दमकको कोभिड अस्पतालको भवन खण्डहर बन्दै , समन्वय भए भवन सञ्चालन गर्ने अनुमिती दिन वन तयार

दमक, ८ भदौ । कोरोना महामारीको समयमा दमक नगरपालिका–२ बेलडाँगीमा सञ्चालनमा ल्याइएको कोभिड–१९ अस्पताल झण्डै चार वर्षदेखि प्रयोगविहीन अवस्थामा छ। भुटानी शरणार्थी शिविरमा दुईवटा अस्थाई भवन मर्मत गरेर निर्माण गरिएको ३० शैयाको सो अस्पतालको लागि करिब ७० लाख रुपैयाँ खर्च गरिएको थियो। तर यो अहिले प्रयोग बिहिन भएको छ ।
के तपाई बेलडाँगी पुग्नु भएको छ । अथवा बेलडाँगीको बाटो भएर इलाम जाने वा चपेटी घुम्न जाँदा बेलडाँगी भन्दा ठीक्क उत्तर लाग्ने बित्तिकै एउटा सेतो भवन देखिन्छ । यो भवन पक्की संरचना हो । तर यहाँ कास र घासले ढाकेको छ । यहाँभीत्र छिरेर जानुपर्यो भने पनि ती घाँस , काँडा र काँसलाई पन्छाउँदै जानु पर्छ ।

खल्ला र फराकीलो यो ठाउँँमा कोरोना कालका बेला धेरैको ज्यान जोेगाएको ठाउँ हो । अर्थात अस्थाई कोभिड अस्पताल । कयौको ज्यान बचाउँन सफल भएको यो ठाउँ अहिले आफै मरणासन्न अवस्थामा पुगेको छ । यहाँ भएका सबै संरचना भत्कीएका छन् । याहँका बिभिन्न सामान जुन घरमा लगेर प्रयोग गर्न सकिन्छ ती सबै चोरेर लगिसकिएको छ । कोभिड अस्पताल बन्द गरेपछि यहाँ जडान गरिएका मेसिन, उपकरण र बिरामी सुत्ने बेड त दमक नगरपालिकाले दमक अस्पतालमा ल्यायो । तर त्यो देखि बाहेकका अन्य सामानहरुमा भने केहि स्थानीहरुले मोज गरे । सबै लगे । अहिले यो खण्डहर बनेको छ । र यो खण्डहर बनाएको स्थानीयले नभएर राज्यले नै हो ।

अस्थाइ कोभिड अस्पताल बनाएकै बेला यसलाई कोभिड पछि दमकको उत्तरी क्षेत्रका नागरिकको स्वास्थ्य उपचारकालागि सुविधा सम्पन्न आधुनीक आधारभूत उपचार केन्द्र सञ्चालन गर्ने परिकल्पना गरिएको थियो । त्यसलै गर्दा यहाँ त्यही अनुरुपका संरचना पनि बनेका थीए । बनाइको पनि छ । सहयोगी दाताहरुले पनि त्यहि सोचका साथ त्यसबेला सहयोग पनि गरे । राज्यका तीन तहबाटै यहाँ करोड बढिको लगानी पनि भयो । तर कोभिड सकिएसगै यो संरचना पनि मासीदै गएको छ । तर यो यस्तो खण्डहर बन्नुको पछाडी सरकारले यो मेरो अधिकार हो यो तेरो हैन भन्ने टकरावका कारण हो । अनी अस्पष्ट कानुनी परिभाषाका कारण पनि हो । हिजो विप्पत्त र आपत्तकालीन समयमा यो ठाउँमो अस्थाई कोभिड अस्पताल चलाउन दिइएको भन्ने वन र बनेको संरचनालाई निरन्तर्ता दिन्छु भन्ने स्थानीय सरकार बिचको टकरावका कारण राज्य र जनसमुदायको लगानीमा बनेको यो करोडौको संरचना अहिले बालुवमा पानी हालेजस्तै बनेको हो । प्रयोगविहीन अस्पताल लागू औषध प्रयोग गर्ने युवाहरूको अखडामा परिणत हुँदै गएको छ। दमक–२ बेलडाँगी टोल विकास संस्थाका अध्यक्ष देबेन्द्र सङग्रौलाले स्थानीय सरकारले सार्वजनिक सम्पत्तिको संरक्षणमा ध्यान नदिएको आरोप लगाउँदै सामुदायिक बनसँग समन्वय गरेर अस्पताल सञ्चालन गर्नुपर्ने धारणा राख्नुहुन्छ।

नगरपालिकाले यहाँ दुईवटा भवन बनाएको थियो । एक भवनलाई अस्पताल र अर्काे भवनलाई कर्मचारी आवासको रूपमा तयार पारेको थियो। २०७८ सालको कात्तिक सम्म सञ्चालनमा रहेको सो अस्पताल त्यसपछिदेखि बन्द छ। संरक्षण अभावका कारण हाल अस्पताल परिसर झाडीले ढाकिएको छ भने संरचना बिस्तारै जीर्ण हुँदै गएको छ ।
दमक नगरपालिकासँग समन्वय गरेर मानव सेवा आश्रम सञ्चालनमा ल्याइएको थियो, तर हंसेदुसे सामुदायिक बन र नगरपालिकाबीचको टकरावका कारण आश्रम त्यहाँबाट विस्थापित बन्नुप¥यो । मानव सेवा आश्रमले केही समय उक्त भवनमा असहाय नागरिकलाई राख्ने प्रयास गरेपनि सामुदायिक बनको अनुमति नपाउँदा कार्य अवरुद्ध भएको हो। खासमा वनको जमिनमा कुनैपनि स्थाई वा पक्की संरचना अन्य कुनैपनि निकायले बनाउन नपाउने कानुनी प्रावधान छ । तर तत्कालीन समयमा इमरजेन्सि अवस्थाको मौकामा स्थाई संरचना नै बनीसकेपछि त्यसको निरन्तर सञ्चालन हुनुपनि पर्छ । सरकारी लगानीमै बनेको भवनलाई सरकारले चाहने हो भने यो सञ्चालन गर्न सक्छ । यसका आवश्यक प्रकृया पुरा गरेर यो संरचनाको उपयोगीता बारेमा सरोकारवाला बिच छलफल गरि ओगटीएको जमिनको भोगादिकार सहित प्रयोग गर्न पाउने प्रावधार पनि रहेको छ । तर राज्यको तह यसको उपयोगीता सहित आउनु पर्यो प्रकृया पुरा गरे भवन सञ्चालन गर्न दिन सकिने प्रावधा रहेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत भरत बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

यता दमक नगरपालिका–२ का वडाध्यक्ष प्रजापति सापकोटाले उक्त अस्पताल आगामी असोज महिनाभित्र पुनः सञ्चालनमा ल्याउने दाबी गर्नुभएको छ। उहाँले नगरपालिका र बन कार्यालयबीच आपसी समझदारी गरी अस्पताल वा मानव सेवा आश्रम पुनः सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो।

करोड बढि खर्च गरेर निर्माण गरिएको अस्पताल लामो समयसम्म प्रयोगमा नआउनु राज्यको लगानी र जनताको करको दुरुपयोग हो। एउटा सस्थासंग समन्वय गर्न नसकेर संरचना नै ध्वस्त भईराख्दा स्थानीय सरकारको क्षमता माथीनै प्रश्न उठेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका