‘नोवेलमा बसेर पढ्न नसक्ने विद्यार्थीको गुनासो

नोबेल मेडिकल कलेजले धम्की दिएको विद्यार्थीको गुनासो ,सुरक्षित ठाउँमा सरुवा गरिदिन माग

 

 

विराटनगर  नोवेल मेडिकल कलेज विराटनगर प्रशासनले आफूहरुलाई निरन्तर धम्की दिइरहेको भन्दै एमबीबीएस प्रथम वर्षका १४ जना विद्यार्थीले सुरक्षित ठाउँमा सरुवा गरेर पढ्ने व्यवस्था मिलाइदिन माग गरेका छन् ।नोवेल मेडिकल कलेज विराटनगरमा आफूहरुको जीवन नै असुरक्षित रहेको बताउँदै विद्यार्थीले सुरक्षित स्थानमा सरुवा गरेर पढ्ने व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

नोवेल व्यवस्थापनले व्यक्तिगत रुपमा आफूहरुलाई र अभिभावकसमेतलाई पटक–पटक धम्क्याएको आरोप लगाउँदै ती विद्यार्थीले सुरक्षित ठाउँमा पढ्ने प्रबन्ध गरिदिन चिकित्सा शिक्षा आयोग र सरकार गुहारेका हुन् । उनीहरुले यस्तो मागसहितको निवेदन माघ ७ गते नै शिक्षा मन्त्रालयमा बुझाएका थिए । असुरक्षाको भयले नाम उल्लेख नगरी दिएको निवेदनमा शिक्षा मन्त्रालयले कुनै सुनवाई नगरेपछि विद्यार्थीहरुले माघ १७ गते शिक्षा मन्त्रालयमा नाम उल्लेख गरेरै निवेदन दिएका छन् ।

उनीहरुले चिकित्सा शिक्षा आयोगमा पनि निवेदन दिएकोमा एक महिना हुनलाग्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् । ‘नोवेलमा बसेर पढ्न नसक्ने अवस्थामा हामी पुगेका छौं,’ एमबीबीएस प्रथम वर्षका विद्यार्थी अमृत रिजालले भने ‘हामीलाई व्यक्तिगत रुपमा शैक्षिक र भौतिक थ्रेट आएको छ । त्यसैले सुरक्षित स्थानमा पढ्ने व्यवस्था मिलाइदिन आग्रह गरेका हौं ।’

चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयले निवेदनको सुनुवाई नगर्दा आफूहरुको शैक्षिक यात्रा नै डामाडोल अवस्थामा पुगेको विद्यार्थीहरुको भनाइ छ । ‘हामी काठमाडौंमा बसेर विभिन्न निकायमा डुलेको डुल्यै भयौं । उता कलेजमा भने कक्षा चलेको चल्यै छ,’ रिजालले थपे, ‘हामीले अहिलेसम्म कक्षा लिन पाएका छैनौं । यसको भर्पाइ कसरी हुन्छ ? हामी नोवेलमा पढ्नै नसक्ने अवस्थामा छौं ।’
नोवेल कलेजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेकोभन्दा बढी शुल्क असुल्न खोजेपछि एमबीबीएस प्रथम वर्षका विद्यार्थी मंसिरदेखि आन्दोलनमा होमिएका थिए । मंसिर २८ मा पहिलो पटक नोवेल कलेज प्रशासनलाई ज्ञापन बुझाएका विद्यार्थीले प्रदेश सरकार, जिल्ला प्रशासन गुहार्दै अतिरिक्त शुल्कको बोझ हटाइदिन माग गरेका थिए ।

सरकारी निकायले नोवेललाई विद्यार्थीबाट कुनै पनि बहानामा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । सरकारी निर्देशन पालना गरेको बताउने नोवेलले कलेजमा भने विद्यार्थीलाई अतिरिक्त शुल्क बुझाउन निरन्तर ताकेता गरिरहेको थियो । त्यो शुल्क नबुझाउने विद्यार्थी र अभिभावकको अडान थियो ।

पुस ७ देखि कक्षा सुरु भएकोमा अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई नोवेलले कक्षा प्रवेश गर्नै दिएन । जिल्ला प्रशासन कार्यालय मोरङले विद्यार्थीलाई कक्षामा प्रवेश दिन निर्देशन दिएपछि पुस ११, १२ र १३ गते सबै विद्यार्थीले कक्षा लिए । तर, पुस १४ मा कक्षा चलिरहेका बेला कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाउने सबै विद्यार्थीलाई पढ्दै गरेको बेला कक्षाबाटै बाहिर निकाल्यो ।

त्यही दिनदेखि नोवेलमा आन्दोलन सुरु भयो । काठमाडौं विश्वविद्यालयलाई १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ बुझाएर नोवेलमा भर्ना भइसकेपछि कक्षाबाट बाहिरिन बाध्य पारेपछि विद्यार्थी र अभिभावक संघर्षमा होमिएका थिए । नोवेलले छात्रवृत्तिमा पढिरहेका र भारतीय विद्यार्थीलाई मात्रै राखेर कक्षा अघि बढाएपछि विद्यार्थी आन्दोलित भए । उनीहरुलाई विद्यार्थी संगठनहरुले साथ दिए । यसक्रममा नोवेलमा बारम्बार झडप हुने र तोडफोडसमेत भएको छ ।

आन्दोलन गरेर कलेजलाई ठूलो ‘क्षति पुर्याएको’ भन्दै कलेजले आफू र आफ्ना अभिभावकलाई धम्क्याएको आरोप विद्यार्थीको छ । ‘हामीलाई व्यक्तिगत रुपमा जे पनि हुनसक्ने धम्की दिइएको छ, अभिभावकलाई पनि त्यसै भनिएको छ,’ विद्यार्थीहरु भन्छन् ‘यस्तो अवस्थामा कसरी नोवेल गएर पढ्न सकिन्छ ? त्यसैले कुनै सरकारी कलेजमा हाम्रो सरुवा गरेर पढ्ने वातावरण बनाइदिनु पर्यो ।’
डा. सुनिल शर्मा संचालक रहेको नोबेलबाट अर्को निजी कलेजमा जाँदा असुरक्षा उस्तै हुने विद्यार्थी बताउँछन् । ‘नेपालका निजी कलेजहरुमा सुनिल शर्मा र बसरुद्दिन अन्सारीले जे भन्यो त्यही हुने अवस्था छ,’ एक जना विद्यार्थीले भने ‘त्यसैले अब हामीलाई काठमाडौं विश्वविद्यालयले कुनै सरकारी कलेजमा सरुवा गरिदिएर पढ्ने वातावरण बनाइदिनु पर्छ ।’

शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै समस्या सुनाइसकेका विद्यार्थीले प्रधानमन्त्रीले आफ्नै अघि दिएको निर्देशन आयोगले पूरा नगरेको बताएका छन् । ‘हामीले माघ २७ मा प्रधानमन्त्रीज्यूलाई भेटेर आफ्नो समस्या सुनायौं , उहाँले हाम्रै अघि आयोग उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई फोन गरेर विद्यार्थीको माग पूरा गर्न भन्दिनुभयो,’ विद्यार्थी रिजालले भने ‘तर, अहिलेसम्म हाम्रो माग सुनवाइ भएको छैन । ’

उपाध्यक्ष गिरीलाई भेट्न जाँदा उनले नोवेलको सम्बन्धन नै खोसिदिने भन्दै विद्यार्थीलाई सुनाउने गरेका छन् । प्रधानमन्त्रीदेखि आयोगसम्मलाई दिएको निवेदनमा नोवेलका विद्यार्थीले नियम संगत तरिकाले पढ्न पाउने र कक्षा लिन पाउने अधिकारबाट बन्चित भएकोबारे ध्यानाकर्षण गराएका छन् । नोबलका गुन्डाहरूले प्रशासन कार्यालयमा पनि बैठक अवरूद्ध गर्ने र आफूहरुलाई धम्क्याउने गरिरहेको विद्यार्थीको भनाइ छ ।

हरेक विद्यार्थीसँग विभिन्न बहानामा साढे चार लाखभन्दा बढी शुल्क असुल्न खोज्ने नोवेलले आन्दोलनकारी ८१ मध्ये १४ जना बाहेक सबैसँग अतिरिक्त शुल्क लिइसकेको छ । ‘कसैलाई डर देखाएर, कसैलाई लोभ्याएर अतिरिक्त शुल्क लिएको छ’, विद्यार्थीहरु भन्छन् ‘तर, शुल्क नबुझाउने हामी १४ जनालाई कक्षा पस्न पनि दिएको छैन ।’ विद्यार्थी आन्दोलन चर्केपछि इन्टर्नसीप शुल्क नलिने बताएको कलेजले अन्य बहानामा असुली जारी राखेको बताइन्छ ।

नोवेल कलेजका सञ्चालक सुनिल शर्मा र व्यवस्थापनका अन्य अधिकारीहरु भने विद्यार्थीहरुबारे कलेजले कुनै आग्रह नराखेको र अतिरिक्त शुल्क पनि नलिएको बताइरहेका छन् । विद्यार्थी आन्दोलन चलेका बेला सञ्चारमाध्यममा शर्माले अतिरिक्त शुल्क नलिने बताएका थिए । ‘राजनीति गर्नेहरुले अनेक बहानामा निहुँ खोजेका मात्रै हुन्,’ शर्माले भन्दै आएका छन् ‘विद्यार्थीलाई धम्क्याउने भन्ने कुरा गलत हो ।’
विद्यार्थी र अभिभावक भने शर्माको दाबी हावादारी भएको बताउँछन् । ‘यतिका लामो तयारी गरेर लाखौं खर्चेर भर्ना भएका हामीले बहाना गर्नुपर्ने कारण छैन,’ उनीहरु भन्छन् ‘हामीलाई थ्रेट भएरै सरुवाको माग गरेका हौं ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण