हातको हड्डी पाँच महिनासम्म नजोडिएर पीडामा बस्नु भएकी राईको निम्स हस्पिटलमा भयो सफल सल्यकृया

दमक, भदौ १४ । चुलाचुली–५ की ४८  वर्षीया शुसिला राईको हात पाँच महिनाअघि लडेर भाँचिएको थियो। आर्थिक अभावका कारण उहाँ अस्पताल जान नसकेर घरेलु जडिबुटीकै भरमा उपचार गर्दै आइरहनु भएको थियो । तर समयसँगै दुखाई झनै बढ्दै गयो । दुखाईकै कारण जिउने आशा नै हराउदै गएको कुरा यसरी सम्झिनुहुन्छ ।

 

समय बित्दै गयो स्थानीयको सहयोग जुट्न थाल्यो त्यसपछि थप उपचारका लागि उहाँलाई दमक स्थित निम्स नेसनल हस्पिटल ल्याइयो। शुसिलाको अवस्था सामान्य थिएन। हातको हड्डी पाँच महिनासम्म नजोडिएको र समयमै उपचार नपाएको कारण पुनः हड्डी जोड्ने सम्भावना न्यून थियो। यद्यपि, निम्स नेसनल हस्पिटलका हाडजोर्नी विशेषज्ञ डा. नविन कुमार सिंह नेतृत्वको टिमले बाहिरी स्रोतबाट हड्डी ल्याएर जटिल शल्यक्रिया गर्दै टुटुको हड्डीलाई जोड्न सफल भयो । यसलाई मेडिकल भाषमा बोन ग्राफ्टिङ भनिन्छ ।

 

निम्स नेसनल हस्पिटलले पुनः एकपटक प्रमाणित गरेको छ कि, समयमै उचित उपचार नपाएका बिरामीहरूका लागि समेत यहाँ गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छ। अस्पतालले यस्ता गम्भीर अवस्थाका बिरामीलाई विशेष प्राथमिकता दिने गरेको छ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही