर्णविन्दु प्राशन अब स्थानीय विद्यालयहरूबाट सुरु भएर घर–घरमा पुर्‍याउने लक्ष्य लिइएको छ।
स्वदेशी विज्ञान तथा आर्युवेदीय पद्धतिको उक्त अभियानले बालबालिकाको भविष्य उज्यालो बनाएको अनुभूति गराएको छ  र यही कारण हो कि यो कार्यक्रम अब “एकऔपचारिक सुरुबाट जनआन्दोलतर्फ बढिरहेको” भन्दै धेरै अभिभावकहरूले यस अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनर, ८ भदौ ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ ।विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका

कैलालीमा गाडीको ठक्करबाट महिलाको मृत्यु, दोषीलाई कारबाही गर्न सांसद महरको माग

काठमाडौं,८ भदौ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनु