लालीगुराँस मोडल स्कुलको आँगनमाः ‘लुकेका रोग, खुलेका प्रतिकार’

दमक, १९ भदौ । बिहानैको घाम। लालीगुरास मोडल स्कुलको गेट बाहिर लाइन। अभिभावकहरू फर्म भरिरहेका, भित्र द्यए जाँच गर्दै काउन्टरमा टोकन लिइरेका थिए ।

दमक–३, लालीगुरास मोडल स्कुल। बिहिबार यहाँ भीड देखियो । तर कसैलाई हतार थीएन । कारण थियो निशुल्क स्वास्थ्य शिविर। खासमा पाइल्स, फिस्टुला, फिसर जस्ता गुप्तरोगबारे लुकेको पीडा आज खुलेर जाँच्न पाइरहेका थीए  गुप्तरोगहरू केवल गोप्य होइन, व्यापक पनि छन्। ‘हिमोरोइड्स’ अर्थात् पाइल्सका केसहरू विश्वभर ४% देखि ३९% वयस्कमा देखिने अध्ययनहरू छन्। केही अध्यययनले अझ उच्च दायरा ५०% भन्दा माथिसम्म अनुमान गरेका छन्, यद्यपि ‘सिम्प्टमेटिक’ अर्थात् समस्या दिने केस अनुपात कम हुन सक्ने ती अध्ययनको प्रतिवेदनले देखाएको छ । उर्लाबारीको एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा, दमक ३ को लालीगुरास मोडल स्कुलले यो शिविर चलाएको हो । फाउन्डेसनको मोडेल फरक छ शिविरमै विशेषज्ञ सर्जन, ल्याब, औषधि र ‘अन–द–स्पट’ उपचारको व्यवस्था । यसरी व्यस्थित गरेर यसलाई निर्मुल पार्ने अभियान चलाइएको फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत जीवनसिंह राजबंशीले जानकारी दिनुभयो ।

 

विद्यालय समुदायको केन्द्र हो। अभिभावकसँगै वरपरका बस्तीलाई पनि स्वास्थ्य पहुँच नजिक लैजान पर्छ भन्ने सोचका साथ यो शिविर विद्यालयले नै आयोजना गरेको लालीगुसार मोडेल स्कुलकी प्रधानाध्यापक रेनुका खनालले जानकारी दिनुभयो ।

दमक ३ गोलाटारकी पुजा भुषाल पायल्सबाट समस्याग्रस्त रहनु भएको केहि वर्षदेखी हो । उपचारका लागी उहाँ भारतसम्म गएर महँगो उपचार गरन बाध्य हुनु भएको थियो । तर अवस्था बिस को उन्नईस पनि भएको छैन । तर अहिले आफ्नै गाउँमा यसखालको उपचार सेवा पाउँदा मन सन्तोक भएको र निको हुने विश्वास बढेको सुनाउनु हुन्छ ।

पायल्सकै कारण पहिले बोल्नै गाह्रो भएको थियो मोरङ मिक्लाजुङका टेकराज भण्डारीलाई । उपचारका लागि टाढा धाउनुपर्ने बाध्यातामा उहा हुनुहुन्थ्यो । तर अहिले गाउँमै बिषेशज्ञ सहितको निशुल्क उपचार पाउँदा उहाँले खुसी भएको प्रतिकृया दिनु भयो ।

विश्वस्तरका आँकडाले बताएको व्यापकता र हाम्रो समाजको मौनतालाई जोड्ने पुल यस्तै ‘क्याम्प–टु–केयर’ मोडेल हुन सक्छ । जुन प्राथमिक तहमै पहिचान, सिकाइ र उपचारको सुविधा पाउन सकिन्छ । दमकको लालीगुरासको आँगनमा आयोजना भएको यो शिविरले स्वास्थ्य नजिक आउँदा समस्यामा परेकाहरुले सेवा पाएका छन् । खुलेर आफ्ना समस्या भन्नु पर्ने रहेछ भन्ने सचेतना पनि बढाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका